Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदाकाे हातबाट लगाए भाइटीका

Share:WhatsAppFacebookX (Twitter)Telegram
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदाकाे हातबाट लगाए भाइटीका
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उहाँले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाउनुभएको हो । भाइटीकाको अवसरमा बहिनी शारदा पण्डितले राष्ट्रपति पौडेललाई सप्तरङ्गी टीका लगाइदिँदै ओखर, बदामलगायत फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति पौडेलले पनि बहिनी शारदालाई टीका लगाइदिनुका साथै उपहार र दक्षिणा प्रदान गर्नुभएको थियो । दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, स्नेह र आत्मीयताको प्रतीकका रूपमा मनाइने भाइटीका उहाँहरूले पारिवारिक आत्मीयताका साथ मनाउनुभएको हो । राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार राष्ट्रपति पौडेलले निर्धारित शुभसाइतमै भाइटीका ग्रहण गर्नुभएको हो । तिहारको पाँचौँ तथा अन्तिम दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा रहिआएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने
PoliticsJust now

मधेसका मुख्यमन्त्री यादवले यही शनिबार विश्वासको मत लिने

जनकपुरधाम- मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते शनिबार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले बताए […] ...

काठमाण्डुपाटी
मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
PoliticsJust now

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले […] ...

लोकपथ
भाइटीकामा प्रधानमन्त्रीको शुभकामना, भने- प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्
Politics24m ago

भाइटीकामा प्रधानमन्त्रीको शुभकामना, भने- प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्

प्रधानमन्त्री बालेन शाहले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यमपञ्चकको अन्तिम दिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्। पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा ...

फरकधार
ममता हत्यामा पति नरेश भट्ट दोषी ठहर
Politics1h ago

ममता हत्यामा पति नरेश भट्ट दोषी ठहर

अमेरिका (भर्जिनिया), कात्तिक २५ । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको छ । फैसलापछि नरेशलाई सजाय ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play