Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

मलेसियामा प्रतिघण्टा श्रम उत्पादकता ४.४ प्रतिशतले वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
मलेसियामा प्रतिघण्टा श्रम उत्पादकता ४.४ प्रतिशतले वृद्धि
Photo / Coverage: केन्द्रबिन्दु

क्वालालम्पुर । मलेसियामा सन् २०२६ को तेस्रो त्रैमासिकमा प्रतिघण्टा श्रम उत्पादकता गत वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको छ। मलेसियाको तथ्यांक विभाग (डीओएसएम) का अनुसार प्रतिघण्टा उत्पादकता बढेर ४८.२ रिंगिट (करिब ११.७ अमेरिकी डलर) पुगेको छ । मलेसियाको अर्थतन्त्र ५.५ प्रतिशतले विस्तार हुनु तथा कुल काम गर्ने समय एक प्रतिशतले बढेर ९.७ अर्ब घण्टा पुग्नुले उत्पादकता वृद्धिमा योगदान गरेको विभागले जनाएको छ । रोजगारप्राप्त व्यक्तिपिच्छेको मूल्य अभिवृद्धिका आधारमा मापन गरिएको श्रम उत्पादकता पनि ४.२ प्रतिशतले बढेर २७ हजार ७८८ रिंगिट पुगेको छ ।क्षेत्रगत रूपमा उत्पादनमूलक उद्योगमा सबैभन्दा बढी ६.९ प्रतिशत उत्पादकता वृद्धि भएको छ। निर्माण क्षेत्रमा ६.४, सेवा क्षेत्रमा ४.२ र कृषि क्षेत्रमा १.९ प्रतिशत वृद्धि भएको छ । तर खानी तथा उत्खनन क्षेत्रमा भने उत्पादकता पाँच प्रतिशतले घटेको छ । उत्पादकता वृद्धिलाई निरन्तरता दिन उच्च मूल्य अभिवृद्धि, स्रोतको प्रभावकारी उपयोग र नवप्रवर्तनमा जोड दिनुपर्ने विभागले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई
Latest NewsJust now

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

रूपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवद्र्धन अफ नेपाल प्रालिसँग फोहोरमैला व्यवस्थापनका लागि सम्झौता गरेको हो । सोमबार भएको सम्झौताअनुसार कम्पनीले नगर क्षेत्रको फोहोर सङ्कलन, ढुवानी, वर्गीकरण, अन्तिम व्यवस्थापन तथा समग्र सरसफाइको जिम्मेवारी लिनेछ । सम्झौताको कुल ...

केन्द्रबिन्दु
लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री आचार्य
Latest NewsJust now

लैङ्गिक हिंसा अन्त्यका लागि सोच र व्यवहारमा परिवर्तन आवश्यक: मुख्यमन्त्री आचार्य

बुटवल । लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था, संस्थागत प्रयास र सामाजिक चेतनासँगै व्यक्ति, परिवार तथा समुदायको सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका... ...

रातोपाटी
स्पेनले अवैध युद्धमा संलग्न हुन नपाउनेगरी रक्षा कानुन संशोधन गर्छौं : सान्चेज
Latest NewsJust now

स्पेनले अवैध युद्धमा संलग्न हुन नपाउनेगरी रक्षा कानुन संशोधन गर्छौं : सान्चेज

स्पेनले इरानमाथिको बमबारीका लागि अमेरिकालाई आफ्नो सैन्य अखडा र हवाई क्षेत्र प्रयोग गर्न अस्वीकार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको व्यापार तोड्ने चेतावनी दिएका थिए । गाजा युद्धलाई 'नरसंहार' को संज्ञा दिँदै आएका सान्चेज इजरायलका कडा आलोचक हुन् ...

कान्तिपुर
सफल उद्योगीका अनुभवबाट विद्यार्थीलाई उद्यमशीलताको पाठ
Latest NewsJust now

सफल उद्योगीका अनुभवबाट विद्यार्थीलाई उद्यमशीलताको पाठ

भुवन कार्कीरुपन्देही, मंसिर ९ गते । रुपन्देहीका सफल उद्योगी व्यवसायीले आफ्ना अनुभव र संघर्षका कथा विद्यार्थीलाई सुनाएका छन् । मंगलबार रुपन्देहीको तिलोत्तमामा जारी मेला अवलोकनका लाग... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement