लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ

३१ असोज, काठमाडौं । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् । भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो । काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले भट्ट पक्राउ परेको पुष्टी गरेका छन् । भट्टमाथि अनुसन्धान भइरहेको एसएसपी घिमिरेले बताए ।
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

किन पक्राउ परे सुशील भट्ट?
काठमाण्डु- प्रहरीले लगानी बोर्डका पूर्व अध्यक्ष सुशील भट्टलाई पक्राउ गरेको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा प्रकरणमा पक्राउ परेका बिचौलिया इमान सापकोटाको बयानका आधारमा भट्टलाई पक्राउ गरिएको हो। भट्ट बिचौलिया दीपक भट्टका दाइ हुन्। प्रहरी स्रोतका अनुसार सापकोटाले आफ्नो बयानमा भट्टमार्फत ३० करोड रुपैयाँ दिने र अदालतमा सेटिङ मिलाउने सहमति भएको बताएका छन्। प्रहरीले शनिबार ललितपुरबाट सुशील […] ...

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
बडादसैँ सुरु भएसँगै काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौं उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेसँगै नयाँ बसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि ...



