वीरगञ्जको क्यासिनोमा प्रहरीको छापा, पाँच जना पक्राउ

पर्साको वीरगञ्जस्थित एक क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। वीरगञ्ज महानगरपालिका–१४ गण्डकस्थित गोल्डेन फिङ्गर गेमिङ जोन प्रालिमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले पाँच जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार मंगलवार साँझ करिब ७:३० बजे क्यासिनोमा छापा मार्दा उनीहरू जुवा खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको अवस्थामा फेला परेका थिए। नियन्त्रणमा पर्नेमा बाराको पचरौता नगरपालिका–४ का ४८ वर्षीय रामचन्द्र साह, प्रसौनी गाउँपालिका–८ का ४९ वर्षीय अच्छेलाल प्रसाद, प्रसौनी गाउँपालिका–१ का ४७ वर्षीय सुवास कुमार, परवानीपुर गाउँपालिका–५ का ३५ वर्षीय सुनिल पटेल र रौतहटको बौधीमाई नगरपालिका–९ का ५० वर्षीय सुमेश्वरनाथ प्रसाद रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस
हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जाने सडक खुलाउने काम अधुरै रोकिएको छ । न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडकमा हिउँ नहटाउँदै काम रोकिएको हो । यसले हिमालपारिको लिमी क्षेत्रको आवागमन सहज बनाउने प्रयासमा थप समस्या सिर्जना गरेको छ । केही दिनअघि सल्ली हुँदै गएको जेसीबीले सेलिवाङ दहबाट हिउँ पन्छाउने काम ...

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
बडादशैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दशैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दशैंको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो । विगतका वर्षमा दसैँको दिन ...

कास्की प्रहरीको सक्रियता, असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। प्रतिवादीहरूबाट कूल ...

जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्
स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैंको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दशैं मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित ...


