Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

10/25/2026, 10:43:23 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन् । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन् । एलेनले वेस्ट इन्डिजका लागि २० एक दिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। एक दिवसीयमा उनले २०० रन बनाउनुका साथै सात विकेट लिएका छन्। टी–२० अन्तर्राष्ट्रियमा उनको नाममा २९८ रन र २४ विकेट छ । सबै खाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै १ हजार ६३४ रन बनाएका छन् भने १०९ विकेट लिएका छन्। यस प्रारूपमा उनको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ । उनले १०६ छक्का प्रहार गरेका छन् । एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गरेका थिए । सन् २०१८ मा भारत भ्रमणका क्रममा उनले वेस्ट इन्डिजको एक दिवसीय र टी–२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिएका उनी सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किएका थिए । त्यसपछि उनले वेस्ट इन्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, यूएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी–२० लिगमा खेलेका छन् । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । ‘फेबियन एलेन अनुभवी टी–२० खेलाडी हुन् । उनको अलराउन्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेष गरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ,’ खड्काले भने । टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न उत्साहित रहेको बताए । ‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु । नेपालमा आएर एनपीएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु । समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु,’ एलेनले भने ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

सिटिजन्स बैंकका ग्राहकले ‘लुप नेटवर्क’ बाट अब किस्ताबन्दीमा सामान किन्न पाउने
OthersJust now

सिटिजन्स बैंकका ग्राहकले ‘लुप नेटवर्क’ बाट अब किस्ताबन्दीमा सामान किन्न पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटीटेक ग्रुपसँग लुप नेटवर्कमा इसुअर बैंकका रूपमा आबद्ध हुन सम्झौता गरेको छ । यस सहकार्यसँगै बैंकका योग्य डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले लुप नेटवर्कमा आबद्ध पसल तथा व्यावसायिक प्रतिष्ठानबाट सामान खरिद गर्दा डिजिटल माध्यमबाट कर्जा तथा किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्ने भएका छन् । सम्झौताअनुसार सिटिजन्स बैंकका योग्य कार्डधारकले […] ...

लोकपथ
बाढीपछिको नेपाल : जनस्वास्थ्य सुरक्षा र दिगो पुनर्स्थापनाका लागि भौगोलिक दृष्टिकोण
OthersJust now

बाढीपछिको नेपाल : जनस्वास्थ्य सुरक्षा र दिगो पुनर्स्थापनाका लागि भौगोलिक दृष्टिकोण

विपद्को वास्तविक प्रभाव राहत वितरणपछि पनि लामो समयसम्म रहन्छ। स्वास्थ्य सेवामा अवरोध, खानेपानीको सङ्कट र विस्थापनले निम्त्याउने जनस्वास्थ्य समस्यालाई समाधान गर्न अब विपद् आएपछि मात्र प्रतिक्रिया दिने प्रणालीमा सीमित हुनुहुँदैन; बरु भौगोलिक तथा स्थानिक दृष्टिकोण अपनाएर जोखिम पहिचान र दिगो पुनर्स्थापनाको बाटो रोज्नुपर्छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play