Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनले ट्रम्प र सीसामु राखे त्रिपक्षीय वार्ताको प्रस्ताव

रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनले ट्रम्प र सीसामु राखे त्रिपक्षीय वार्ताको प्रस्ताव

10/19/2026, 1:42:15 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
रुस-युक्रेन युद्ध अन्त्य गर्न पुटिनले ट्रम्प र सीसामु राखे त्रिपक्षीय वार्ताको प्रस्ताव

काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन् । प्रस्तावित वार्तामा युक्रेन र अमेरिकाका युरोपेली सहयोगीको प्रतिनिधित्व नहुने सम्भावनाले चासो बढाएको छ । द वाल स्ट्रिट जर्नलका अनुसार पुटिनले अक्टोबर ९ मा ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा प्रस्ताव अघि सारेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बैठकबारे छलफल भइरहेको पुष्टि गर्दै मिति र कार्यसूचीमा भने सहमति भइनसकेको बताएका छन् । अमेरिकी अधिकारीका अनुसार ट्रम्पले पनि सम्मेलनमा औपचारिक सहमति जनाइसकेका छैनन् । क्रेमलिनले नोभेम्बर १८ र १९ मा चीनको सेन्जेनमा हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको अवसरमा वार्ता आयोजना गर्न सुझाव दिएको स्रोतहरूले बताएका छन् । रुसी कूटनीतिज्ञहरूले चिनियाँ अधिकारीसमक्ष प्रस्ताव राखेको र ट्रम्प सहभागी भए चीनलाई आपत्ति नहुने सङ्केत पाएको जनाइएको छ । यसैबीच ट्रम्पले आइतबार रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा ‘ठूलो प्रगति’ भइरहेको दाबी गरेका छन् । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई दुई वर्षअघि राम्रो सम्झौता गर्न असफल भएको आरोप लगाउँदै रुसलाई वार्ताको टेबलबाट टाढा राख्न नहुने बताउ । ट्रुथ सोसलमा उनले आफूले चाहेको समयमा वार्तासम्बन्धी दस्तावेजमा हस्ताक्षर गर्न सक्ने उल्लेख गरेका छन् । यस महिनाको सुरुमा पुटिन र ट्रम्पबीच करिब डेढ घण्टा लामो टेलिफोन वार्ता भएको थियो । रुसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार कुराकानीमा आर्थिक सहकार्य, ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय विषयमा छलफल भएको थियो । दुवै नेताले प्रत्यक्ष भेटघाटको सम्भावनाबारे पनि चर्चा गरेका थिए । ट्रम्पले उक्त वार्तापछि रुसले अमेरिकी तथा विश्व बजारमा तत्काल तीन लाख टनभन्दा बढी डिजेल इन्धन आपूर्ति गर्ने र आगामी महिनाहरूमा थप ढुवानी हुने घोषणा गरेका थिए । उशाकोभले एपेक सम्मेलनमा दुवै नेता सहभागी भए भेटघाटको अवसर मिल्न सक्ने बताएका छन् । यसअघि चिनियाँ राष्ट्रपति सीले सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको राजकीय भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी सम्मानका आधारमा स्पष्ट र गहिरो विचार आदानप्रदान भएको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएको जनाइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

चीनको आर्थिक वृद्धिदर सरकारी लक्ष्यभन्दा तल रहने अनुमान
ताजा खबरJust now

चीनको आर्थिक वृद्धिदर सरकारी लक्ष्यभन्दा तल रहने अनुमान

घरेलु मागमा कमी र विश्वव्यापी ऊर्जा सङ्कटको असरका कारण चीनको आर्थिक वृद्धिदर यस वर्ष सरकारी लक्ष्यभन्दा तल रहने अनुमान गरिएको छ । निर्यातमा वृद्धि भए पनि घरजग्गा क्षेत्रको सङ्कट र... ...

रातोपाटी
राष्ट्रपति पौडेलले गरे नक्साल भगवती मन्दिरमा दर्शन, तस्बिरहरू
ताजा खबरJust now

राष्ट्रपति पौडेलले गरे नक्साल भगवती मन्दिरमा दर्शन, तस्बिरहरू

काठमाडौँ। काठमाडौँको नक्साल भगवती मन्दिर पुगेर राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले दर्शन गरेका छन्। सोमबार प्रथम महिला सबिता पौडेलसहित मन्दिर पुगेर राष्ट्रपति पौडेलले पूजाआराधना गर्नुका साथै पुजारीबाट फूल, प्रसाद र टीका... ...

रातोपाटी
कोप–३१ मा जलवायु न्याय नेपालको प्राथमिकता
ताजा खबरJust now

कोप–३१ मा जलवायु न्याय नेपालको प्राथमिकता

काठमाडौं।नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औं सम्मेलन (कोप–३१) मा जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, जलवायु अनुकूलन र जलवायुजन्य हानि–नोक्सानीका विषयलाई प्राथमिकताका साथ उठाउने भएको छ। कोप–३१ यही कात्तिक २३ देखि मंसिर ४ गतेसम्म टर्कीको अन्ताल्यामा हुँदैछ। जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको असरबाट मुलुकले भोग्नुपरेका जोखिम र क्षतिलाई अन्तर्राष्ट्रिय समुदाय समक्ष प्रस्तुत गर्दै जलवायु न्यायका पक्षमा ...

नेपालन्युज
झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ
ताजा खबरJust now

झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ

झापामा अवैध हातहतियार (कटुवा पेस्तोल) सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको हल्दीबारी गाउँपालिका वडा नं. ५ घर भई हाल भद्रपुर नगरपालिका वडा नं. ६ मा ‘साजन होटल’ (खाजा नास्ता) सञ्चालन गर्दै आएका ४४ वर्षीय मन कुमार लिम्बु रहेका छन्। जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले आइतबार स... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play