रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु

रुकुम पश्चिमको बाफिकोट गाउँपालिकामा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ । बाफिकोट गाउँपालिका–२ स्वाराका बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुङ्गा प्रहारबाट ज्यान गएको हो । प्रहरीका अनुसार शुक्रबार साँझ करिब ५ः३० बजेको समयमा बालक घरनजिकैको बाटोमा खेलिरहेका थिए । सोही क्रममा स्थानीय ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि बालकको टाउकोमा ढुङ्गाले प्रहार गरेका थिए । आक्रमण गर्ने भक्तबहादुरको मानसिक अवस्था ठीक नभएको बुझिएको छ । ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका बालकलाई तत्काल उपचारका लागि स्थानीय पिपल स्वास्थ्य चौकीमा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला अस्पताल सल्ले पु¥याइएको थियो । तर, उपचारकै क्रममा शुक्रबार राति १० बजे चिकित्सकले बालकलाई मृत घोषणा गरेका हुन् । घटनालगत्तै ढुङ्गा प्रहार गर्ने भक्तबहादुर नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

अझै इतिहासको ब्याज खोज्दै पुराना दलहरू
लोकतन्त्रमा गठबन्धन र सहकार्य अस्वाभाविक होइन। यो चलिराख्ने र चलिरहने प्रक्रिया हो। यसमा कहिले नयाँ पुरानो हुन्छ त कहिले पुरानो पनि नयाँ बनेर आउँछ। तर, त्यसको उद्देश्य, राजनीतिक विचार र कार्यदिशा स्पष्ट हुनुपर्छ। ...

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ
पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको फेला परेको छ । औषधि बिक्री गर्ने पसलबाटै ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि अवैध कारोबार पुष्टि भएको हो । पोखरा महानगरपालिका–२६ कालिकाचोकस्थित जलधारे औषधि पसलका सञ्चालक २९ वर्षीया अमिसा ढुङ्गानालाई प्रहरीले लागूऔषधका चक्की सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी समेत रहेका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार बुधबार ...

जोर्डनको चर्चमा गोली चल्दा ७ जनाको मृत्यु, ३४ घाइते
जोर्डनको काराक प्रान्तस्थित हमूद क्षेत्रको एक चर्चमा अन्त्यसंस्कार चलिरहेका बेला अज्ञात बन्दुकधारीहरूले गरेको अन्धाधुन्ध गोलीबारीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ३४ जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार घटेको यो घटनाले मुस्लिम बहुल जोर्डनमा ठूलो शोक र आक्रोश पैदा गरेको छ। शान्त मानिने यस देशमा यस प्रकारका घातक हिंसाका घटनाहरू निकै कम मात्र हुने… ...

इरानबाट खतरा बढेपछि मध्यपूर्वबाट फिर्ता हुन थाले अमेरिकी दूतावासका कर्मचारी
७ कात्तिक, काठमाडौं । इरानले मध्यपूर्व र विश्वका अन्य क्षेत्रहरूमा कार्यरत अमेरिकी कूटनीतिज्ञ तथा अधिकारीहरूलाई निशाना बनाउने प्रयास अधिक बढाएको र हत्याको योजनाहरू ‘उन्नत चरण’ मा पुगेको गुप्तचर प्रतिवेदन सार्वजनिक भएपछि अमेरिकाले मध्यपूर्वका आफ्ना दूतावासहरूबाट कर्मचारी कटौती गर्न सुरु गरेको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई बुझाइएको अक्टोबर २३ को गोप्य ’मेमो’ प्राप्त गर्दै न्युज एजेन्सी… ...


