फ्रिमांसको ब्राण्ड एम्बेसडरमा क्रिकेटर दीपेन्द्र सिंह ऐरी

काठमाडौं । भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनी एफएमआई लिमिटेडको ब्राण्ड फ्रिमांसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी दीपेन्द्र सिंह ऐरीलाई नेपालका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । फ्रिमांसको नेपाल प्रवेशसँगै भएको यो सहकार्यलाई कम्पनीले नेपाली बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ । यस साझेदारीमार्फत कम्पनीले नेपाली उपभोक्ता, खुद्रा बिक्रेता तथा व्यावसायिक साझेदारसँगको सम्बन्ध थप सुदृढ बनाउने लक्ष्य राखेको छ । आफ्नो उत्कृष्ट खेल प्रदर्शन, बहुआयामिक क्षमता र प्रतिस्पर्धी भावनाका लागि परिचित ऐरीलाई कम्पनीले ब्राण्डको मूल मान्यता र पहिचानसँग मेल खाने व्यक्तित्वका रूपमा छनोट गरेको जनाएको छ । सटिकता, गुणस्तर, विश्वसनीयता र उत्कृष्ट कार्यसम्पादनलाई प्राथमिकता दिँदै आएको फ्रिमांसले ऐरीको लोकप्रियतामार्फत नेपाली उपभोक्तामाझ आफ्ना उत्पादनबारे जनचेतना बढाउने अपेक्षा गरेको छ । साझेदारीबारे प्रतिक्रिया दिँदै एफएमआई लिमिटेड (फ्रिमांस) का कार्यकारी निर्देशक साहिल नायरले नेपाल कम्पनीका लागि महत्त्वपूर्ण रणनीतिक बजार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो लक्ष्य नेपालमा उत्पादन उपलब्ध गराउनु मात्र होइन, नेपाली बजारलाई बुझ्ने र ग्राहक तथा साझेदारको विकासमा योगदान पुर्याउने विश्वसनीय ब्राण्डका रूपमा स्थापित हुनु हो । दीपेन्द्र सिंह ऐरी मेहनती, महत्त्वाकांक्षी र उत्कृष्ट प्रदर्शनमा विश्वास गर्ने नयाँ पुस्ताका नेपालीको सशक्त प्रतिनिधि हुन् । उनलाई फ्रिमांस परिवारमा स्वागत गर्न पाउँदा हामी खुसी छौँ । यो सहकार्य अर्थपूर्ण र दीर्घकालीन हुने विश्वास लिएका छौँ ।’ नयाँ जिम्मेवारीबारे क्रिकेटर ऐरीले पनि खुसी व्यक्त गर्नुभएको छ । ‘गुणस्तर, सटिकता र विश्वसनीयताका लागि परिचित फ्रिमांससँग जोडिन पाउँदा निकै खुसी छु । नेपाली बजारमा ब्राण्डको यात्राको हिस्सा बन्न पाउनु मेरा लागि उत्साहजनक छ । यस सहकार्यबाट नेपाली उपभोक्ता तथा व्यवसायीमाझ ब्राण्डको सम्बन्ध विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरेको छु’, उहाँले भन्नुभयो । मेजरिङ टेप उत्पादनबाट आफ्नो व्यावसायिक यात्रा सुरु गरेको फ्रीमांसले हाल स्पिरिट लेभल, मेजरिङ ह्विल, ह्याण्ड टुल्स, प्रेसिजन मेजरिङ टुल्स, डिजिटल मेजरिङ टुल्स तथा पावर टुल्सका एसेसरिज लगायतका उत्पादन उपलब्ध गराउँदै आएको छ । कम्पनीका उत्पादन व्यावसायिक क्षेत्रका विज्ञ, प्राविधिक कामदार तथा सर्वसाधारण उपभोक्तालाई लक्षित छन् । सन् १९५० मा स्थापना भएको एफएमआई लिमिटेड भारतीय उपमहाद्वीपमा मेजरिङ टुल्स उत्पादन गर्ने अग्रणी कम्पनीमध्ये एक हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण
सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ। पहिलो आरोहण... ...

डेभलपमेन्ट बैंकर्स एसोसिएसनमा नयाँ नेतृत्व
काठमाडौं । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल (डिबिएएन) मा नयाँ नेतृत्व चयन भएको छ । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिनेश थकालीको अध्यक्षता नयाँ नेतृत्व चयन भएको हो । एसोसिएसनको २१औँ वार्षिक साधारणसभाले थकालीको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल ...

हिजो घटेको अमेरिकी डलरको विनिमयदर आज कति?
नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घट्दा पाउन्डसहित केही मुद्रा भने महँगिएका थिए। आज... ...

एनपिएलमार्फत रेडपाण्डा संरक्षण अभियान
काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ई-सेवाले नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ मार्फत दुर्लभ तथा संकटापन्न वन्यजन्तु रेड पाण्डा (हाब्रे) को बासस्थान संरक्षणमा सहयोग गर्ने भएको छ । ‘एभ्री बाउण्ड्री काउन्ट्स’ अभियानअन्तर्गत कम्पनीले एनपिएलमा प्रहार हुने प्रत्येक छक्काबापत दुई हजार र प्रत्येक चौकाबापत एक हजार (करसहित अधिकतम् सीमा १० लाखसम्म) योगदान गर्नेछ । एनपिएलको आधिकारिक टिकटिङ साझेदारसमेत रहेको ई-सेवाले रेडपाण्डा नेटवर्क तथा ...


