Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वभर कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी र कम्पनीहरूको मूल्याङ्कनबारे बहस भइरहेका बेला चीनको एआई उद्योगमा पनि बजारको उतारचढाव देखिएको छ। यसले चीनको एआई विकासको भविष्यबारे विभिन्न प्रश्न उठाएको छ। कतिपयले एआई क्षेत्रमा लगानीको ठूलो फुगा फुट्न सक्ने आशंकासमेत व्यक्त गरेका छन्। तर बजारमा हुने उतारचढावलाई मात्र आधार बनाएर कुनै उद्योगको भविष्य मूल्याङ्कन गर्न नहुने विज्ञहरूको धारणा छ। उद्योगको वास्तविक सफलता लगानीबाट प्राप्त हुने नाफाले मात्र होइन, नयाँ प्रविधिको विकास र त्यसले मानिसको दैनिक जीवन तथा उत्पादन क्षेत्रमा पुर्‍याउने योगदानबाट पनि मापन गर्नुपर्ने उनीहरूको भनाइ छ। चीनको एआई क्षेत्रका पछिल्ला तथ्याङ्कले यस उद्योगमा निरन्तर विकास भइरहेको देखाउँछन्। सन् २०२५ मा चीनको मुख्य एआई उद्योगको कुल मूल्य १२ खर्ब युआन (करिब १७९ अर्ब अमेरिकी डलर) पुगेको थियो। यो अघिल्लो वर्षको तुलनामा ४० प्रतिशत बढी हो। यस क्षेत्रमा काम गर्ने कम्पनीको संख्या पनि ६ हजार २०० नाघेको छ। चीनमा एआई प्रविधि प्रयोगशालाबाट बाहिर निस्केर उद्योग, कारखाना, यातायात, ऊर्जा प्रणाली र अस्पतालसम्म पुग्न थालेको छ। सरकारी तथ्याङ्कअनुसार ठूला औद्योगिक कम्पनीमध्ये ३० प्रतिशतभन्दा बढीले एआई प्रयोग गरिरहेका छन्। आधुनिक स्मार्ट कारखानामा उत्पादनसम्बन्धी ७० प्रतिशतभन्दा बढी काममा एआई प्रविधि समावेश गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनको सेप्टेम्बरमा सार्वजनिक अध्ययनअनुसार चीनका कम्पनीमा एआई प्रयोग गर्दा मुख्य कामको कार्यक्षमता ३० देखि १०० प्रतिशतसम्म बढेको पाइएको छ। स्मार्ट उत्पादन क्षेत्रमा भने कार्यक्षमता २० देखि ३० प्रतिशतसम्म सुधार भएको छ। चिनियाँ एआई प्रविधिको प्रयोग अन्तर्राष्ट्रिय बजारमा पनि बढिरहेको छ। विश्वव्यापी एआई प्लेटफर्म ओपनराउटरका अनुसार नोभेम्बर ९ देखि १५ सम्म चिनियाँ एआई मोडलको साप्ताहिक प्रयोग ११९.१ ट्रिलियन टोकन पुगेको थियो। यससँगै चीन लगातार २९औँ हप्ता विश्वको पहिलो स्थानमा रहेको छ। खुला स्रोतमा आधारित चिनियाँ एआई मोडलले विश्वका विभिन्न कम्पनीलाई कम लागतमा प्रविधि प्रयोग गर्ने अवसर दिएको छ। यद्यपि, चीनको एआई विकासमा केही चुनौती पनि छन्। पश्चिमी देशहरूले लगाएका प्रविधिसम्बन्धी प्रतिबन्धका कारण चिनियाँ कम्पनीलाई अत्याधुनिक एआई चिप, सेमिकन्डक्टर उत्पादन उपकरण र अन्य प्रविधि प्राप्त गर्न कठिन भएको छ। उन्नत चिप र कम्प्युटिङ पूर्वाधारमा चीनले अझै सुधार गर्नुपर्ने अवस्था छ। यसका बाबजुद चीनले एआईलाई आफ्नो दीर्घकालीन विकासको प्राथमिकतामा राखेको छ। सन् २०२६ देखि २०३० सम्मको १५औँ पञ्चवर्षीय योजनामा एआई प्रविधिमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने र विभिन्न आर्थिक तथा सामाजिक क्षेत्रमा यसको प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको छ। चीनले सन् २०३० को अन्त्यसम्म एआईसम्बन्धी उद्योगको आकार १०० खर्ब युआनभन्दा बढी पुर्‍याउने लक्ष्य लिएको छ। देशको ठूलो बजार, औद्योगिक संरचना, ऊर्जा आपूर्ति र प्रविधिको प्रयोगका विभिन्न अवसरलाई यस लक्ष्यको आधार मानिएको छ। चीनले विश्वको करिब एकतिहाइ विद्युत् उत्पादन गर्ने र नवीकरणीय ऊर्जाको ठूलो प्रणाली विकास गरेको तथ्यलाई पनि एआई उद्योग विस्तारका लागि महत्त्वपूर्ण आधार मानिएको छ। राष्ट्रिय तथ्याङ्कअनुसार सन् २०२५ को अन्त्यसम्म चीनको इन्टेलिजेन्ट कम्प्युटिङ क्षमता १५ लाख ९० हजार पीएफएलओपीएस पुगेको थियो। यस आधारमा चीन विश्वमा दोस्रो स्थानमा रहेको छ। विश्लेषणअनुसार एआई उद्योगको भविष्य छोटो समयको बजार उतारचढावले मात्र निर्धारण गर्दैन। निरन्तर अनुसन्धान, नयाँ प्रविधिको विकास र वास्तविक जीवनमा यसको उपयोगले नै यस क्षेत्रको दीर्घकालीन सफलता तय गर्नेछ।–रासस The post विश्वव्यापी प्रतिस्पर्धाबीच चीनको एआई उद्योग विस्तार हुँदै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार
TechnologyJust now

नेपालमा काइफेङका तीन विद्युतीय सवारी भित्रिँदै: एमभी दुगड ग्रुपले ल्याउँदै भ्यान, ट्रक र यात्रुवाहक कार

१२ मंसिर, काठमाडौं। चिनियाँ विद्युतीय सवारी ब्रान्ड काइफेङका तीन मोडल नेपाली बजारमा भित्रिने भएका छन्। आधिकारिक वितरक एमभी दुगड ग्रुपअन्तर्गतको दुगड अटो क्लिनिक प्रालिले काइफेङको केएफ ५०३९ विद्युतीय व्यावसायिक भ्यान (३५०+ किमि रेन्ज), केएफ १०२१ हलुका ट्रक (२९०+ किमि रेन्ज) र केएफडी ०१ यात्रुवाहक कार (३००+ किमि रेन्ज) ल्याउन लागेको हो। काठमाडौंको पानीपोखरीमा शोरुम र बालाजुमा […] The post नेपालमा काइफेङका ...

आइसिटी फ्रेम
आईटियूद्वारा चन्द्रमासम्बन्धी रेडियो फ्रिक्वेन्सी प्रगतिका विषयमा प्रस्ताव पारित
TechnologyJust now

आईटियूद्वारा चन्द्रमासम्बन्धी रेडियो फ्रिक्वेन्सी प्रगतिका विषयमा प्रस्ताव पारित

अन्तराष्ट्रिय दूरसञ्चार संघ (आईटियू) का सदस्य राष्ट्रहरूले चन्द्रमा र त्यस आसपासका क्षेत्रहरूमा सञ्चालन गरिने अभियानहरूमा रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको भविष्यको प्रयोगलाई समर्थन गर्ने प्रस्ताव पारित गरेका छन्। यो निर्णयको उद्देश्य चन्द्रमामा र त्यसको वरिपरि रेडियो सञ्चारका लागि नवीन दृष्टिकोणहरूलाई सुदृढ पार्नु हो, जसले चन्द्र अन्वेषण गतिविधिहरूमा सहयोग पुर्‍याउन सक्छ। आईटियूकी महासचिव डोरिन बोगडान-मार्टिनले बताइन् कि, आगामी दशकहरूमा सयौं चन्द्र अभियानहरू हुने अपेक्षा गरिएको ...

टेक्नोलोजी खबर
अमेरिकी चिप प्रतिबन्धले चिनियाँ एआई प्रयोगशालाहरूलाई सुस्त बनाउन सक्ने
TechnologyJust now

अमेरिकी चिप प्रतिबन्धले चिनियाँ एआई प्रयोगशालाहरूलाई सुस्त बनाउन सक्ने

डिपसिक, जेड डट एआई र मुनसट एआई जस्ता चिनियाँ एआई प्रयोगशालाहरू आफ्नो क्षमतामा आफ्ना अमेरिकी प्रतिद्वन्द्वीहरूसँग नजिक हुँदै गइरहेका छन्, तर एनभिडिया काण्डको नतिजाले उनीहरूको प्रगतिलाई सुस्त बनाउन सक्छ। विज्ञहरूले भनेका छन् कि कडा अमेरिकी प्रतिबन्धहरूले छोटो अवधिमा चिप्समा तिनिहरुको पहुँचलाई रोकिरहेको छ, जसले बेइजिङको आफ्नै अत्याधुनिक अर्धचालकहरूको विकासलाई तीव्र पार्ने प्रयासलाई प्रोत्साहन दिन्छ। – वासिङ्टनले कसरी कारबाही गरिरहेको छ? – अमेरिकी सरकारले ...

टेक्नोलोजी खबर
१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म
TechnologyJust now

१५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्दै नागार्जुन नगरपालिका, आवेदन दिने म्याद मंसिर २१ गतेसम्म

काठमाडौंको नागार्जुन नगरपालिकाले नगरपालिकाका स्थायी बासिन्दाका लागि १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ। नगरपालिकाले इच्छुक व्यक्तिलाई तालिममा सहभागी हुन आह्वान गर्दै केही दिन अघि १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो। नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार इच्छुक व्यक्तिले मंसिर २१ गतेभित्र कार्यालय समयमा सामाजिक विकास शाखामा निवेदन पेस गर्न सक्नेछन्। तालिममा सहभागी हुन चाहने व्यक्तिले निवेदनसँगै नेपाली नागरिकताको ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement