Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई
Photo / Coverage: केन्द्रबिन्दु

रूपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनका लागि सम्झौता गरेको हो । सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी लिनेछ । सम्झौताको कुल रकम तीन करोड ६० लाख दुई हजार ९७१ रुपैयाँ सात पैसा रहेको छ । नगरपालिकाका अनुसार सम्झौता २०८३ मङ्सिर ७ देखि लागू भई २०८८ मङ्सिर ६ गतेसम्म कायम रहनेछ । संविधानसभा सदस्य तथा नगरप्रमुख इस्तायिक अहमद खानले वर्षौंदेखिको फोहोर व्यवस्थापनको समस्या समाधान गरी सिद्धार्थनगरलाई स्वच्छ, सफा, सुन्दर र व्यवस्थित सहर बनाउने लक्ष्यसहित निजी क्षेत्रसँग सहकार्य गरिएको बताए । उनले फोहोर व्यवस्थापन नगरवासीको प्रत्यक्ष सरोकार र नगरपालिकाको प्रमुख प्राथमिकताको विषय भएको उल्लेख गरे । नगर स्थापनाकालदेखि नै फोहोरमैला व्यवस्थापन सिद्धार्थनगरको प्रमुख चुनौतीका रूपमा रहँदै आएको थियो । बजार तथा बस्ती क्षेत्रमा नियमित फोहोर सङ्कलन र व्यवस्थापन हुन नसक्दा सडक किनारमा फोहोर थुप्रिने, दुर्गन्ध फैलिने र सहरी सौन्दर्यमा असर पर्ने समस्या देखिँदै आएको थियो । यसले नागरिकको स्वास्थ्य, वातावरणीय स्वच्छता तथा पर्यटकीय सहरका रूपमा भैरहवाको पहिचानमा पनि असर पारेको थियो । विशेषगरी फोहोर विसर्जनस्थलको अभाव र स्थानीयस्तरमा हुने अवरोधका कारण नगरपालिकालाई व्यवस्थापनमा कठिनाइ हुँदै आएको थियो । यसअघि नगरपालिकाले वडा नं १ को मेउडिहवास्थित डण्डा नदी किनारमा फोहोर विसर्जन गर्दै आएको थियो । स्थानीयवासीको अवरोधपछि सोही वडाको सिद्धार्थ राजमार्गछेउ डण्डा नदी किनारमा फोहोर विसर्जन गर्न थालिएको थियो । उक्त स्थानमा पनि फोहोर नफाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि फोहोर व्यवस्थापन थप चुनौतीपूर्ण बनेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीपिन क्षेत्रीले सिद्धार्थनगरलाई स्वच्छ, हराभरा, सुन्दर तथा पर्यटकीय नगरका रूपमा विकास गर्ने लक्ष्यअनुरूप फोहोरमैला व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइएको बताए । निजी क्षेत्रसँगको सहकार्यले फोहोर सङ्कलन, वर्गीकरण र अन्तिम व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने उनको भनाइ छ । नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादवले फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानका लागि गरिएको पहलले सार्थकता पाएको बताए । सम्झौताअनुसार प्रभावकारी कार्यान्वयन हुन सके नगर क्षेत्रको सरसफाइमा सुधार आउनाका साथै नगरवासीले लामो समयदेखि भोग्दै आएको समस्या न्यूनीकरण हुने उनले विश्वास व्यक्त गरे । नगरपालिकाले सम्झौताको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन र नागरिकको सहभागितामा जोड दिएको छ । यसबाट सिद्धार्थनगरलाई स्वच्छ, व्यवस्थित र पर्यटकीय सहरका रूपमा विकास गर्ने लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री आचार्य
Latest NewsJust now

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री आचार्य

बुटवल । लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका... ...

रातोपाटी
स्पेनले अवैध युद्धमा संलग्न हुन नपाउनेगरी रक्षा कानुन संशोधन गर्छौं : सान्चेज
Latest NewsJust now

स्पेनले अवैध युद्धमा संलग्न हुन नपाउनेगरी रक्षा कानुन संशोधन गर्छौं : सान्चेज

स्पेनले इरानमाथिको बमबारीका लागि अमेरिकालाई आफ्नो सैन्य अखडा र हवाई क्षेत्र प्रयोग गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको व्यापार तोड्ने चेतावनी दिएका थिए । गाजा युद्धलाई 'नरसंहार' को संज्ञा दिँदै आएका सान्चेज इजरायलका कडा आलोचक हुन् ...

कान्तिपुर
सफल उद्योगीका अनुभवबाट विद्यार्थीलाई उद्यमशीलताको पाठ
Latest NewsJust now

सफल उद्योगीका अनुभवबाट विद्यार्थीलाई उद्यमशीलताको पाठ

भुवन कार्कीरुपन्देही, मंसिर ९ गते । रुपन्देहीका सफल उद्योगी व्यवसायीले आफ्ना अनुभव र संघर्षका कथा विद्यार्थीलाई सुनाएका छन् । मंगलबार रुपन्देहीको तिलोत्तमामा जारी मेला अवलोकनका लाग... ...

गोरखापत्र
मलेसियामा प्रतिघण्टा श्रम उत्पादकता ४.४ प्रतिशतले वृद्धि
Latest NewsJust now

मलेसियामा प्रतिघण्टा श्रम उत्पादकता ४.४ प्रतिशतले वृद्धि

क्वालालम्पुर । मलेसियामा सन् २०२६ को तेस्रो त्रैमासिकमा प्रतिघण्टा श्रम उत्पादकता गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको छ। मलेसियाको तथ्यांक विभाग (डीओएसएम) का अनुसार प्रतिघण्टा उत्पादकता बढेर ४८.२ रिंगिट (करिब ११.७ अमेरिकी डलर) पुगेको छ । मलेसियाको अर्थतन्त्र ५.५ प्रतिशतले विस्तार हुनु तथा कुल काम गर्ने समय एक प्रतिशतले बढेर ९.७ अर्ब घण्टा पुग्नुले उत्पादकता वृद्धिमा योगदान गरेको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement