Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/व्यक्तिगत आरोप र अपुष्ट सूचना फैलाउने काम नगर्न नेकपाको निर्देशन

व्यक्तिगत आरोप र अपुष्ट सूचना फैलाउने काम नगर्न नेकपाको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
व्यक्तिगत आरोप र अपुष्ट सूचना फैलाउने काम नगर्न नेकपाको निर्देशन

काठमाडौं, कात्तिक ७ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले नेता तथा कार्यकर्तालाई व्यक्तिगत आरोप, चरित्रहत्या र अपुष्ट सूचनाका आधारमा अभिव्यक्ति नदिन निर्देशन दिएको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव नेपालले हालै जारी गरेको सर्कुलरमा सामाजिक सञ्जाललाई व्यवस्थित रूपमा प्रयोग गर्न र पार्टीको प्रचार तथा डिजिटल सञ्चार प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिइएको छ । पार्टीले सञ्चालन गर्ने दुईमहिने अभियानलाई प्रभावकारी बनाउन प्रत्येक तहले पार्टीको आधिकारिक डिजिटल सञ्चार माध्यम व्यवस्थित गर्नुपर्ने उल्लेख गरिएको छ । अभियानका निर्णय, कार्यक्रम, गतिविधि, उपलब्धि तथा जनसरोकारका विषय नियमित रूपमा सम्प्रेषण गर्न पनि भनिएको छ । सर्कुलरमा सामाजिक सञ्जाल, वेबसाइट, डिजिटल बुलेटिनलगायत माध्यमको प्रभावकारी उपयोग गर्न, तथ्यहीन तथा भ्रमपूर्ण सूचनाको तथ्यगत रूपमा खण्डन गर्न र पार्टीका आधिकारिक सामग्री एकरूपता तथा विश्वसनीयताका साथ सम्प्रेषण गर्न निर्देशन दिइएको छ । पार्टीको नीति तथा आधिकारिक धारणा जनतासम्म पुर्‍याउने जिम्मेवारीबोध गर्न सदस्यहरूलाई आग्रह गरिएको छ । अभियानका सबै कार्यक्रम शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक विधिअनुसार सञ्चालन गर्न पनि पार्टीले निर्देशन दिएको छ । व्यक्तिगत आरोप, चरित्रहत्या, अपुष्ट सूचना र तथ्यहीन प्रचारबाट बच्दै जनताको विश्वास, सम्मान तथा गोपनीयता कायम राख्न सर्कुलरमा भनिएको छ । त्यस्तै, अभियानका नाममा व्यक्तिगत आर्थिक लाभ लिने वा अनुचित प्रभाव प्रयोग गर्ने काम नगर्न, पार्टीको आधिकारिक निर्णय तथा निर्देशनबाहेक संवेदनशील राजनीतिक विषयमा अनधिकृत अभिव्यक्ति नदिन निर्देशन दिइएको छ । महिला, दलित, जनजाति, मधेसी, अल्पसङ्ख्यकलगायत सबै समुदायप्रति सम्मानजनक व्यवहार गर्न र पार्टीको नीति, विधान तथा संगठनात्मक अनुशासनविपरीतका गतिविधिबारे सम्बन्धित तहलाई जानकारी गराउन पनि नेता तथा कार्यकर्तालाई भनिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

पाकिस्तानी कप्तान फरहान एनपिएल खेल्न नेपाल आइपुगे
राजनीतिJust now

पाकिस्तानी कप्तान फरहान एनपिएल खेल्न नेपाल आइपुगे

पाकिस्तान टी–२० क्रिकेट टोलीका कप्तान साहबजादा फरहान नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न शनिबार नेपाल आइपुगेका छन् । कर्णाली याक्सले शुक्रबार फरहानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई क्लबका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानबाट ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ५५४ रन बनाएका छन् । जसमा दुई शतक र १३ ...

फरकधार
सरकारमाथि प्रचण्डको प्रहार : देशमा निराशा र असन्तुष्टि बढ्यो
राजनीतिJust now

सरकारमाथि प्रचण्डको प्रहार : देशमा निराशा र असन्तुष्टि बढ्यो

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महँगी, बेरोजगारी, भ्रष्टाचार र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध देशव्यापी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । संयोजक प्रचण्डले सार्वजनिक गरेको अपिलमा ठूलो आशा र अपेक्षासहित गठन भएको दुईतिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको उल्लेख गर्दै देशमा निराशा, असन्तुष्टि […] ...

काठमाण्डुपाटी
उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना : चार पाइलटको मृत्यु
राजनीतिJust now

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना : चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो । वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play