Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु

Share:WhatsAppFacebookX (Twitter)Telegram
२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु
Photo / Coverage: पर्दाफास

दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइलाई भाइटीका लगाइदिने उद्देश्यले अञ्जली दिदीले सुरु गरेको सामूहिक भाइटीकाको परम्परा २८ वर्षमा प्रवेश गरेको छ। काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा उनले हरेक वर्ष दाजुभाइलाई भाइटीका लगाउँदै आएकी छन्। भाइटीकाको अवसरमा अञ्जली दिदीले भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई स्नेह, माया र ममता बाँड्न पाऊँ भन्ने उद्देश्यले सामूहिक भाइटीका सुरु गरेको बताइन्। ‘भगवानको आशीर्वाद हो। भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई भाइटीका गरेर स्नेह, माया, ममता सबैलाई दिन पाऊँ भनेर मैले जुन उद्देश्यले गरेको थिएँ, भगवानकै आशीर्वादले यो काम गर्न सकेँ,’ उनले भनिन्। उनका अनुसार सुरुमा १०८ जना दाजुभाइलाई भाइटीका लगाउने सोचका साथ यो परम्परा सुरु गरिएको थियो। दोस्रो वर्षदेखि सहभागीको संख्या बढ्दै गएपछि २०८ जनाका लागि सगुनलगायतका सामग्री तयार गर्न थालिएको उनले बताइन्। २८ वर्षको अवधिमा ८० वर्षदेखि १०१ वर्षसम्मका ज्येष्ठ नागरिकसमेत भाइटीका लगाउन आएको अनुभव उनले सुनाइन्। पहिले आउने कतिपय दाजुभाइ अहिले नरहे पनि नयाँ पुस्ताका दाजुभाइको सहभागिता र उत्साह देखेर आफूलाई खुसी लाग्ने गरेको उनको भनाइ छ। ‘पहिलेभन्दा अहिले झन् बढी उत्साह भएर आउनुभएको जस्तो लाग्छ। जति पनि २५–२८ वर्षदेखि आउनुभएको छ, उहाँहरूमध्ये कतिपय अहिले हुनुहुन्न। तर उहाँहरूसँगै नयाँ दाजुभाइ पनि उत्साहित भएर आउनुभएको देख्दा खुसी लाग्छ,’ उनले भनिन्। सामूहिक भाइटीकाको २५ वर्ष पूरा भएको अवसरमा आफूले २५ वर्षदेखि निरन्तर भाइटीका लगाउन आउने पाँच जना दाजुभाइलाई विशेष सम्मान गरेको पनि उनले बताइन्। त्यस अवसरमा शिव मन्दिरमा उनीहरूलाई उभ्याएर सम्मानस्वरूप भाइटीका लगाइएको थियो। अञ्जली दिदीका अनुसार कतिपय दाजुभाइ कुनै कारणले भाइटीका लगाउन आउन नसके फोन गरेर सम्झिने गर्छन्। कोही मन्दिरमा आउन नसके घरमै पुग्ने गरेको उनले सुनाइन्। ‘दाजुभाइहरूले यति धेरै माया दिनुहुन्छ भन्ने मैले सोचेकी थिइनँ। हामीले उहाँहरूलाई जति माया र श्रद्धा ग¥यौँ, उहाँहरूले पनि हामीलाई त्यति नै माया गर्नुहुँदो रहेछ। यही स्नेह र ममताले मलाई झन् हौसला दिएको छ,’ उनले भनिन्। यो परम्परालाई निरन्तरता दिन परिवार, दिदीबहिनीका सन्तान तथा सञ्चारमाध्यमबाट समेत सहयोग पाएको उनले बताइन्। परिवारको साथ र दाजुभाइको मायाले आफूलाई कामप्रति निराश हुन नदिएको उनको भनाइ छ। आफ्नो उमेर र स्वास्थ्यले साथ दिएसम्म सामूहिक भाइटीकालाई निरन्तरता दिने उनको चाहना छ। ‘जब भगवानले साथ दिनुहुन्छ, त्यतिबेलासम्म म गर्दै जान्छु। सकेसम्म आफ्नै हातले टीका लगाउँछु। उभिन नसके कुर्सीमा बसेर भए पनि दाजुभाइलाई टीका लगाउने इच्छा छ,’ उनले भनिन्। उनले भाइटीका लगाउन आउने सबै दाजुभाइलाई दिदीको आशीर्वाद र भगवान्को कृपा सधैँ रहिरहोस् भन्दै सुखी र खुसी जीवनको कामनासमेत गरेकी छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन
OthersJust now

तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

तिहारलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले नेपाल न्युज बैंकसँगको कुराकानीमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न साधन तथा टोली परिचालन गरिएको बताए। उनले भने, ‘हामीले ट्राफिक व्यवस्थापनका लागि ट्राफिकका साधनहरू परिचालन गरेका छौँ। हाम्रा क्यूआरटी र मोबाइल गाडीहरू परिचालनमा छन्। सीसी ...

पर्दाफास
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख
OthersJust now

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

कृषि कर्मबाटै सबै खर्च कटाएर थापा दम्पतीले मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भने गाउँका दुई जनालाई नियमित रोजगारी समेत दिएका छन् । ...

अनलाइन खबर
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति
OthersJust now

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

उनको यो अभिव्यक्ति अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना र शक्तिशाली हतियार प्रयोगबारे चर्चा गरिरहेका बेला आएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play