Saturday, October 17, 2026||
MultiKhabarMultiKhabar
Home/Others/नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

10/17/2026, 10:00:10 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

बडादसैँ सुरु भएसँगै काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौं उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेसँगै नयाँ बसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि यात्रुको चाप बढेको बताए । नयाँ बसपार्कसहित माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर, गौशालालगायतका क्षेत्रमा यात्रुको चाप बढेको र त्यसलाई ट्राफिक प्रहरीले सहज रूपमा व्यवस्थापन गरिरहेको बताए । कार्यालयका अनुसार घटस्थापनादेखि हालसम्म ४ लाख २३ हजार ६६४ यात्रुले काठमाडौं उपत्यका छोडेका छन् । उनका अनुसार २५ असोजमा ५२ हजार ८२७, २६ असोजमा ५६ हजार ८०९, २७ असोज मा ७८ हजार १३८, २८ असोजमा ७४ हजार ९७९, २९ असोजमा ८५ हजार ५६१ र ३० असोजमा ७५ हजार ३५० यात्रु काठमाडौंबाट बाहिरिएका छन् । काठमाडौंबाट दसैँ मनाउनका लागि फर्पिङ, नागढुङ्गा, थानकोट, भिमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाकाहुँदै यात्रु बाहिरिएका हुन् । दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीले बस व्यवस्थापन गरिरहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारण केही समस्या भए पनि सम्बन्धित निकायसँगको सहयोगमा बसको व्यवस्थापन गरिरहेको बताए । महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिस चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त
OthersJust now

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play