एनपिएलमार्फत रेडपाण्डा संरक्षण अभियान

काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ई-सेवाले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मार्फत दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउण्ड्री काउन्ट्स’ अभियानअन्तर्गत कम्पनीले एनपिएलमा प्रहार हुने प्रत्येक छक्काबापत दुई हजार र प्रत्येक चौकाबापत एक हजार (करसहित अधिकतम् सीमा १० लाखसम्म) योगदान गर्नेछ । एनपिएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको ई-सेवाले रेडपाण्डा नेटवर्क तथा रेडपाण्डा नेटवर्क नेपालसँगको सहकार्यमा प्रतियोगितामा प्रहार हुने प्रत्येक चौका र छक्काबापत रेड पाण्डाको बासस्थान संरक्षण कार्यका लागि उक्त रकम योगदान गर्ने भएको हो । सो सम्बन्धमा ई-सेवा, रेडपाण्डा नेटवर्क तथा रेडपाण्डा नेटवर्क नेपालबीच त्रिपक्षीय साझेदारी भएको छ । कम्पनीका अनुसार एनपिएलमा प्रहार हुने बाउण्ड्रीबापत ई-सेवाले योगदान दिने रकम रेड पाण्डाको प्राकृतिक बासस्थान पुनःर्स्थापना तथा स्थानीय समुदायका लागि रोजगारी सिर्जना गर्न उपयोग गरिनेछ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) को रातो सूचीमा संकटापन्न प्रजातिका रूपमा सूचीकृत रेडपाण्डा संरक्षणका लागि बासस्थान सुरक्षा र पुनःर्स्थापना महत्त्वपूर्ण मानिन्छ । उक्त अभियानअन्तर्गत रेड पाण्डाको बासस्थान रहेको इलाम तथा पाँचथरका सामुदायिक वन क्षेत्रमा सन् २०२७ को जुन-जुलाईमा संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । जसअन्तर्गत स्थानीय प्रजातिका विरुवा रोप्ने, रोपिएका विरुवा संरक्षण गर्ने र वन्यजन्तुमैत्री वातावरण पुनःर्स्थापना गर्ने कार्यहरू समावेश हुनेछन् । अभियानअन्तर्गत करिब १० हेक्टर क्षतिग्रस्त बासस्थान पुनःर्स्थापना, १० हजार स्थानीय प्रजातिका विरुवा रोप्ने र स्थानीय समुदायका लागि करिब ६ सय श्रमदिन बराबरको पारिश्रमिकसहितको रोजगारी सिर्जना गर्ने लक्ष्य राखिएको छ । रोजगारीका अवसरमा महिलालाई प्राथमिकता दिइने बताइएको छ । ई-सेवाका प्रमुख रणनीति अधिकृत रवि शाक्यले नेपाल प्रिमियर लिग सम्पूर्ण क्रिकेटप्रेमीका लागि ठूलो उत्सव भएको बताउँदै खेलको यही उत्साहलाई प्रकृति संरक्षणमा रूपान्तरण गर्ने प्रयास गरिएको बताउनुभएको छ । रेडपाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले क्रिकेटको लोकप्रियतालाई रेडपाण्डा संरक्षणसँग जोड्न इसेवासँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गर्दै अभियानले संरक्षण र समुदायको हितमा काम गर्न थप प्रोत्साहन मिलेको बताउनुभयो । रेडपाण्डा नेटवर्क नेपालका अध्यक्ष डा. शैलेन्द्रबहादुर थकालीले क्रिकेटको ऊर्जालाई रेड पाण्डाको भविष्यसँग जोडेकोमा ई-सेवाप्रति आभार व्यक्त गर्नुभएको थियो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

तीन सय रोपनी जग्गा सरकारी स्वामित्वमा
काठमाडौँ, कात्तिक १५ गते । देशभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने सरकारी अभियान अन्तर्गत तीन दशकभन्दा लामो समयदेखि दराजमा थन्किएको ‘सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं... ...

ऋणको पासोमा देशको अर्थतन्त्र
काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार निरन्तर बढ्दै जाँदा त्यसको साँवा तथा ब्याज भुक्तानीको दायित्वले सरकारी वित्त व्यवस्थापनमा गम्भीर दबाब सिर्जना गर्न थालेको छ । राजस्वको ठूलो हिस्सा पुरानो ऋणको साँवा-ब्याज तिर्नमै खर्च हुन थालेपछि विकास निर्माण तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न सकिने सरकारी स्रोतसमेत साँघुरिँदै गएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो ...

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते
धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ। घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ। गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ पोखराबाट काठमाडौँ आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो।&n... ...

अनावश्यक विलम्ब हट्दै
काठमाडौँ, कात्तिक १५ गते । सबै सरकारी कार्यालयहरूमा यस अगाडि हुने ढिलासुस्ती, निर्णय प्रक्रियामा हुने अनावश्यक विलम्ब र नागरिकले भोग्नुपर्ने समस्या क्रमिक रूपमा न्यूनीकरण हुँदै गएक... ...


