Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/राहुल गान्धी फसाउने मोदीको सपना चकनाचुर : अमित शाहबारेको मानहानी मुद्दामा ८ वर्षपछि निर्दोष ठहर

राहुल गान्धी फसाउने मोदीको सपना चकनाचुर : अमित शाहबारेको मानहानी मुद्दामा ८ वर्षपछि निर्दोष ठहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
राहुल गान्धी फसाउने मोदीको सपना चकनाचुर : अमित शाहबारेको मानहानी मुद्दामा ८ वर्षपछि निर्दोष ठहर

नयाँदिल्ली, कात्तिक ९ । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी गृहमन्त्री अमित शाहबारे गरेको भनिएको टिप्पणी सम्बन्धी आपराधिक मानहानी मुद्दामा निर्दोष ठहर हुनुभएको छ । उत्तर प्रदेशको सुल्तानपुरस्थित जिल्ला अदालतले सोमबार गान्धीलाई सफाइ दिएको समाचार अनलाइन समाचार बार एण्ड बेञ्चले जनाएको छ । आठ बर्षपछि आएको अदालतको यो फैसलासँगै गान्धीलाई फसाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपना चकनाचुर भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । राहुल र अमितबीचको मानहानी मुद्धा सन् २०१८ मा सुरु भएको थियो । यो कानुनी लडाइँ आठ वर्षपछि टुंगिएको छ । यो मुद्दा सन् २०१८ मा कर्नाटक विधानसभा निर्वाचनका क्रममा गान्धीले गरेको भनिएको टिप्पणीसँग सम्बन्धित छ । त्यतिबेला भारतीय जनता पार्टी (भाजपा) का तत्कालीन राष्ट्रिय अध्यक्ष शाहमाथि टिप्पणी गरेर गान्धीले मानहानी गरेको आरोप लगाइएको थियो । स्थानीय भाजपा नेता विजय मिश्राले सन् २०१८ अगस्टमा गान्धीविरुद्ध उजुरी दिनुभएको थियो । उहाँले गान्धीले शाहलाई एउटा हत्या सम्बन्धी मुद्दाका आरोपितका रूपमा प्रस्तुत गरेर मानहानी गरेको आरोप लगाउनु भएको थियो । शाहलाई उक्त मुद्दाबाट सन् २०१४ मै सफाइ दिइएको थियो । गान्धी सन् २०२४ फेब्रुअरीमा सांसद तथा विधायक विरुद्धका मुद्दा सुनुवाइ गर्न गठित विशेष अदालतमा उपस्थित हुनुभएको थियो । त्यसबेला उहाँले धरौटीमा रिहा हुने सुविधा पाउनु भएको थियो । मुद्दामा दुवै पक्षको बहस सकिएपछि अदालतले यसै महिनाको सुरुमा फैसला सुनाउने मिति सुरक्षित राखेको थियो । गान्धीविरुद्ध प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका नेताहरूलाई लक्षित गरी गरेको भनिएका टिप्पणीका कारण भारतका विभिन्न अदालतमा मानहानी सम्बन्धी मुद्दा चलिरहेका छन्। सन् २०१९ मा कर्नाटकमा भएको निर्वाचन प्रचारसभाका क्रममा मोदीको थर भएका नीरव मोदी र ललित मोदीको प्रसंग जोडेर टिप्पणी गरेको मुद्दामा गुजरातको अदालतले सन् २०२३ मा गान्धीलाई दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको थियो । सो फैसलापछि गान्धीको सांसद पद खारेज भएको थियो । तर भारतको सर्वोच्च अदालतले उक्त सजाय कार्यान्वयनमा रोक लगाएपछि गान्धी पुनः संसद् फर्कन पाउनु भएको थियो ।गान्धीले सन् २०२४ को निर्वाचनका क्रममा बुझाएको शपथपत्रमा आफूविरुद्ध भारतका विभिन्न अदालतमा चलिरहेका अन्य आपराधिक मानहानी मुद्दाहरूबारे पनि खुलाउनु भएको थियो । सोमबारको फैसलासँगै शाहसम्बन्धी टिप्पणीलाई लिएर चलेको मुद्दामा गान्धीले सफाइ पाउनु भएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिम दबाबमा, ५६ रनमै गुमायो ७ विकेट
राजनीतिJust now

एनपिएलको उद्घाटन खेलमा सुदूरपश्चिम दबाबमा, ५६ रनमै गुमायो ७ विकेट

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ । साविक उपविजेता सुदूरपश्चिमले लुम्बिनी लायन्सविरुद्ध ५६ रन बनाउँदा सात विकेट गुमाएको छ । खेलको १०औँ ओभरमा शेर मल्लले लगातार दुई विकेट लिएपछि सुदूरपश्चिम थप दबाबमा परेको हो । उनले स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराए । सुरुमा अम्पायरले आउट नदिए पनि लुम्बिनीका कप्तान रोहित पौडेलले रिभ्यू ...

फरकधार
विनासपछिको निर्माण [तस्बिरहरू]
राजनीतिJust now

विनासपछिको निर्माण [तस्बिरहरू]

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट पुल बगाएपछि अहिले रसुवाको स्याफ्रुवेशीनजिक नयाँ काठे पुल निर्माण गरी सञ्चालनमा ल्याइएको छ । यो पुल निर्माण भएपछि चिलिमे जलविद्युत केन्द्र पुग्न सहज भएको छ । विगतमा बाढीका कारण पुल बगाउँदा चिलिमे जलविद्दत केन्द र अन्य क्षेत्रबीच सम्बन्धविच्छेद भएको थियो । उक्त ठाउँमा बाढीले पुल बगाएपछि तुइनद्वारा आवातजावत सञ्चालन गरिँदै आएकोमा नयाँ पुल ...

फरकधार
कपिलवस्तु र सप्तरी घटनामा प्रशासनको दोहोरो मापदण्डप्रति राष्ट्रिय एकता दलको आपत्ति
राजनीतिJust now

कपिलवस्तु र सप्तरी घटनामा प्रशासनको दोहोरो मापदण्डप्रति राष्ट्रिय एकता दलको आपत्ति

राष्ट्रिय एकता दलले कपिलवस्तुको कृष्णनगर र सप्तरीको सुरुङ्गा नगरपालिकामा हालै भएका घटनामा गृह प्रशासन तथा प्रहरीको कार्यशैली ...

हाम्राकुरा
प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन
राजनीतिJust now

प्रधानमन्त्री बालेन शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन

काठमाडौं, कात्तिक ९ । प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुगेर प्रधानमन्त्री शाहले आज प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ । खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । प्रधानमन्त्री शाहसमेत खेल अवलोकनका लागि ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play