एनपिएल खेल्न दुई डेभिड कहिले आउँछन् ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सहभागी आठ टोलीले आफ्नो पहिलो खेल खेलिसक्दा केही विदेशी खेलाडी भने अझै नेपाल आइपुगेका छैनन् । त्यसमध्ये सबैभन्दा बढी प्रतीक्षा गरिएका दुई खेलाडी हुन्- अस्ट्रेलियाका डेभिड वार्नर र दक्षिण अफ्रिकाका डेभिड मिलर । आक्रामक ब्याटिङका लागि चर्चित यी दुवै खेलाडी एनपिएलका फरक टोलीमा अनुबन्ध हुनुभएको छ । वार्नर काठमान्डु गोर्खाज र मिलर कर्णाली याक्समा आबद्ध हुनुहुन्छ । दुवै टोलीले आफ्नो ब्याटिङलाई बलियो बनाउन यी अनुभवी खेलाडीलाई अनुबन्ध गरेका हुन् । तर, प्रतियोगिता सुरु भइसक्दा पनि उहाँहरू नेपाल आइपुग्नुभएको छैन । काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरले सोमबार कर्णाली याक्ससँग दोस्रो खेलबाट डेब्यु गर्ने जनाएको छ । पहिलो खेलमा काठमान्डुले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । जनकपुर बोल्ट्सविरुद्धको खेलमा टोली ११५ रनमै समेटिएको थियो । यस्तो अवस्थामा वार्नरको आगमनले काठमान्डुको ब्याटिङमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका वार्नर आक्रामक सुरुवात दिलाउन सक्ने ब्याटर हो । त्यसैले उहाँको आगमनलाई काठमान्डुले मात्र नभई एनपिएलका दर्शकले पनि प्रतीक्षा गरिरहेका छन् । यता, लगातार दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको कर्णाली याक्स पनि आफ्ना स्टार खेलाडी मिलरको प्रतीक्षामा छ । कर्णालीका निर्देशक गृहेन्द्र घिमिरेका अनुसार मिलर केही दिनभित्र नेपाल आइपुग्नु हुनेछ । उहाँका लागि टिकटसमेत काटिसकिएको उहाँले बताउनुभयो । उहाँका अनुसार मिलर कर्णालीका बाँकी सबै खेलमा उपलब्ध हुनुहुने छ । सुरुवाती दुई खेलमा जित निकालेर आत्मविश्वास बढाएको कर्णालीले मिलरको आगमनपछि ब्याटिङ थप बलियो हुने विश्वास लिएको छ । दक्षिण अफ्रिकाका अनुभवी ब्याटर मिलर विशेषगरी मध्यक्रममा आक्रामक ब्याटिङका लागि परिचित हुनुहुन्छ । दबाबपूर्ण अवस्थामा पनि ठूलो सट खेल्न सक्ने क्षमता भएका उहाँले कर्णालीको ब्याटिङमा नयाँ शक्ति थप्नेछन् । वार्नर र मिलर मात्र होइन, एनपिएलमा अनुबन्ध भएका अन्य केही विदेशी खेलाडी पनि अझै नेपाल आइपुगेका छैनन् । सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका वेस्ट इन्डिजका अलराउण्डर फेबियन एलेन, नामिबियाका रुबेन ट्रम्पलम्यान, जिम्बाब्वेका विल बोसिस्टो, क्यानडाका कलिम सना र श्रीलंकाका कमिल मिशारा पनि आउन बाँकी छ । त्यस्तै, चितवन राइनोजमा अनुबन्ध हुनुभएका जिम्बाब्वेका कप्तान सिकन्दर राजा र श्रीलंकाका कमिल मिशारा पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त हुनुहुन्छ । नामिबियाका बलर रुबेन ट्रम्पलम्यान अहिले आयरल्याण्डसँगको एकदिवसीय सिरिज खेलिरहनु भएको छ । उक्त सिरिजको अन्तिम खेल आइतबार हुँदै छ । त्यसपछि उहाँ एनपिएल खेल्न नेपाल आउने सम्भावना छ । चितवनमा आबद्ध सिकन्दर राजा भने अफगानिस्तानसँगको टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलिरहनु भएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण... ...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबिएएन) मा नयाँ नेतृत्व चयन भएको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको हो । एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल ...

हिजो घटेको अमेरिकी डलरको विनिमयदर आज कति?
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्दा पाउन्डसहित केही मुद्रा भने महँगिएका थिए। आज... ...

एनपिएलमार्फत रेडपाण्डा संरक्षण अभियान
काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ई-सेवाले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मार्फत दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउण्ड्री काउन्ट्स’ अभियानअन्तर्गत कम्पनीले एनपिएलमा प्रहार हुने प्रत्येक छक्काबापत दुई हजार र प्रत्येक चौकाबापत एक हजार (करसहित अधिकतम् सीमा १० लाखसम्म) योगदान गर्नेछ । एनपिएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको ई-सेवाले रेडपाण्डा नेटवर्क तथा ...


