विपद्बाट बेनी–जोमसोम–कोरला सडकमा एक अर्बको क्षति, पुनर्निर्माणका लागि ४ अर्ब लाग्ने

पछिल्लो मनसुनजन्य विपद्का कारण चीन र भारतलाई जोड्ने रणनीतिक महत्त्वको बेनी–जोमसोम–कोरला सडकमा करिब १ अर्ब रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको पहिरो तथा कालीगण्डकी नदीको बाढी र कटानका कारण क्षतविक्षत बनेको यो सडकलाई पुरानै अवस्थामा फर्काउन ३ देखि ४ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाका अनुसार कालीगण्डकीको बाढीले १० ठाउँमा सडक बगाउनुका साथै ५० भन्दा बढी स्थानमा पहिरोले क्षति पुर्याएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार करिब ८० देखि ९० करोड रुपैयाँ क्षति भएको सडकलाई अस्थायी मर्मत गरी २ हप्तामै सञ्चालनमा ल्याइए पनि दिगो पुनर्निर्माणका लागि ठूलो बजेट आवश्यक पर्छ । ‘पहिरो र नदी नियन्त्रणका साथै म्याग्दी खण्डमा अब अस्फाल्ट पिचको डिजाइनअनुसार काम गर्नुपर्ने देखिएको छ,’ शर्माले भने । पर्वतको मालढुङ्गादेखि मुस्ताङको कोरला नाका जोड्ने २०२ किलोमिटर सडकमध्ये म्याग्दीको ३३ किलोमिटर दूरीमा सबैभन्दा धेरै क्षति पुगेको छ । सङ्घीय सडक सुपरिवेक्षण कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीका अनुसार आव २०७३/७४ मा निर्माण सुरु भएयता यस सडक खण्डमा हालसम्मकै उच्च क्षति भएको हो । बाढी-पहिरोपछि पहिले १ घण्टा ३ मिनेटमा पार गरिने म्याग्दी खण्ड पार गर्न अहिले ३ देखि ४ घण्टासम्म लाग्ने गरेको छ । पर्वत र म्याग्दीका दुई दर्जनभन्दा बढी स्थानमा पहिरो र नदी कटानले क्षति पुर्याएको छ । कालीगण्डकीले बगाएको पोखरेबगर सडक पुलमा अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिए पनि एकतर्फी बाटोका कारण सवारीसाधन फस्ने र घण्टौँ जाम हुने समस्या रहेको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । उत्तरी सीमावर्ती नाका पुग्ने मालवाहक कन्टेनर, मुस्ताङ भ्रमणमा जाने पर्यटक र सर्वसाधारणको चापका कारण यो सडक निकै व्यस्त रहँदै आएको छ । केही दिनअघि क्षतिग्रस्त सडकको निरीक्षण गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सडक पुनर्निर्माणका लागि बजेटको कमी हुन नदिने र कामलाई तीव्र गतिमा अघि बढाउने प्रतिबद्धता जनाएका थिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कर्णालीमा साढे ५ लाख पर्यटक पुगे
कर्णाली प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा पाँच लाख ४० हजार ७२८ जना आन्तरिक तथा बाह्य पर्यटक आएको सरकारी तथ्यांक छ । तर, प्रदेशको साहसिक पर्यटनको महत्वपूर्ण क्षेत्र जलयात्रा (¥याफ्टिङ) का लागि आउने पर्यटकको संख्या भने मन्त्रालयले सार्वजनिक गरेको विवरणमा समेटिएको छैन । यसले प्रदेशको पर्यटन तथ्यांक संकलन प्रणाली र विवरणको पूर्णतामाथि प्रश्न उठाएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण ...

सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा
बडादशैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा गरेको छ । कार्तिक ३ गते महानवमीका दिन सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा हलचोक स्वयम्भूस्थित नम्बर १९ बगलामुखी विशेष कार्यदल गणमा आयोजना गरेको हो । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा बिहान ७ बजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा सुरु भएको पूजा ...

सलमान खानलाई बिश्नोई समाजले भन्यो, ‘माफी माग’
बलिउड अभिनेता टाइगर श्रॉफमाथि गोली प्रहारको घटना सार्वजनिक भएपछि अभिनेता सलमान खान र लरेन्स बिश्नोईबीचको पुरानो विवाद फेरि चर्चामा आएको छ । यसैबीच, जोधपुरका बिश्नोई समाजसँग सम्बन्धित देवन्द्र बुढियाले सलमान खानलाई समाजसँग माफी मागेर विवाद अन्त्य गर्न आग्रह गरेका छन् । बुढियाका अनुसार, कुनै समुदायसँग माफी माग्दैमा व्यक्तिको प्रतिष्ठा घट्दैन । सलमान खानले आफैँ अघि… ...



