Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा
Photo / Coverage: टेक्नोलोजी खबर

इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीचको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ बीमा योजना अब इसेवामार्फत सजिलै किन्न सकिने भएको छ। डिजिटल माध्यमबाट सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज र सरल बनाउने उद्देश्यका साथ दुई कम्पनीबिच इसेवाबाटै सजिलै उक्त बीमा खरिद गर्न सकिने साझेदारी भएको हो। यस साझेदारीअन्तर्गत इसेवाका ग्राहकले स्क्यान एन्ड केयर टर्म लाइफ इन्स्योरेन्स र सन मेडिकेयर गरी कुल १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्नेछन्। योजनाअनुसार टर्म लाइफ इन्स्योरेन्सतर्फ ५० हजार र सन मेडिकेयर (स्वास्थ्य बीमा) तर्फ ५० हजारसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ। १८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले इसेवा एपमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यो योजना खरिद गर्न सक्नेछन्। उमेर र बीमा सुरक्षाका आधारमा यस योजनाको वार्षिक बीमाशुल्क ७६० देखि १,४०५ सम्म तोकिएको छ। सन नेपाल लाइफले आफ्ना शाखा कार्यालय र अभिकर्ताहरूमार्फत उपलब्ध गराउँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई डिजिटल माध्यमसँग जोडी सर्वसाधारण नागरिकसम्म बीमाको सहज, द्रुत र प्रविधिमैत्री पहुँच पुर्‍याउने उद्देश्यका साथ दुई कम्पनीबिच साझेदारी गरिएको हो। The post इसेवामा अब सन नेपाल लाइफको ‘स्क्यान एन्ड केयर’ बीमा योजना उपलब्ध, १ लाखसम्मको बीमा सुरक्षा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर
TechnologyJust now

एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर

१२ मंसिर, काठमाडौं। डेमो डेमा पोखराका नगरप्रमुखसमक्ष गण्डकीका २८ युवाद्वारा एआई-निर्मित सफ्टवेयर प्रस्तुत पाँच दिन, २८ युवा, एउटै मञ्च: एआईको साथमा पोखराका युवाले बनाए आफ्नै सफ्टवेयर: खाली कागजदेखि कार्यशील सफ्टवेयरसम्म, डेमो डेमा नगरप्रमुखसमक्ष प्रस्तुति “पोखरामा सम्पन्न ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम’ को दोस्रो संस्करणमा गण्डकी प्रदेशका २८ जना युवाले केवल पाँच दिनमै खाली कागजदेखि कार्यशील सफ्टवेयर तयार […] The post एआईको प्रयोगमा ...

आइसिटी फ्रेम
व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा
TechnologyJust now

व्यापारिक गोप्य सूचना चोरेको आरोप लगाउँदै ओपनएआईले एप्पलमाथि हाल्यो मुद्दा

च्याटजीपीटी निर्माता ओपनएआईले प्रविधि कम्पनी एप्पलमाथि व्यापारिक गोप्य सूचना चोरेको र आफ्ना आगामी उपकरण निर्माणमा सहकार्य गर्न हार्डवेयर आपूर्तिकर्तालाई निरुत्साहित गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको छ। एप्पलले आफ्ना कर्मचारीलाई प्रविधिसम्बन्धी गोप्य सूचना प्राप्त गर्ने उद्देश्यले ओपनएआईमा लगेको आरोप लगाउँदै मुद्दा दायर गरेपछि ओपनएआईले शुक्रबार अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतमा प्रतिउजुरी दिएको हो। ओपनएआईले अदालतमा पेस गरेको उजुरीमा एप्पलको कर्मचारी व्यवस्थापन नीतिले कर्मचारीलाई ...

टेक्नोलोजी खबर
विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै
TechnologyJust now

विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै

विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र कम्पनीहरूको मूल्याङ्कनबारे बहस भइरहेका बेला चीनको एआई उद्योगमा पनि बजारको उतारचढाव देखिएको छ। यसले चीनको एआई विकासको भविष्यबारे विभिन्न प्रश्न उठाएको छ। कतिपयले एआई क्षेत्रमा लगानीको ठूलो फुगा फुट्न सक्ने आशंकासमेत व्यक्त गरेका छन्। तर बजारमा हुने उतारचढावलाई मात्र आधार बनाएर कुनै उद्योगको भविष्य मूल्याङ्कन गर्न नहुने विज्ञहरूको धारणा छ। उद्योगको वास्तविक सफलता लगानीबाट ...

टेक्नोलोजी खबर
नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार
TechnologyJust now

नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार

१२ मंसिर, काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्रान्ड काइफेङका तीन मोडल नेपाली बजारमा भित्रिने भएका छन्। आधिकारिक वितरक एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालिले काइफेङको केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यान (३५०+ किमि रेन्ज), केएफ १०२१ हलुका ट्रक (२९०+ किमि रेन्ज) र केएफडी ०१ यात्रुवाहक कार (३००+ किमि रेन्ज) ल्याउन लागेको हो। काठमाडौंको पानीपोखरीमा शोरुम र बालाजुमा […] The post नेपालमा काइफेङका ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement