जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किंग्सका विस्फोटक ब्याटर लोकेश बमले पनि अर्धशतक पूरा गरेका छन्। नेपाल प्रिमियर लिगअन्तर्गत आज भइरहेको खेलमा उनले ३९ बलमा ५० रन प्रहार गरेका हुन्। उनको अर्धशतकमा ३ चौका र ३ छक्का समावेश छ। विराटनगरले २ विकेट गुमाएर १७.३ ओभरमा १४५ रन बनाइसकेको छ।
विराटनगरका लोकेश बमले पनि पूरा गरे अर्धशतक

Read Complete Original Article
Published originally on नेपालखबर






