Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

लर्ड्समा नेपाल र बंगलादेशबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
लर्ड्समा नेपाल र बंगलादेशबीच ऐतिहासिक टी–२० अन्तर्राष्ट्रिय खेल हुने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपालले सन् २०२७ जुन ३ मा इंग्ल्यान्डको विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा बंगलादेशसँग लर्ड्समा प्रतिस्पर्धा गर्नेछ । उक्त खेल सोही दिन लर्ड्समा आयोजना हुने मिडलसेक्सको टी–२० ब्लास्ट खेलसँगै सञ्चालन हुनेछ । लर्ड्समा पुरुष अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट प्रतियोगिताका खेल एकै दिन आयोजना हुन लागेको यो पहिलो अवसर हुनेछ । बंगलादेशले लर्ड्समा पहिलो पटक पुरुष टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि सन् २०२६ मा बंगलादेशको महिला टोलीले लर्ड्समा खेलिसकेको छ । नेपालले भने उक्त मैदानमा दोस्रो पटक टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । यसअघि नेपालले सन् २०१८ मा नेदरल्यान्ड्ससँग लर्ड्समा प्रतिस्पर्धा गरेको थियो । एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणका क्रममा नेपालले आयरल्यान्ड र स्कटल्यान्डसँग पनि विभिन्न खेल खेल्नेछ । ती खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । खेल तालिकाअनुसार नेपालले जुन १ मा वर्म्स्लीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसपछि जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल हुनेछ । नेपालले जुन ६ मा वर्म्स्लीमै आयरल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ । त्यसैगरी, जुन ९ मा वर्म्स्लीमा आयरल्यान्डसँग टी–२० खेल्ने नेपालले जुन ११ र १२ मा बेकनहममा पनि आयरल्यान्डसँग लगातार दुई टी–२० खेल खेल्ने तालिका छ । एमसीसीका अनुसार लर्ड्समा नेपाल र बंगलादेशबीच हुने खेल नेपाली तथा बंगलादेशी दर्शकलाई लक्षित गर्दै टेलिभिजन प्रसारणको समय अनुकूल हुने गरी तय गरिएको हो । जुन ३ मा हुने टी–२० ब्लास्टको दोस्रो खेल भने प्रतियोगिताको घरेलु खेल तालिका सार्वजनिक भएपछि निर्धारण गरिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । राजदूत झाङले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा... ...

रातोपाटी
बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी
Latest NewsJust now

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

ढाका । बंगलादेशमा हिंसा र आगजनीका घटनाहरू बढेका छन् । प्रतिबन्धित दल अवामी लीगले आह्वान गरेको देशव्यापी लकडाउन र विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा तनाव चर्किएको छ । पूर्वप्रधानमन्त्री शेख... ...

रातोपाटी
दशौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिएको हो। प्रतियोगिताका खेल औपचारिक उद्घाटनअघि नै सुरु हुनेछन्। खेल यही मङ्सिर ८ गतेदेखि सञ्चालन हुने राखेपले जनाएको छ। उद्घाटनअघि ...

नेपालन्युज
एमाले केन्द्रीय कमिटी बैठक सुरु
Latest NewsJust now

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सम्पन्न भएलगत्तै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित राष्ट्रिय भेलाको समापनपछि सोही स्थानमा केन्द्रीय कमिटी बैठक बसेको हो । राष्ट्रिय भेलाका लागि भेला भएका नेताहरू समापनलगत्तै केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play