Wednesday, October 21, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/वर्षौँदेखि रोकिएको कुमारी माजुको परम्पराले मध्यपुर थिमिमा पायो निरन्तरता

वर्षौँदेखि रोकिएको कुमारी माजुको परम्पराले मध्यपुर थिमिमा पायो निरन्तरता

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्षौँदेखि रोकिएको कुमारी माजुको परम्पराले मध्यपुर थिमिमा पायो निरन्तरता

भक्तपुर, कात्तिक ४ । मध्यपुर थिमिमा वर्षौँदेखि निरन्तरता पाउन नसकेको कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराउने परम्पराले यस वर्षदेखि पुनः निरन्तरता पाएको छ। बडादसैँको अवसरमा कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराई दर्शन तथा टीका ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएको छ। अष्टमातृका, अष्टभैरव तथा कुमारी माजुलाई नगरको रक्षकका रूपमा पुज्ने नेवार समुदायको परम्पराअनुसार कुमारी माजुलाई नगरको सुरक्षा र नागरिकको कल्याणसँग जोडेर हेर्ने गरिन्छ। काठमाडौं उपत्यकाका विभिन्न नगरमा प्रचलित यस परम्पराले धार्मिक आस्था, सांस्कृतिक पहिचान र ऐतिहासिक विरासतलाई प्रतिबिम्बित गर्छ। मध्यपुर थिमिमा पनि लामो समयदेखि रोकिएको कुमारी माजुलाई लायकु दरबारमा विराजमान गराउने परम्परालाई पुनः सुरु गरिनुलाई स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणतर्फको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। ६२ वर्ष पछि मध्यपुर थिमीको जीवीत देवी कुमारीलाई लायकू दरबार लगिएकाे छ । कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगर, मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधि, स्थानीय सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। धर्म, कला, रीतिरिवाज र संस्कृति समाजका अमूल्य निधि हुन्। यस्ता परम्परालाई निरन्तरता दिनुले पुर्खाले हस्तान्तरण गरेका सांस्कृतिक मूल्य र मान्यतालाई नयाँ पुस्तासम्म पुर्‍याउन तथा स्थानीय मौलिक पहिचान जोगाइराख्न महत्त्वपूर्ण योगदान पुर्‍याउने मुख्यमन्त्री थापाले विश्वास व्यक्त गर्नुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा परिवार
राजनीतिJust now

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा परिवार

भोटेकोशीमा आएको बाढीले आफन्त बेपत्ता भएपछि बर्दियाका केही परिवारको यस वर्षको दसैँ खल्लो भएको छ । दसैँमा टीका लगाएर परिवारसँग खुसी साट्ने उनीहरूको चाहना अधुरै रह्यो । बेपत्ता आफन्त फर्किने आशामा उनीहरूका दिन बितिरहेका छन् । बर्दियाको गेरुवा गाउँपालिका–५ सुखारकी ४२ वर्षीया भागीरथी थारूले यस वर्षको दसैँमा छोरा जगत थारूसँग टीका लगाउने आशा गरेकी थिइन् । तर, भदौ १० गते भोटेकोशीमा ...

फरकधार
नवदुर्गाको पूजा र जात्रासँगै नेवार समुदायले मनाए मोहनी नखः
राजनीतिJust now

नवदुर्गाको पूजा र जात्रासँगै नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुरका नेवार समुदायले आज विजयादशमीका अवसरमा मोहनी नखः मनाएका छन् । उनीहरूले मान्यजनबाट मोहनी सिःनं अर्थात् कालो टीका, रातो टीका र जमरा ग्रहण गरी पर्व मनाएका हुन् । नेवार समुदायले महानवमीका दिन घरघरमा बलेको दियोमाथि अर्को पाला छोपेर जम्मा भएको कालो ध्वाँसोलाई मोहनी सिःनं अर्थात् कालो टीकाका रूपमा प्रयोग गर्ने परम्परा छ । विजयादशमीका दिन शक्ति र विजयको प्रतीकका रूपमा रातो अक्षता, ...

फरकधार
जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
राजनीतिJust now

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

स्वदेश तथा विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि आज परिवारसँगै बसेर दसैँको टीका लगाउन पाउँदैनन् । कोही कामको व्यस्तताले त कोही घरबाट टाढा भएकाले परिवारसँग टीका लगाउनबाट वञ्चित हुन्छन् । कतिपय नागरिक स्वदेशमै रहेर पनि सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने जिम्मेवारीका कारण परिवारसँग बसेर दसैँ मनाउन पाउँदैनन् । स्वास्थ्य, सुरक्षा लगायतका अत्यावश्यक सेवामा खटिने कर्मचारीले यसरी नै बडादसैँको टीका परिवारसँग लगाउन पाउँदैनन् ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play