Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

Share:WhatsAppFacebookX (Twitter)Telegram
रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही। रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालय, भैरहवाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ७७७ वटा उद्योग तथा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । लगत कट्टा गरिएकामध्ये ३२२ वटा उद्योग र ४५५ वटा व्यावसायिक फर्म रहेका छन् । उद्योग तथा व्यावसायिक फर्म बन्द हुने क्रम चालु आर्थिक वर्षमा पनि जारी रहेको कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी मोहन परियारका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को साउन र भदौमा मात्रै ८१ वटा उद्योग र १२७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । यसले नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहँदा पुराना उद्योग र व्यावसायिक फर्म बन्द हुने क्रम पनि कायम रहेको देखाएको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा २३५ वटा उद्योग र ४०४ वटा व्यावसायिक फर्म दर्ता भएका छन् । नयाँ दर्ताको सङ्ख्या उल्लेख्य भए पनि पुराना उद्योग तथा व्यवसाय बन्द भइरहनुले जिल्लाको व्यावसायिक वातावरणबारे चासो बढाएको छ । आर्थिक वर्ष २०८२/८३ सम्म रूपन्देहीमा २० हजार पाँचवटा उद्योग र पाँच हजार ३५९ वटा वाणिज्य फर्म दर्ता भएका छन् । कार्यालयले उद्योग तथा वाणिज्य फर्म दर्ता, नवीकरण, लगत कट्टा, सीपमूलक तालिम सञ्चालन र बजार अनुगमनलगायतका काम गर्दै आएको छ । सूचना अधिकारी परियारका अनुसार उद्योग तथा व्यावसायिक फर्मको दर्ता र नवीकरणबाट कार्यालयले गत आर्थिक वर्षमा दुई करोड ६० लाख तीन हजार ४८१ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । उद्यमशीलता तथा व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा १५ प्रकारका निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्नसमेत सूचना आह्वान गरिएको उनले जानकारी दिए । व्यवसायीका अनुसार कारोबारमा कमी आउनु, लगानीअनुसार प्रतिफल प्राप्त नहुनु र व्यावसायिक वातावरणप्रति असन्तुष्टि बढ्नु उद्योग तथा व्यवसाय बन्द हुनुका प्रमुख कारण हुन् । केही व्यवसायीले उद्योग वा फर्म दर्ता गरे पनि सञ्चालन गर्न नसकेपछि लगत कट्टा गर्ने गरेका छन् भने कतिपयले सञ्चालनमा रहेका व्यवसायसमेत बन्द गर्नुपरेको छ । भैरहवाका केही व्यवसायी व्यवसाय बन्द गरेर रोजगारी तथा अवसरको खोजीमा विदेश गएको बताइएको छ । स्वदेशमा व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण नपाएको र लगानीअनुसार प्रतिफल प्राप्त गर्न कठिन भएको उनीहरूको भनाइ छ । नयाँ उद्योग तथा व्यवसाय दर्ता भइरहे पनि पुराना फर्म बन्द हुने क्रमले व्यवसायलाई निरन्तरता दिन चुनौती रहेको देखाएको छ । उद्योग तथा व्यवसायका समस्या पहिचान गरी लगानीमैत्री वातावरण बनाउन सके स्थानीय उत्पादन, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’
ताजा खबरJust now

‘ऋणको बोझ होइन, न्यायपूर्ण वित्त चाहिन्छ’

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका नीतिविरुद्ध तथा ऋणमुक्तिको माग गर्दै शुक्रबार काठमाडौंको दरबारमार्गमा युवाले प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले जनताको आवश्यकता र अधिकारभन्दा धन तथा नाफालाई प्राथमिकता दिने आर्थिक... ...

रातोपाटी
लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा
ताजा खबरJust now

लडेको बेला दिएको साथको धेरै महत्व हुन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले कठिन परिस्थितिमा प्राप्त हुने साथ र सहयोगको महत्व धेरै हुने बताएका छन् । दशैं, तिहार तथा छठ पर्वको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सहज अवस्थामा साथ दिनेभन्दा अप्ठ्यारोमा साथ दिनेहरूको योगदान विशेष हुने बताएका हुन् । ‘सिधा हिँडिरहेको बेलामा, सजिलोको बेलामा साथ दिनेहरू धेरै हुन्छन्,’ थापाले भने, ‘लडेको बेलामा, ...

केन्द्रबिन्दु
साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने
ताजा खबरJust now

साल्ट ट्रेडिङको चिनी प्रतिकेजी १०६ रुपैयाँमा, काठमाडौंमा ११० रुपैयाँमा बिक्री हुने

काठमाडौं । बजारमा चिनीको मूल्य प्रतिकेजी १३० रुपैयाँभन्दा माथि पुगेका बेला साल्ट ट्रेडिङ कर्पोरेशनले आयात गरेको चिनी प्रतिकेजी १०६ रुपैयाँमा वीरगञ्ज र ११० रुपैयाँमा काठमाडौंमा बिक्री गर्ने गरी मूल्य स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङले बिक्री गर्ने चिनीको मूल्य स्वीकृत गरेसँगै उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा चिनी पाउने बाटो खुलेको छ ।सरकारले गत भदौ १८ गतेको मन्त्रिपरिषद् ...

कर्पोरट खबर
गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा
ताजा खबरJust now

गुटभन्दा माथि उठेर काम गर्छु, सबैलाई समेट्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा पराजित भएका तथा प्रतिस्पर्धामा सहभागी हुन नसकेका योग्य र सक्षम नेताहरूलाई समेटेर पार्टीलाई अघि बढाउने बताएका छन् । काठमाडौंमा शुक्रबार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय कार्यसमितिलाई प्रभावकारी बनाउन यसपटक छुटेका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । उनले पार्टीको […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play