Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/कास्की प्रहरीको सक्रियता, असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीको सक्रियता, असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

10/21/2026, 2:53:18 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
कास्की प्रहरीको सक्रियता, असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। प्रतिवादीहरूबाट कूल १२ वर्ष छ महिना आठ दिन कैद र रु १६ लाख ६६ हजार ९७२ बिगो असुलउपर भएको उनको भनाइ छ। चेक अनादर, बिगो लेनदन, बैङ्किङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ। गत भदौ महिनामा ५६ जना फरार प्रतिवादी पक्राउ परेका थिए। कार्यालयले गत महिना चालु मुद्दामा ११२ जनालाई पक्राउ गरिएको जनाएको छ। असोजमा अपराधसँग सम्बन्धित १५९ वटा मुद्दा दर्ता भएका थिए। तीमध्ये जघन्य तथा गम्भीर अपराधका २५, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका सात, आर्थिक अपराधका २४ र अन्य अपराधसँग सम्बन्धित १०३ मुद्दा दर्ता भएका छन्। सोही अवधिमा सामाजिक हिंसाका ६९ वडा ठाडो उजुरी परेको प्रहरीले जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

फिफा यू-१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान
OthersJust now

फिफा यू-१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान

४ कात्तिक, काठमाडौं । फिफा यू–१५ विश्वकप तथा फेस्टिभल खेल्न नेपाली टोली अजरबैजान प्रस्थान गरेको छ । बिहिबारदेखि सुरु हुने यू–१५ विश्वकप तथा फेस्टिभल खेल्ने नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । फेस्टिभलमा नेपालले समूह चरणमा ब्राजिल, डिआर कंगो, एल साल्भाडोर, गिनी–बिसाउ र ट्युनिसियासँग प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल शनिबार ट्युनिसियासँग खेल्ने तालिका छ… ...

अनलाइन खबर
न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस
OthersJust now

न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस

हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जाने सडक खुलाउने काम अधुरै रोकिएको छ । न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडकमा हिउँ नहटाउँदै काम रोकिएको हो । यसले हिमालपारिको लिमी क्षेत्रको आवागमन सहज बनाउने प्रयासमा थप समस्या सिर्जना गरेको छ । केही दिनअघि सल्ली हुँदै गएको जेसीबीले सेलिवाङ दहबाट हिउँ पन्छाउने काम ...

पर्दाफास
बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
OthersJust now

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बडादशैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दशैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दशैंको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो । विगतका वर्षमा दसैँको दिन ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play