Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा
Photo / Coverage: नेपालन्युज

काठमाडौं।प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो। चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले सवारी जाँच तीव्र बनाएको छ। नियन्त्रणमा लिइएका सवारी साधनको आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको परिसरका प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए। काठमाडौं प्रहरीले मङ्गलबार ५२ र सोमबार २५ वटा त्यस्ता मोटरसाइकल नियन्त्रणमा लिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा
Latest NewsJust now

पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा

झापा । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न पार्टी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन्। झापा पुगेर नेता शर्माले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति थापा र वरिष्ठ उपसभापति शर्माकै भएको बताएका हुन्। पार्टीभित्रको असमझदारी र विवादलाई लम्ब्याउनुको सट्टा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने उनको भनाइ छ। उनले ...

केन्द्रबिन्दु
म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न पोचेटिनो तयार
Latest NewsJust now

म्यानचेस्टर युनाइटेडको प्रशिक्षक बन्न पोचेटिनो तयार

इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडको मुख्य प्रशिक्षक बन्न अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनो तयार देखिएका छन् । अमेरिकी राष्ट्रिय फुटबल टोलीका प्रशिक्षकसमेत रहेका पोचेटिनोले युनाइटेडबाट औपचारिक प्रस्ताव आए स्वीकार गर्ने... ...

रातोपाटी
अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित
Latest NewsJust now

अकस्मातको वर्षाले बालगोपालेश्वरको भाइटीका प्रभावित

काठमाण्डु – अकस्मातको वर्षाले काठमाण्डुको रानीपोखरीस्थित बालगोपालेश्वरको भाइटीका प्रभावित भएको छ । बुधबार बिहानैदेखि बालगोपालेश्वर मन्दिमा दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूको भाइटीका लगाउने भीड थियो । अपराह्न अकस्मात पानी परेपछि मन्दिर परिसरमा टीका लगाउन असहज भएको बालगोपालेश्वर पुगेका भक्तजन रामजी नेपालले जानकारी दिए । वर्षा जारी रहेकाले मन्दिर परिसरमा भक्तजनको उपस्थिति पातलो देखिएको छ । दिदीबहिनी […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play