Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

लिड्ससँग घरेलु मैदानमै चेल्सी स्तब्ध

Share:WhatsAppFacebookX (Twitter)Telegram
लिड्ससँग घरेलु मैदानमै चेल्सी स्तब्ध
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । लिड्स युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीमाथि शानदार जित हासिल गरेको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा गएराती सम्पन्न खेलमा लिड्स युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । चेल्सीले खेलको २५औं मिनेटमा इमानुएल एमेघाको गोलमा शुरुवाती अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा हार बेहोरेको थियो । १-० ले पछि परेको लिड्सले खेलमा कमब्याक गर्दै शानदार जित हासिल गरेको थियो । लिड्सको जितमा नोआह ओकाफोरले २ गोल गरे भने डोमिनिक कलभर्ट लेविन र ब्रेण्डेन एरोनसनले एक गोल गरेका थिए । यो जितपछि लिड्स युनाइटेडको ११ खेलमा १७ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै चेल्सीको भने ११ खेलमा १६ अंक रहेको छ र लिगमा आठौँ स्थानमा रहेको छ । The post लिड्ससँग घरेलु मैदानमै चेल्सी स्तब्ध appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ
Latest NewsJust now

अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव विष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव ...

कर्पोरट खबर
ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार
Latest NewsJust now

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

फिनल्यान्ड । बाल्टिक सागरमा रुसी सैन्य सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टा ड्रोन आक्रमणमा क्षतिग्रस्त भएपछि आगलागी भएको छ। जहाजमा रहेका १६ जना चालक दलका सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको... ...

रातोपाटी
हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश
Latest NewsJust now

हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश

यामराज बिष्टदैलेख, मङ्सिर ६ गते । दैलेख जिल्लाका पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि पहिचान बोकेको ब्यानर ६ हजार ३८ मिटर अग्लो हिमालको चुचुरोमा पुर्‍याइएको छ । पर्यटनको विकास र... ...

गोरखापत्र
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
Latest NewsJust now

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।  वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play