Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Others/जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्

जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्

10/21/2026, 2:43:55 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
जसले चाहेर पनि परिवारसँग दशैंको टीका लगाउन पाउँदैनन्

स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगसँगै बसेर दशैंको टीका लगाउन पाउँदैनन् । कतिपय कार्यव्यस्तताले त कतिपय घरबाट टाढा भएकाले टीका थाप्नबाट बञ्चित हुने गरेका छन् । कतिपय नागरिक भने स्वदेशमै रहेर पनि सेवा अवरुद्ध गर्न नहुने भएकाले परिवारका साथमा बसेर दशैं मनाउन पाएका हुँदैनन् । स्वास्थ्य, सुरक्षालगायत अत्यावश्यक वस्तुको सेवा प्रवाह गर्नेहरु यसरी बडादसैँको टीका थाप्नबाट बञ्चित हुन्छन् । अरुको दशैंलाई सहज र सुरक्षित बनाई टीका लगाउन दिनका लागि सुरक्षा निकायमा खटिने टीका लगाउनबाट बञ्चित हुन्छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेल नब्बे प्रतिशत हाराहारी प्रहरी सेवामा रहेका घरमा गएर टीका थाप्नका लागि घर जान नपाउने बताउँछन् । उनले भने, ‘सर्वसाधारणले सुरक्षित रुपमा चाडपर्व मनाउन् भनेर हामी परिवारसँग टीका लगाउन पाउँदैनौं । यो कतिबर्ष भन्ने होइन कि कैयौँ बर्षसम्म पनि यस्तै हुने गरेको छ ।’ संवेदनशील जिल्लाहरुमा अन्यत्रबाट थप सुरक्षाकर्मी पठाएर सुरक्षा दिइने गरेको पनि उनले बताए । जिम्मेवारी लिएकाले विदा पाउँदैनन् । अन्यले मिलाएर न्यूनतम सङ्ख्या मात्रै परिवारसँग दसैँ मनाउने उनले जानकारी दिए । यस्तै नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धानमा कार्यरत पनि यो पर्वमा परिवारसँग सबैले दसैँ मनाउन पाउँदैनन् । त्यसो त निजी क्षेत्रमा काम गर्ने सुरक्षा गार्डहरुले पनि विदा नपाउने गरेको गढी सेक्युरिटीका सञ्चालक अश्विन गोले बताउँछन् । चाडपर्वको समयमा कतिपय उद्योग व्यवसाय बन्द हुने हुँदा सुरक्षाको जिम्मेवारी सुरक्षा गार्डको हुने भएको विदा नपाउने उनको भनाइ छ । उनले भने, ‘चाडपर्वमा सुरक्षा दिन थप जनशक्ति माग हुने गर्दछ ।’ भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा विश्वबन्धु बगाले ३० प्रतिशत चिकित्सक, नर्स र स्वास्थ्यकर्मी अस्पतालमा नै रहने भएकाले उनीहरुले परिवारसँग दसैँको टीका थाप्न नपाउने बताउँछन् । बहिरङ्ग सेवा बाहेक आकस्मिक र अन्तरङ्ग सेवा सुचारु हुने भएकाले चिकित्सक, स्वास्थ्यकर्मी र सरसफाईकर्मी विदा बस्न नपाउने उनको भनाइ छ । उनीहरुले दसैँ र तिहार पालो मिलाएर विदा लिने गर्दछन् । बगालेले भने, ‘जुनसुकै बेला सेवा दिनु पर्ने भएकाले तयारी अवस्थामा हुनुपर्छ ।’ पर्वको समयमा अधिकांश समय नर्सिङ कर्मचारीले समय दिने गर्दछन् । नेपाल नर्सिङ सङ्घ चितवनका अध्यक्ष विष्णु अधिकारी ५० प्रतिशत नर्सले विदा लिएर बस्न नपाउने बताउँछन् । उनले भने, ‘दसैँ र तिहारमध्ये आलो पालो गरेर विदा मिलाइन्छ ।’ जसका कारण ५० प्रतिशत नर्सले दसैँमा परिवारसँग टीका थाप्न नपाउने उनको भनाइ छ । विदेशमा ठूलो सङ्ख्यामा नेपाली छन् । उनीहरुमध्ये अधिकांशले परिवारसँग बसेर टीका लगाउन पाउँदैनन् । कतिपयले एकाघरको परिवारलाई उतै बोलाउँछन् भने कतिपयले विदा मिलाएर दसैँमा नेपाल आउने गर्दछन् । चार वर्षपछि बुबा आमाको हातबाट टीका लगाउन चितवनको रत्ननगर आइपुग्नु भएका विष्णु पौडेल पर्वमा परिवारसँग बस्न पाउनु निकै खुसीको कुरा हुने बताउँछन् । उनले भने, ‘विदेशमा रहनेले परिवारसँग कमैले मात्र पर्व मनाउन पाउँछन् ।’ यस्तै अन्य क्षेत्रमा पेशा गर्नेहरु पनि टीका लगाउनबाट बञ्चित हुन्छन् । सञ्चार क्षेत्र, यातायत, सरसफाई, हस्पिटालिटी क्षेत्रमा काम गर्ने पनि सबैले परिवारसँगै बसेर टीका थाप्न पाउँदैनन् । आलो पालो गरेर उनीहरुले काम गर्छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस
OthersJust now

न्यालु लेकमा हिउँ पन्छाउने काम रोकियो, लिमीवासीको आवागमनमा सकस

हिमपातका कारण अवरुद्ध बनेको हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी जाने सडक खुलाउने काम अधुरै रोकिएको छ । न्यालु लेकमा जमेको हिउँ पन्छाउन केही दिन जेसीबी परिचालन गरिए पनि लिमीतर्फको सडकमा हिउँ नहटाउँदै काम रोकिएको हो । यसले हिमालपारिको लिमी क्षेत्रको आवागमन सहज बनाउने प्रयासमा थप समस्या सिर्जना गरेको छ । केही दिनअघि सल्ली हुँदै गएको जेसीबीले सेलिवाङ दहबाट हिउँ पन्छाउने काम ...

पर्दाफास
बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार
OthersJust now

बाढीले खोस्यो दशैंको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बडादशैंमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने रहर कसलाई पो हुँदैन र ? वर्षभरि जहाँ भए पनि दशैंमा घर फर्किएर परिवारसँग टीका लगाउने र खुसी साटासाट गर्ने प्रतीक्षामा रहेका बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारका केही परिवारका लागि यस वर्ष दशैंको खुसी आएन । भोटेकोशी नदीमा आएको बाढीले आफन्त बेपत्ता बनाएपछि उनीहरूको दसैँ उल्लासमय नभएर खल्लो बन्न पुग्यो । विगतका वर्षमा दसैँको दिन ...

पर्दाफास
कास्की प्रहरीको सक्रियता, असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ
OthersJust now

कास्की प्रहरीको सक्रियता, असोजमा मात्र ३२ फरार प्रतिवादी पक्राउ

प्रहरीको सक्रियतासँगै गत असोज महिनामा कास्कीमा ३२ जना फरार प्रतिवादी पक्राउ परेका छन्। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका २३ जना पुरुष र नौ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए। प्रतिवादीहरूबाट कूल ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play