Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

ममता हत्यामा पति नरेश भट्ट दोषी ठहर

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममता हत्यामा पति नरेश भट्ट दोषी ठहर
Photo / Coverage: जनताटाइम्स

अमेरिका (भर्जिनिया), कात्तिक २५ । नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स विलियम काउन्टी अदालतको जुरीले मंगलबार नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो । करिब पाँच घण्टाको छलफलपछि जुरीले फैसला सुनाएको छ । फैसलापछि नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । उनको सजाय सन् २०२७ मार्चमा निर्धारण हुने पनि तय भएको छ । मुद्दाको सुनुवाइका क्रममा अभियोजन पक्षले विषविज्ञान विशेषज्ञ, नरेशका पूर्वरूममेट तथा ममताका साथी र सहकर्मीसहितका साक्षी प्रस्तुत गरेको थियो । ममताकी साथी सुनिता बस्नेत थापाले उनी आत्महत्या गर्ने स्वभावकी नभएको र उनले त्यस्तो कुरा कहिल्यै नगरेको बयान दिएकी थिइन् । उनले ममताको अनुहारमा चोटसमेत देखेको बताएकी थिइन् । अभियोजन पक्षले करिब १०० जना साक्षी र झन्डै ५०० वटा प्रमाण प्रस्तुत गरेको थियो । नरेशले भने ममताले आत्महत्या गरेको दाबी गर्दै आएका थिए । प्रतिरक्षा पक्षले पनि अभियोजनले आरोप पुष्टि गर्न नसकेको जिकिर गरेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने
PoliticsJust now

मधेशका मुख्यमन्त्री यादवले कात्तिक २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले यही कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । प्रदेशसभाबाट यही कात्तिक २८ गते दिउँसो १ः०० बजे विश्वासको मत लिने मुख्यमन्त्री यादवले […] ...

लोकपथ
राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदाकाे हातबाट लगाए भाइटीका
PoliticsJust now

राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदाकाे हातबाट लगाए भाइटीका

काठमाडौं, कात्तिक २५ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको भाइटीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उहाँले बहिनी शारदा पण्डितबाट विधिपूर्वक भाइटीका लगाउनुभएको हो । भाइटीकाको अवसरमा बहिनी शारदा पण्डितले राष्ट्रपति पौडेललाई सप्तरङ्गी टीका लगाइदिँदै ओखर, बदामलगायत फलफूल तथा विभिन्न उपहार प्रदान गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति पौडेलले पनि बहिनी शारदालाई टीका ...

जनताटाइम्स
भाइटीकामा प्रधानमन्त्रीको शुभकामना, भने- प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्
PoliticsJust now

भाइटीकामा प्रधानमन्त्रीको शुभकामना, भने- प्रेम, विश्वास र आत्मीयता प्रगाढ बनोस्

प्रधानमन्त्री बालेन शाहले भाइटीकाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले यमपञ्चकको अन्तिम दिन भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई प्रगाढ बनाउने बताएका छन्। पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उनको निवासमा पुगेको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा ...

फरकधार
के दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध रोक्न भाइटीका सुरु भएको हो ? डा. जगमानको व्याख्या कति सही ?
Politics49m ago

के दाजुभाइ र दिदीबहिनीबीच यौन सम्बन्ध रोक्न भाइटीका सुरु भएको हो ? डा. जगमानको व्याख्या कति सही ?

गणेश बस्नेत तिहारलाई उज्यालोको प्रतिकका रुपमा लिइन्छ । तिहार भन्नेबित्तिकै झिलिमिली बत्ती, सयपत्री र मखमली फूल, देउसी–भैलो, लक्ष्मीपूजा र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने सप्तरङ्गी टीकाको सम्झना आउँछ । नेपाली समाजमा तिहार केवल धार्मिक पर्व होइन, पारिवारिक आत्मीयता, सामाजिक सद्भाव र सांस्कृतिक पहिचानको प्रतीक पनि हो। तर यही पर्वको उत्पत्ति र भाइटीकाको ऐतिहासिक पृष्ठभूमिबारे संस्कृतिविद् प्रा. डा. जगमान गुरुङले प्रस्तुत गर्नुभएको एउटा व्याख्या भने ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play