Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा
Photo / Coverage: टेक्नोलोजी खबर

च्याटजीपीटी निर्माता ओपनएआईले प्रविधि कम्पनी एप्पलमाथि व्यापारिक गोप्य सूचना चोरेको र आफ्ना आगामी उपकरण निर्माणमा सहकार्य गर्न हार्डवेयर आपूर्तिकर्तालाई निरुत्साहित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। एप्पलले आफ्ना कर्मचारीलाई प्रविधिसम्बन्धी गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले ओपनएआईमा लगेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि ओपनएआईले शुक्रबार अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा प्रतिउजुरी दिएको हो। ओपनएआईले अदालतमा पेस गरेको उजुरीमा एप्पलको कर्मचारी व्यवस्थापन नीतिले कर्मचारीलाई आफ्नै कम्पनीमा बाँधेर राख्ने र प्रतिस्पर्धी कम्पनीका प्रविधिमा काम गर्नबाट रोक्ने उद्देश्य राखेको दाबी गरेको छ। ओपनएआईले एआई सुविधासहितका व्यक्तिगत विद्युतीय उपकरण विकास गरिरहेको छ। यस्ता उपकरणले एप्पललाई आफ्नै बजारमा प्रतिस्पर्धामा पछि पार्न सक्ने कम्पनीको दाबी छ। ओपनएआईका अनुसार एप्पलले आफ्ना एक पूर्वकर्मचारीलाई पुनः नियुक्त गरेर गोप्य सूचना प्राप्त गरेको हो। ती कर्मचारी ओपनएआईमा ६ महिना काम गरेका थिए। त्यस अवधिमा उनले कम्पनीको नयाँ उपकरण र भविष्यमा उत्पादन गर्ने हार्डवेयरसम्बन्धी योजनाबारे विस्तृत जानकारीमा पहुँच पाएका थिए। ओपनएआईले अदालतमा पेस गरेको उजुरीमा भनेको छ, ‘घटनाको समयलाई हेर्दा ती कर्मचारी ओपनएआईमा प्रवेश गर्नुको उद्देश्य नै ती दस्तावेज चोर्नु थियो कि भन्ने अहिले देखिएको छ।’ एप्पलले भने पुनः नियुक्त गरिएका कर्मचारीमार्फत ओपनएआईको गोप्य सूचना प्राप्त गरेको आरोप अस्वीकार गरेको छ। एआई उपकरण निर्माणमा प्रतिस्पर्धा रोक्ने प्रयास गरेको आरोप पनि कम्पनीले खण्डन गरेको छ। एप्पलले शुक्रबार जारी गरेको प्रतिक्रियामा ओपनएआईको प्रतिउजुरीलाई आफ्नो मुद्दाको वास्तविक विषयबाट ध्यान हटाउने प्रयास भनेको छ। एआई उत्पादन विकास गर्ने प्रतिस्पर्धा तीव्र बन्दै जाँदा यी दुई प्रविधि कम्पनीबीच कर्मचारी र बौद्धिक सम्पत्तिको विषयलाई लिएर विवाद बढेको रोयटर्सले उल्लेख गरेको छ। एप्पलले यसअघि गत जुलाईमा ओपनएआई तथा आफ्ना पूर्वकर्मचारी ट्याङ ट्यान र चाङ लिउविरुद्ध मुद्दा दायर गरेको थियो। कम्पनीले आफ्ना व्यापारिक गोप्य सूचना दुरुपयोग गरी ओपनएआईलाई उपभोक्ताका लागि हार्डवेयर उत्पादन विकास गर्न सहयोग पुर्‍याएको आरोप लगाएको थियो। एप्पलमा २४ वर्ष काम गरेका ट्यान आईफोन र एप्पल वाचको उत्पादन डिजाइनसम्बन्धी उपाध्यक्ष थिए। उनी एआई उपकरण विकास गर्ने स्टार्टअप कम्पनी आईओ प्रोडक्ट्स स्थापना गर्ने टोलीमा सहभागी थिए। उक्त कम्पनीलाई सन् २०२५ मा ओपनएआईले अधिग्रहण गरेको थियो। ओपनएआई र ती पूर्वकर्मचारीहरूले एप्पलका आरोप अस्वीकार गर्दै आएका छन्। उनीहरूका अनुसार एप्पलले लिउले कम्पनी छाडेपछि उनका व्यक्तिगत सन्देश अनधिकृत रूपमा निगरानी गरेर मुद्दा अघि बढाएको हो। शुक्रबारको प्रतिउजुरीमा ओपनएआईले एप्पलले कर्मचारीलाई व्यक्तिगत एप्पल उपकरण र खाताबाट कार्यालयको काम गर्न प्रोत्साहित गर्ने तर जागिर छाड्दा व्यक्तिगत र व्यावसायिक खाता अलग गर्न सहज प्रक्रिया उपलब्ध नगराउने गरेको आरोप पनि लगाएको छ। कम्पनी छाडेपछि पनि एप्पलले पूर्वकर्मचारीका व्यक्तिगत उपकरण र खातामा पहुँच कायम राख्ने गरेको ओपनएआईको दाबी छ। यसबाट प्रतिस्पर्धी कम्पनीमा जाने कर्मचारीको गतिविधि निगरानी गर्न र उनीहरूलाई समस्यामा पार्न एप्पललाई सहज भएको ओपनएआईले जनाएको छ। ओपनएआईका अनुसार अहिलेसम्म एप्पलका ४०० कर्मचारी ओपनएआईमा प्रवेश गरिसकेका छन्। अन्य कर्मचारीलाई पनि एप्पल छाडेर प्रविधि क्षेत्रका प्रतिस्पर्धी कम्पनीमा जानबाट रोक्न एप्पलले डर देखाउने प्रयास गरिरहेको ओपनएआईको आरोप छ। The post व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा
TechnologyJust now

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ। डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो। यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको ...

टेक्नोलोजी खबर
विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै
TechnologyJust now

विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै

विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र कम्पनीहरूको मूल्याङ्कनबारे बहस भइरहेका बेला चीनको एआई उद्योगमा पनि बजारको उतारचढाव देखिएको छ। यसले चीनको एआई विकासको भविष्यबारे विभिन्न प्रश्न उठाएको छ। कतिपयले एआई क्षेत्रमा लगानीको ठूलो फुगा फुट्न सक्ने आशंकासमेत व्यक्त गरेका छन्। तर बजारमा हुने उतारचढावलाई मात्र आधार बनाएर कुनै उद्योगको भविष्य मूल्याङ्कन गर्न नहुने विज्ञहरूको धारणा छ। उद्योगको वास्तविक सफलता लगानीबाट ...

टेक्नोलोजी खबर
नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार
TechnologyJust now

नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार

१२ मंसिर, काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्रान्ड काइफेङका तीन मोडल नेपाली बजारमा भित्रिने भएका छन्। आधिकारिक वितरक एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालिले काइफेङको केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यान (३५०+ किमि रेन्ज), केएफ १०२१ हलुका ट्रक (२९०+ किमि रेन्ज) र केएफडी ०१ यात्रुवाहक कार (३००+ किमि रेन्ज) ल्याउन लागेको हो। काठमाडौंको पानीपोखरीमा शोरुम र बालाजुमा […] The post नेपालमा काइफेङका ...

आइसिटी फ्रेम
आईटियूद्वारा चन्द्रमासम्बन्धी रेडियो फ्रिक्वेन्सी प्रगतिका विषयमा प्रस्ताव पारित
TechnologyJust now

आईटियूद्वारा चन्द्रमासम्बन्धी रेडियो फ्रिक्वेन्सी प्रगतिका विषयमा प्रस्ताव पारित

अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटियू) का सदस्य राष्ट्रहरूले चन्द्रमा र त्यस आसपासका क्षेत्रहरूमा सञ्चालन गरिने अभियानहरूमा रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको भविष्यको प्रयोगलाई समर्थन गर्ने प्रस्ताव पारित गरेका छन्। यो निर्णयको उद्देश्य चन्द्रमामा र त्यसको वरिपरि रेडियो सञ्चारका लागि नवीन दृष्टिकोणहरूलाई सुदृढ पार्नु हो, जसले चन्द्र अन्वेषण गतिविधिहरूमा सहयोग पुर्‍याउन सक्छ। आईटियूकी महासचिव डोरिन बोगडान-मार्टिनले बताइन् कि, आगामी दशकहरूमा सयौं चन्द्र अभियानहरू हुने अपेक्षा गरिएको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement