Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवाहपञ्चमीको निम्तो लिएर ‘भार’सहितको टोली सरयु कमला एक्सप्रेसबाट अयोध्या प्रस्थान
Photo / Coverage: पर्दाफास

विवाहपञ्चमी महोत्सवमा जन्ती लिएर जनकपुरधाम आउनका लागि निमन्त्रणा दिन जनकपुरधामबाट भार लिएको समूह अयोध्याका लागि प्रस्थान गरेको छ । शनिबार विश्व हिन्दू परिषद् नेपाल, धनुषाको अगुवाई र जनकपुरधाम उपमहानगरपालिकाको सहयोगमा ६१ वटा भार लिएर ५२ जनाको समूह अयोध्याको लागि प्रस्थान गरेका हुन् । प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर आउनका लागि निमन्त्रणा दिने परम्परा रहेको छ । शनिबारदेखि व्यवसायिक रुपमा सुरु भएको सरयु कमला एक्सप्रेस रेलमार्फत जनकपुरधाम उमहानगरपालिकाका मेयर, विश्व हिन्दू परिषद् नेपाल, धनुषाका अध्यक्ष सन्तोष साहसहित ५२ जनाको समूह भार लिएर अयोध्याका लागि निस्किएका छन् । भारमा मिठाई, फलफूल, मिथिला परम्परा अनुसार घरमै बनाइने पारम्परिक व्यन्जन, कपडा, फूलहा भाँडालगायतका विवाहमा आदान प्रदान गरिने वस्तुहरुको रहेको छ । अयोध्या पुगेर तिलकोत्सव (छेका) गरिने र सोही बेला जनकपुरधाममा विवाहपञ्चमीको दिन सहभागी हुन निमन्त्रण दिइने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जानकारी दिए । उनले प्रथम व्यवसायिक रेलमार्फत निमन्त्रणा लिएर अयोध्या जान पाएकोमा दुबै देशका प्रधानमन्त्रीलाई धन्यवाद व्यक्त गरे । साताव्यापी रुपमा प्रत्येक वर्ष मनाइने विवाहपञ्चमी महोत्सव यसवर्ष यहि मंसिर २८ गते हुन गइरहेको छ । यस वर्ष अयोध्याबाट जनकपुरधामसम्म सिधा रेल सेवा सुरु भएकोले श्रद्धालु एवम पर्यटकहरुको संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
झापाको रतुवा खोलामा बन्दैछ ५८५ मिटर लामो नमूना पुल, ६० प्रतिशत काम सकियो
OthersJust now

झापाको रतुवा खोलामा बन्दैछ ५८५ मिटर लामो नमूना पुल, ६० प्रतिशत काम सकियो

एशियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नती भइरहेको काँकडभित्ता–लौकही सडक खण्डअन्तर्गत झापाको रतुवा खोलामा नमूना पुल धमाधम निर्माण भइरहेको छ । झापाको रतुवा लोहेन्द्रा र वक्रा तीन वटा पुललाई एउटा प्याकेजमा ठेक्का लगाएर धमाधम काम भइरहेको हो । काँकडभित्ता–लौकही सडक योजना पश्चिम खण्ड अन्तर्गत रहेको यो पुल निर्माणको हालसम्मको भौतिक प्रगती ६० प्रतिशत पुगेको छ । भने तीन वटा पुलको लागत ५ ...

पर्दाफास
कांग्रेस विवादमा प्रकाशशरण महतको दाबी- कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन
OthersJust now

कांग्रेस विवादमा प्रकाशशरण महतको दाबी- कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न सक्दैन

नेपाली कांग्रेसका नेता एवम १५ औं महाधिवेशनको प्रचार–प्रसार समितिका संयोजक डा.प्रकाशशरण महतले नेपाली कांग्रेसको नाम, झण्डा र रूख चुनाव चिह्न प्रयोग गर्न कसैले रोक्न नसक्ने दाबी गरेका छन् । १४औं महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले पार्टीको पहिचान र विरासतलाई कसैले खोस्न नसक्ने बताएका हुन् । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको प्रचारप्रसार तथा सञ्चार व्यवस्थापनका लागि स्थापना ...

पर्दाफास
स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
OthersJust now

स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य

मुख्यमन्त्री आचार्यले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्य प्रभावकारी नभएसम्म नागरिकले अपेक्षा गरेअनुसार सेवा प्रवाह गर्न कठिन हुने बताए । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement