Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग वर्तमान युद्धमोर्चाकै अवस्थामा युद्धविराम गर्न आफ्नो देश तयार रहेको बताएका छन् । उनले दुवै देशका सेना अहिले तैनाथ रहेकै स्थानमा रोकिएर युद्ध अन्त्यका लागि कूटनीतिक वार्ता अघि बढाउन प्रस्ताव गरेका छन् । अलजजिरासँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनको कब्जामा रहेका क्षेत्रबाट पछि हट्न तयार नभएको भन्दै वर्तमान सैन्य अवस्थामै युद्ध रोक्नु युक्रेनका लागि ठूलो सम्झौता हुने बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई युद्ध अन्त्यका लागि पहल जारी राख्न आग्रह गर्दै शान्ति सम्झौताको भार युक्रेनमाथि मात्रै थोपर्न नहुने बताएका छन् । यसैबीच, रुस र युक्रेनबीच अमेरिकाको मध्यस्थतामा अर्को चरणको वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने भएको छ । बैठकको मिति भने तय भइसकेको छैन। यसअघि भएका वार्तामा युद्ध अन्त्य, कैदीबन्दी आदानप्रदान, युक्रेनको सुरक्षा र भूभागसम्बन्धी विषयमा छलफल भए पनि ठोस सहमति हुन सकेको छैन । डोनबास क्षेत्रको भविष्य र रुसको भूभागसम्बन्धी माग शान्ति सम्झौताका प्रमुख अवरोध बनेका छन् । रुसले डोनबासका बाँकी क्षेत्रमा पनि युक्रेनी सेना हटाउन माग गर्दै आएको छ भने युक्रेनले त्यसलाई आफ्नो सार्वभौमिकता र भौगोलिक अखण्डताविरुद्ध मानेको छ । The post युक्रेन वर्तमान युद्धमोर्चामै युद्धविराम गर्न तयार छ: जेलेन्स्की appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्सट्रिम इनर्जी ड्रिंक
Latest NewsJust now

सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्सट्रिम इनर्जी ड्रिंक

महोत्सवको टाइटल स्पोन्सरका रूपमा एक्सट्रिम इनर्जी ड्रिंक र आयोजक कैलाली उद्योग वाणिज्य संघबीच सहकार्य भएको हो । ...

कान्तिपुर
बिर्खबहादुर रोकायालाई त्रिविको सम्मान
Latest NewsJust now

बिर्खबहादुर रोकायालाई त्रिविको सम्मान

मुगु। रारा क्षेत्रको जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि क्रियाशील मुगुको छायाँनाथ रारा नगरपालिका–९, मुर्माका बिर्खबहादुर रोकाया त्रिभुवन विश्वविद्यालय (त्रिवि) प्राणीशास्त्र केन्द्रीय विभागबाट सम्मानित भएका छन्। रारा... ...

रातोपाटी
नेपाल लाइफलाई साफा अवार्ड
Latest NewsJust now

नेपाल लाइफलाई साफा अवार्ड

नेपाल लाइफ इन्स्योरेन्सले साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स–साफाद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । ...

कान्तिपुर
किस्ट अस्पताल र भारतको मेदान्ताबीचको एकवर्षे सहकार्य
Latest NewsJust now

किस्ट अस्पताल र भारतको मेदान्ताबीचको एकवर्षे सहकार्य

यस अवसरमा दुवै संस्थाले विशेषज्ञ चिकित्सकबीच ज्ञान, सीप तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा कार्यक्रम आयोजना गरे । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement