Saturday, October 31, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगरले सुदूरपश्चिमलाई दियो १०६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई १०६ रनको लक्ष्य दिएको छ। वर्षाका कारण निकै ढिलोगरी सुरु भएको ५–५ ओभरको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ५ ओभरमा २ विकेट गुमाएर १०५ रन बनाएको हो। विराटनगरका ओपनर शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए भने अर्का ओपनर लोकेश बमले २५ रनको योगदान दिए। वान डाउनमा ब्याटिङ गर्न आएका आन्द्रे रसेलले आक्रामक प्रदर्शन गर्दै अविजित २९ रन जोडे। सुदूरपश्चिमका लागि दुई ओभर बलिङ गरेका अभिनाश बोहराले २८ रन खर्चेर एक विकेट लिए। यस खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायकेले सुदूरपश्चिमका लागि पहिलो ओभर बलिङ गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

एनपिएल खेल्न दुई डेभिड कहिले आउँछन् ?
ताजा खबरJust now

एनपिएल खेल्न दुई डेभिड कहिले आउँछन् ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सहभागी आठ टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा केही विदेशी खेलाडी भने अझै नेपाल आइपुगेका छैनन् । त्यसमध्ये सबैभन्दा बढी प्रतीक्षा गरिएका दुई खेलाडी हुन्- अस्ट्रेलियाका डेभिड वार्नर र दक्षिण अफ्रिकाका डेभिड मिलर । आक्रामक ब्याटिङका लागि चर्चित यी दुवै खेलाडी एनपिएलका फरक टोलीमा अनुबन्ध हुनुभएको छ । वार्नर काठमान्डु गोर्खाज र मिलर ...

हिमालय टाइम्स
तपाईको आइतबारको भाग्य कस्तो छ ?
ताजा खबरJust now

तपाईको आइतबारको भाग्य कस्तो छ ?

२०८३ कात्तिक १५ गते आइतबारको राशिफल मेष मेष राशि हुनेहरुको आजको दिन स्वास्थ्यमा समस्या देखिने छ । पढाई लेखाईमा मन लाग्ने छ । आफन्तबाट सुख पाइनेछ । घरपरिवारमा विभिन्न समस्या आइपर्नेछन् । स्वास्थ्यको ख्याल गर्नुहोला । वृष वृष राशि हुनेहरुको लागि आजको दिन शुभ रहेको छ । श्रम गरे अनुसारको फल मिल्ने छ । पराक्रम बढ्ने छ । दाजुभाईबाट साथ सहयोग मिल्नेछ । विभिन्न ...

टक्सार
फ्रिमांसको ब्राण्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी
ताजा खबरJust now

फ्रिमांसको ब्राण्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी

काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनी एफएमआई लिमिटेडको ब्राण्ड फ्रिमांसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । फ्रिमांसको नेपाल प्रवेशसँगै भएको यो सहकार्यलाई कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यस साझेदारीमार्फत कम्पनीले नेपाली उपभोक्ता, खुद्रा बिक्रेता तथा व्यावसायिक साझेदारसँगको ...

हिमालय टाइम्स
वडा कप राष्ट्रिय र्‍यापिड चेस हुने
ताजा खबरJust now

वडा कप राष्ट्रिय र्‍यापिड चेस हुने

काठमाडौं । काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्‍यापिड चेस प्रतियोगिता कात्तिक १७ गतेदेखि हुने भएको छ । प्रतियोगिता स्विस लिग प्रणालीबमोजिम नौ चरणको हुने आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जानकारी दिनुभयो । प्रतियोगिताको कुल पुरस्कार राशि दुई लाख ५३ हजार रुपैयाँ रहेको छ । खुलातर्फ एक हजार र महिला तथा १६ वर्षमुनि उमेरसमूह खेलाडीका लागि पाँच ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play