Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि राजसंस्था चाहिन्छ : लुईटेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रिय स्वाधीनता र अखण्डताका लागि राजसंस्था चाहिन्छ : लुईटेल
Photo / Coverage: अनलाइनपाना

काठमाडौं । प्रजातान्त्रिक पार्टी नेपालका अध्यक्ष डा. तारानाथ लुईटेलले नेपालमा राजसंस्था पुनर्स्थापना गर्नुपर्ने र वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय प्रेस क्लबमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लुईटेलले बहुदलीय व्यवस्था, लोकतन्त्र र गणतन्त्रका नाममा मुलुकको सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता कमजोर बनाइएको आरोप लगाए । उनले राजसंस्थाले नेपालको सार्वभौमिकता, स्वाधीनता र अखण्डता जोगाएको दाबी गरे । उनले भने, ‘२४० वर्ष राज्य गर्ने राजाहरूले बचाएको देशमा जब बहुदलीय व्यवस्था आयो, लोकतन्त्र आयो, मुलुक बनाउँछौँ भनेर आए र त्यसपछि गणतन्त्र आयो । मुलुकलाई छेदविच्छेद पार्ने काम बहुदल, लोकतन्त्र र गणतन्त्रवादीहरूले गरे । नेपालको सार्वभौमसत्ता कमजोर पार्दै विदेशीलाई बुझाउनेसम्मको काम भएको छ । यसलाई हामीले रोक्नुपर्छ ।’ लुईटेलले नेपालमा धर्मान्तरण बढिरहेको भन्दै नेपालको मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले हिन्दू, बौद्ध, किराँतलगायत समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानमाथि हस्तक्षेप भइरहेको आरोप लगाउँदै यसलाई रोक्न सरकारसँग आग्रह गरे । उनले भने, ‘नेपालको धर्म–संस्कृति, रीतिरिवाजलाई विदेशी मुलुकको आर्थिक प्रलोभनमा परेर छेदविच्छेद बनाउने काम भइरहेको छ । इसाइकरण डरलाग्दो डढेलो लागेजस्तै फैलिएको छ । यसलाई नेपाल सरकारले तुरुन्त रोक्ने काम गर्नुपर्छ । नत्र भोलि यो मुलुक क्रिश्चियन राष्ट्र हुने त होइन ?’ उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि धार्मिक तथा सांस्कृतिक विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न आग्रह गरे । जनकपुरमा छठ पर्व मनाएको प्रसंग उल्लेख गर्दै उनले धार्मिक संस्कृति संरक्षणको विषयमा राजनीतिक दलहरूको व्यवहार र अभिव्यक्तिमा एकरूपता हुनुपर्ने बताए । लुईटेलले भने, ‘तपाईं भन्नुस्, हाम्रो बटमलाइन वैदिक सनातन हिन्दू अधिराज्य नेपाल बनाउँछौँ, २४० वर्षको राजसंस्थालाई पुनर्स्थापित गर्छौँ र मुलुकलाई बलियो बनाउँछौँ । हामी विदेशीको भरिया होइनौँ, पश्चिम मुलुकको पछि लागेर हिँड्ने नेपाली होइनौँ भनेर तपाईं ठोकुवा गर्न सक्नुहुन्छ ?’ यसैगरी, उनले वर्तमान सरकारले सहकारी पीडितको बचत फिर्ता गर्ने विषयमा प्रभावकारी काम गर्न नसकेको आरोप लगाए । निर्वाचनमा जनताले दिएको मतअनुसार सरकारले काम गर्नुपर्ने उनको भनाइ थियो । उनले तत्कालीन माओवादी द्वन्द्वका क्रममा भएको हत्याको विषय उठाउँदै पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिमाथि पनि प्रश्न गरे । लुईटेलले लिपुलेक र लिम्पियाधुराको विषय भारत भ्रमणका क्रममा उठाउन प्रधानमन्त्री बालेन शाहसँग आग्रह गरे । ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको अधिकार, मतदान र आवागमनको विषयमा सरकारले स्पष्ट धारणा राख्नुपर्ने उनले बताए । उनले भने, ‘लिपुलेक, लिम्पियाधुरा आज नेपालको अधीनमा छैनन्, तर नेपाली जनता त्यहाँ बसोबास गरेका छन् । तपाईं भारत जाँदै हुनुहुन्छ, यो विषय उठाउने कि नउठाउने ? ती जनता नेपालका हुन् कि होइनन् ? उनीहरूले मतदान गर्न पाउनुपर्छ कि पर्दैन ? नेपाली जनताले त्यो बाटो उपयोग गर्न पाउनुपर्छ कि पर्दैन ?’ महाकाली सन्धिको प्रसंग उठाउँदै लुईटेलले सन्धिबाट नेपालले पाउने भनिएको आर्थिक लाभ प्राप्त हुन नसकेको दाबी गरे । उनले महाकाली नदीको पानी बाँडफाँटमा नेपालको हित कमजोर पारिएको आरोप लगाउँदै त्यसबारे सरकारले जनतालाई जवाफ दिनुपर्ने बताए । उनले राजसंस्था राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र अखण्डताको संरक्षणका लागि आवश्यक रहेको जिकिर गरे । राजसंस्था पुनर्स्थापना नभएसम्म मुलुकले अपेक्षित गति लिन नसक्ने उनको दाबी थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे
Latest NewsJust now

नेपाल प्रिमियर लिग: पाेखराले काठमाडौंलाई हरायाे

• पोखरा एभेन्जर्सले एनपीएलको दोस्रो खेलमा काठमाडाैं गोर्खाजलाई हराउँदै २२५ रनको कीर्तिमानी लक्ष्य राखेको छ। • काठमाडाैंले १९.५ ओभरमा १६९ रन बनाउँदै खेल समाप्त गर्यो, जहाँ साहिल पटेलले ३४ र राशिद खानले ३१ रन बनाए। • पोखराले २० ओभरमा २२४ रन बनाएको थियो, जसमा कुशल भुर्तेलले ९९ र युवराज सामराले ८९ रनको योगदान दिए। ...

नेपालबहस
आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदै
Latest NewsJust now

आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदै

चितवन । राप्ती नदीको संरक्षण र स्वच्छता प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मंसिर १ गते राप्ती नदी दिवस मनाइँदैछ । चितवन उपत्यकामार्फत पूर्वदेखि पश्चिमसम्म बग्ने राप्ती दिवसका अवसरमा मकवानपुरको भीमफेदीबाट चितवनको... ...

रातोपाटी
जोर्डनमा चर्चमाथि आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड
Latest NewsJust now

जोर्डनमा चर्चमाथि आक्रमण गर्ने तीन जनालाई मृत्युदण्ड

अम्मान । जोर्डनको एक अदालतले चर्चमा भएको घातक गोलीकाण्डमा संलग्न तीन जनालाई आइतबार मृत्युदण्डको सजाय सुनाएको छ । आक्रमणमा मारिएकाहरूप्रति शोक तथा पीडित परिवारसँग ऐक्यबद्धता जनाउँदै देशभरका क्रिसमस उत्सवसमेत रद्द गरिएको... ...

रातोपाटी
तेस्रो वर्ष पनि नेपालको रेटिङ ‘बीबी माइनस’, किन सुध्रिएन ?
Latest NewsJust now

तेस्रो वर्ष पनि नेपालको रेटिङ ‘बीबी माइनस’, किन सुध्रिएन ?

भ्रष्टाचार र सुशासनविरुद्ध भदौ २०८२ मा भएको जेन–जी आन्दोलन, त्यसपछिको अन्तरिम सरकार र निर्वाचनमार्फत बहुमत प्राप्त रास्वपाको सरकार बनेपछि मुलुकमा सुधारको अपेक्षा गरिए पनि रेटिङको नतिजाले त्यस्तो देखाएन ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play