Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यकः अर्थमन्त्री वाग्ले
Photo / Coverage: केन्द्रबिन्दु

अन्ताल्या (टर्किए) । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि जोखिममा रहेका मुलुकलाई अनुदान, सहुलियतपूर्ण ऋण र ऋण राहतसहितको विशेष अन्तरराष्ट्रिय वित्तीय प्याकेज आवश्यक रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) अन्तर्गत आज नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण आर्थिक भार : जलवायुजन्य आघातपछि ऋण, ऋण मूल्याङ्कन तथा मुद्राको अवस्था र आवश्यक सहयोग प्याकेजको स्वरूप’ विषयक छलफलमा उनले जलवायुजन्य विपद्को आर्थिक भार नेपालले एक्लै वहन गर्न नसक्ने बताए । उनले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणका लागि स्रोत जुटाउन सरकारले अन्य विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नुपरेको उल्लेख गर्दै त्यसको प्रत्यक्ष असर विद्यालय तथा अस्पताल निर्माण, सामाजिक सुरक्षा र अन्य विकासका कार्यक्रममा परेको बताए । अर्थमन्त्री वाग्लेले विपद्का बेला भारत, चीन, बेलायत, अमेरिका, युरोपेली सङ्घ तथा मध्यपूर्व र खाडी क्षेत्रका मुलुकले उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरे । उनले जलवायुजन्य क्षति तथा हानिनोक्सानी कोषबाट नेपालले पहिलोपटक करिब दुई करोड अमेरिकी डलर अनुदान प्राप्त गरेको उल्लेख गर्दै उक्त सहयोग स्वागतयोग्य भए पनि जोखिममा रहेका मुलुकको आवश्यकताको तुलनामा कोषमा उपलब्ध स्रोत निकै न्यून रहेको बताए । नेपालको करिब ५० प्रतिशत भूभाग वनले ढाकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
Latest NewsJust now

इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय

काठमाडाैँ। इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइँ सरेका छन्। द न्युयोर्क टाइम्सले मंगलबार... ...

रातोपाटी
रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर
Latest NewsJust now

रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

काठमाडाैँ । यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ। अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी... ...

रातोपाटी
५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा
Latest NewsJust now

५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा

काठमाडौं।प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो। चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले ...

नेपालन्युज
किन अचानक असिना पानी पर्‍यो, कहिलेबाट हुन्छ मौसममा सुधार
Latest NewsJust now

किन अचानक असिना पानी पर्‍यो, कहिलेबाट हुन्छ मौसममा सुधार

BBC/AshokDahal बुधवार बिहानसम्म घाम लागिरहेको काठमाण्डू उपत्यकासहित देशका कैयौँ स्थानमा मध्याह्नपछि कतै भेल बग्ने पानी त कतै असिना पानी पर्‍यो।भाइटीका लगाउन हिँडेका र लगाएर फर्कँदै गरेका कैयौँ मानिसहरू बीच बाटोमै केही ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play