Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट
Photo / Coverage: टेक्नोलोजी खबर

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकको गुनासो छिटो समाधान गर्ने र समयमा समाधान नभए क्षतिपूर्ति दिने गरी ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। सेवा अन्तर्गत कम्पनीले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाई-फाई’ र ‘टाइम ब्याक’ नामका तीन प्रतिबद्धता सार्वजनिक गरेको छ। कम्पनीका अनुसार इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गर्न यी प्रतिबद्धता ल्याइएका हुन्। ‘तुरुन्तै’: दुई घण्टा ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गराएको समयदेखि दुई घण्टाभित्र समस्या समाधान गरिने कम्पनीले जनाएको छ। तोकिएको समयभित्र समाधान हुन नसके क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा निःशुल्क दिइनेछ। यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि मात्र लागू हुनेछ। वर्षाका कारण मर्मत कार्य रोकिनुपरेमा वर्षा रोकिएलगत्तै प्रक्रिया अघि बढाइनेछ। कार्यालय समय ४ बजेपछि दर्ता भएका गुनासोमा भने भोलिपल्ट बिहान ७ बजे कार्यालय समय सुरु भएदेखि दुई घण्टाको गणना सुरु हुनेछ। ‘फ्री वर्ल्डलिङ्क वाई-फाई’: एक ट्यापमा कम्पनीले ग्राहकलाई दिँदै आएको निःशुल्क वाइफाइ सेवालाई थप सहज बनाएको छ। अब ग्राहकले माइ वर्ल्डलिंक एपबाटै एक ट्यापमा वर्ल्डलिंक वाइफाइ हटस्पटमा जोडिन सक्नेछन्। कम्पनीका अनुसार यो सेवा असीमित छ र सबै ग्राहकले कुनै बन्देजविना प्रयोग गर्न सक्नेछन्। ‘टाइम ब्याक’: व्यापक अवरोधमा एक दिन एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी सेवा अवरुद्ध भई अवधि तोकिएको सीमाभन्दा लामो भएमा ग्राहकलाई क्षतिपूर्तिस्वरूप एक दिनको इन्टरनेट सेवा थपिनेछ। क्षतिपूर्ति पाउन ग्राहकले माइवर्ल्डलिंक एपमार्फत ‘कम्पनसेसन रिक्वेस्ट’ दर्ता गर्न वा नजिकको वर्ल्डलिंक शाखामा सम्पर्क गर्न सक्नेछन्। यो सुविधा सबै ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) रविन्द्र महर्जनका अनुसार यी तीन प्रतिबद्धताले घरभित्र र बाहिर दुवै ठाउँमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई वर्ल्डलिंक रोजेकोमा ढुक्क बनाउनेछन्। कम्पनीले इन्टरनेटको गति र गुणस्तरसँगै ग्राहक सेवा तथा प्राविधिक सहयोगलाई पनि उत्तिकै प्राथमिकता दिएको बताएको छ। The post वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू
TechnologyJust now

आइसिटी अवार्ड २०२६ को ४ विधामा उत्कृष्ट ५ सार्वजनिक, आजदेखि पब्लिक भोटिङ सुरू

एघारौँ संस्करणको ‘आइसिटी अवार्ड २०२६’ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ। स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२६ का उत्कृष्ट ५ घोषणा गरिएको हो। कम्पनीका अनुसार, यस वर्ष ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२६ इन एसोसिएसन विथ नेपाल पे, टिंगटिंग र पावर्ड वाई सस्तो टिकेट’ को रुपमा पुष पहिलो साता एघारौँ संस्करणको आइसिटी अवार्ड हुने छ। उत्कृष्ट ५ ...

टेक्नोलोजी खबर
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क
TechnologyJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ : दुई घण्टाभित्र समस्या समाधान नभए ४८ घण्टा इन्टरनेट नि:शुल्क

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकलाई केन्द्रमा राख्दै ‘ढुक्कको कनेक्सन’ सेवा तथा अभियान सुरू गरेको जनाएको छ ।सेवाको गुणस्तर र ग्राहकप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने उद्देश्यसहित कम्पनीले ‘तुरुन्तै’, ‘फ्रि वर्ल्डलिंक वाइफाइ’ (Free WorldLink Wi-Fi) र ‘टाइम ब्याक’ (Time Back) गरी तीन प्रमुख प्रतिबद्धता सार्वजनिक गरेको हो ।कम्पनीले अघि सारेको पहिलो प्रतिबद्धता ‘तुरुन्तै’ अन्तर्गत इन्टरन ...

आइसिटी समाचार
अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने
TechnologyJust now

अब ह्वाट्सएपमा आवाजसहितका एनिमेटेड स्टिकर पठाउन सकिने

काठमाडौं । लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताका लागि आवाजसहितका एनिमेटेड स्टिकर बनाउने र पठाउने सुविधा विस्तार गर्न थालेको छ । यस सुविधामार्फत प्रयोगकर्ताले भिडियो, अडियो प्रभाव, गीत वा आफ्नै आवाज समावेश गरेर आकर्षक स्टिकर तयार पार्न सक्नेछन् ।यो फिचर पहिलोपटक गत अक्टोबरमा ह्वाट्सएपको एन्ड्रोइड बिटा संस्करणमा देखिएको थियो । त्यसबेला परीक्षणकै चरणमा रहेको यो सुविधा अहिले ह्वाट्सएपको संस्करण २.२६.४७.१ मार्फत ...

आइसिटी समाचार
एक्सले एन्ड्रोइड एपमा ल्यायो पोस्ट सेड्युल गर्ने सुविधा
TechnologyJust now

एक्सले एन्ड्रोइड एपमा ल्यायो पोस्ट सेड्युल गर्ने सुविधा

काठमाडौं । एक्सले आफ्नो एन्ड्रोइड एपमा पोस्ट सेड्युल गर्ने सुविधा थप गरेको छ । यसअघि यो सुविधा एक्सको वेबसाइट र आईओएस एपमा मात्र उपलब्ध थियो । यो सुविधामार्फत प्रयोगकर्ताले आफूले चाहेको मिति र समयमा स्वत: प्रकाशित हुने गरी पोस्ट तयार गरेर सेड्युल गर्न सक्नेछन् ।पोस्टमा तस्बिर तथा भिडियो समेत समावेश गर्न सकिनेछ । साथै, १८ महिनासम्म अगाडिको मिति र समय ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement