Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

दशौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
दशौँ राष्ट्रिय खेलकुदमा १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एक हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ३८४ स्वर्ण, ३८४ रजत र ५६९ कास्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुने जानकारी दिएको हो। प्रतियोगिताका खेल औपचारिक उद्घाटनअघि नै सुरु हुनेछन्। खेल यही मङ्सिर ८ गतेदेखि सञ्चालन हुने राखेपले जनाएको छ। उद्घाटनअघि १० खेल आयोजना हुनेछन्। प्रतियोगिताको औपचारिक उद्घाटन भने मङ्सिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। प्रतियोगितामा सात प्रदेश, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोली सहभागी हुनेछन्। दशौँ राष्ट्रिय खेलकुदमा ३२ खेलका ३८४ इभेन्ट समावेश छन्। प्रतियोगिताका खेल सात जिल्लामा सञ्चालन हुनेछन्। सुर्खेतमा सबैभन्दा बढी २३ खेल आयोजना हुनेछन् भने नेपालगञ्ज, बर्दिया र सल्यानमा समान दुई तथा दैलेख, कालीकोट र पश्चिम रुकुममा एक–एक खेल सञ्चालन हुनेछन्। प्रत्येक टोलीबाट ३९४ महिला र ३४६ पुरुष गरी कुल ७४० खेलाडी सहभागी हुनेछन्। त्यस्तै, प्रत्येक टोलीमा ८१ प्रशिक्षक र ४१ व्यवस्थापक रहनेछन्। राखेपले पदक विजेतालाई नगद पुरस्कार दिने व्यवस्था गरेको छ। व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेले २० हजार, रजत जित्नेले १५ हजार र कास्य जित्नेले आठ हजार रुपैयाँ पाउनेछन्। त्यसैगरी, टोली स्पर्धामा स्वर्ण पदक विजेताले १५ हजार, रजत विजेताले १० हजार र कास्य विजेताले आठ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगितामा २५८ अन्तर्राष्ट्रिय र ७७२ राष्ट्रिय निर्णायक खटिनेछन्। त्यस्तै, ३४९ स्थानीय सहयोगी र खेल सङ्घका ९६ प्रतिनिधि पनि परिचालन हुने राखेपले जनाएको छ। प्रतियोगिताको समापन मङ्सिर २७ गते कर्णाली प्रदेश रङ्गशालामै हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

चिनियाँ राजदूत झाङले भेटे परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नेपालका लागि चीनका राजदूत झाङ माओमिङले परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेका छन् । राजदूत झाङले बिहीबार परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेका हुन् । भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध तथा... ...

रातोपाटी
बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी
Latest NewsJust now

बंगलादेशमा हिंसा र आगजनी चर्कियो, मोहम्मद युनुसको पुर्ख्यौली घर र प्रहरी चौकीमा आगजनी

ढाका । बंगलादेशमा हिंसा र आगजनीका घटनाहरू बढेका छन् । प्रतिबन्धित दल अवामी लीगले आह्वान गरेको देशव्यापी लकडाउन र विरोध प्रदर्शनका क्रममा विभिन्न स्थानमा तनाव चर्किएको छ । पूर्वप्रधानमन्त्री शेख... ...

रातोपाटी
एमाले केन्द्रीय कमिटी बैठक सुरु
Latest NewsJust now

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको दुईदिने राष्ट्रिय भेला सम्पन्न भएलगत्तै पार्टीको चौथो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । काठमाडौंको कार्की ब्याङ्क्वेटमा आयोजित राष्ट्रिय भेलाको समापनपछि सोही स्थानमा केन्द्रीय कमिटी बैठक बसेको हो । राष्ट्रिय भेलाका लागि भेला भएका नेताहरू समापनलगत्तै केन्द्रीय कमिटी बैठकमा सहभागी भएका छन् । ...

केन्द्रबिन्दु
बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत
Latest NewsJust now

बेलायतको विद्यार्थी भिसामा कडाइ : अन्तर्वार्तामा बोलाइएका ९२ प्रतिशत नेपाली विद्यार्थी अस्वीकृत

काठमाडौं । बेलायतले विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेसँगै अन्तर्वार्तामा बोलाइएका नेपाली विद्यार्थीमध्ये ९२ प्रतिशतको भिसा आवेदन अस्वीकृत भएको छ । बेलायतको भिसा तथा अध्यागमन कार्यालय (यूकेभीआई) को तथ्याङ्क उद्धृत गर्दै अन्तर्राष्ट्रिय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play