Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

10/25/2026, 7:38:44 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विपदका कारण गोरखा र सुर्खेतका मुख्य राजमार्गमा अवरोध

बाढी र पहिरो जस्ता विपदका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाटोको अवस्थाबारे जानकारी दिएको हो । गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ र ऐ. गाउँपालिका–९ नयाँपुल (सोतिमा रहेको फलामे पुल र गोरखा आरुघाटबाट धादिङ जोड्ने राजमार्ग) बाढीका कारण पूर्ण रूपमा अवरुद्ध रहेको छ । गोरखाकै आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा आरुघाटबाट धादिङ जोड्ने सडक खण्डमा बाढीका कारण अवरोध सृजना भएकोमा हाल साना सवारी साधन मात्र सुचारु भइरहेका छन् । कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्ग पहिरोका कारण अवरुद्ध भएकोमा हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सुचारु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

स्वर्णिम वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो : कमल थापा
OthersJust now

स्वर्णिम वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो : कमल थापा

८ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा व्यक्त गरेको धारणाको विरोध गरेका छन् । ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो’ पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन् । अर्थमन्त्री डा.… ...

अनलाइन खबर
दसैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन
OthersJust now

दसैंपछि तोलामा ११ हजार ७ सय रुपैयाँ घट्यो सुन

८ कात्तिक, काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दसैंपछि आज सुनचाँदीको मूल्य समायोजन गरेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा दसैंपछि सुनको मूल्य उच्च दरले घटेको महासंघले जनाएको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँ… ...

अनलाइन खबर
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
OthersJust now

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० एक दिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल ...

पर्दाफास
तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?
OthersJust now

तीन सय रुपैयाँ बोकेर घर छाडेका यश कसरी बने ‘रकिङ स्टार’ ?

कन्नड अभिनेता यशले यस वर्ष दीपावलीको अवसरमा प्रदर्शनमा आउन लागेको फिल्म ‘रामायण’मा रावणको भूमिका निर्वाह गर्दैछन् । रणवीर कपुर अभिनीत यस फिल्मको बजेटदेखि कलाकारसम्मका विषयले चर्चा पाइरहेका छन् । नितेश तिवारीको निर्देशनमा बनेको फिल्ममा रणवीर राम र साई पल्लवी सीताको भूमिकामा छन् । यशले रावणको भूमिका निर्वाह गर्नुका साथै फिल्मको सहनिर्माताको जिम्मेवारीसमेत सम्हालेका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play