पाथीभरामा तीन महिनामा २० हजारभन्दा बढी तीर्थालु, ३३ लाख भेटी संकलन

<p>ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० हजार ५२२ जना तीर्थालुले दर्शन गरेका छन् । यस अवधिमा मन्दिरमा ३३ लाख २६ हजार ६५० रुपैयाँ भेटी संकलन भएको छ ।<p>पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार साउनमा २ हजार ४६९, भदौमा ६ हजार १२३ र असोजमा ११ हजार ९३० जनाले दर्शन गरेका थिए ।<br /> त्यस्तै, साउनमा ३ लाख १८ हजार ५००, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपैयाँ भेटी संकलन भएको समितिले जनाएको छ । पछिल्ला महिनामा तीर्थालुको आगमन र भेटी संकलन दुवै बढ्दै गएको छ ।</p> </p>
Read Complete Original Article
Published originally on ओएसनेपाल
Related News

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
बडादसैँ सुरु भएसँगै काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कसहित काठमाडौं उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढेको छ । वर्ष दिनमा आउने नेपालीको ठूलो चाड दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिस धमाधम गाउँ फर्कन थालेसँगै नयाँ बसपार्कसहित विभिन्न क्षेत्रमा यात्रुको चाप बढेको हो । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले उपत्यकाभित्रका बसपार्क र नाकाहरूमा घर जानका लागि ...

बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव
सामाजिक सञ्जालमा विपद्का दृश्य दोहोरिएर देखिँदा डर, चिन्ता र निद्रामा समस्या हुन सक्ने विज्ञको चेतावनी ...

विश्व विजेता इरफान पठान पोखरा एभेन्जर्सको क्रिकेट एम्बासडर नियुक्त
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली पोखरा एभेन्जर्सले भारतका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर तथा सन् २००७ को आईसीसी पुरुष टी–२० विश्वकप विजेता इरफान पठानलाई आफ्नो आधिकारिक क्रिकेट एम्बासडर नियुक्त गरेको छ । एनपीएलको तेस्रो सिजन सुरु हुनुअघि पोखरा एभेन्जर्सले शुक्रबार पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान… ...


