Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहारमा ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा क्यूआरटी र मोबाइल टोली परिचालन
Photo / Coverage: पर्दाफास

तिहारलाई लक्षित गर्दै काठमाडौँ उपत्यकामा ट्राफिक व्यवस्थापनका लागि क्विक रेस्पोन्स टिम (क्यूआरटी), मोबाइल गाडी तथा सीसी क्यामेरामार्फत निगरानी भइरहेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले नेपाल न्युज बैंकसँगको कुराकानीमा ट्राफिक व्यवस्थापनका लागि विभिन्न साधन तथा टोली परिचालन गरिएको बताए। उनले भने, ‘हामीले ट्राफिक व्यवस्थापनका लागि ट्राफिकका साधनहरू परिचालन गरेका छौँ। हाम्रा क्यूआरटी र मोबाइल गाडीहरू परिचालनमा छन्। सीसी क्यामेराबाट पनि कन्ट्रोल रुममार्फत निगरानी गरिरहेका छौँ।’ मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई नियन्त्रण गर्न विभिन्न स्थानमा टोली खटाइएको उनले बताए। अहिले तीव्र गति, मादक पदार्थ सेवन (मापसे) र लागु पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्न ट्राफिक प्रहरी केन्द्रित रहेको उनको भनाइ छ। मापसे तथा लापसे गरेर सवारी चलाउने केही व्यक्ति भेटिएको उल्लेख गर्दै उनले दिउँसोको समयमा यस्तो गतिविधि बढ्न सक्ने बताए। उनले भने, ‘संख्यात्मक हिसाबले धेरै त छैन, थोरै भेटिएका छन्। बिहानभन्दा दिउँसो बढ्न सक्छ, त्यसैले हामीले त्यसैमा केन्द्रित भएर काम गरिरहेका छौँ।’ तिहारमा टीका लगाउन जाने तथा फर्किने क्रममा तीव्र गतिमा सवारी नचलाउन र मादक तथा लागु पदार्थ सेवन गरेर सवारी नचलाउन पनि सुवेदीले आग्रह गरे। ‘रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेर वा छिटो पुग्छु भनेर तीव्र गतिमा सवारी चलाउँदा ठूलो जोखिम निम्तिन सक्छ। यसले पारिवारिक रूपमा पनि ठूलो पीडा दिन सक्छ। त्यसैले सबैलाई संयमित भएर सवारी चलाउन अनुरोध गर्दछु,’ उनले भने।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु
OthersJust now

२८ वर्षदेखि सामूहिक भाइटीका लगाउँदै अञ्जली दिदी भन्छिन्– भगवानले साथ दिएसम्म निरन्तरता दिन्छु

दिदीबहिनी नभएका तथा परिवारबाट टाढा रहेका दाजुभाइलाई भाइटीका लगाइदिने उद्देश्यले अञ्जली दिदीले सुरु गरेको सामूहिक भाइटीकाको परम्परा २८ वर्षमा प्रवेश गरेको छ। काठमाडौंको वसन्तपुरस्थित मरु सत्तलको गोरखनाथ परिसरमा उनले हरेक वर्ष दाजुभाइलाई भाइटीका लगाउँदै आएकी छन्। भाइटीकाको अवसरमा अञ्जली दिदीले भगवानको पूजा गर्दागर्दै दाजुभाइलाई स्नेह, माया र ममता बाँड्न पाऊँ भन्ने उद्देश्यले सामूहिक भाइटीका सुरु गरेको बताइन्। ‘भगवानको आशीर्वाद हो। भगवानको पूजा ...

पर्दाफास
विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख
OthersJust now

विदेश र बजार छाडेर गाउँमा कृषि, मासिक आम्दानी २ लाख

कृषि कर्मबाटै सबै खर्च कटाएर थापा दम्पतीले मासिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् भने गाउँका दुई जनालाई नियमित रोजगारी समेत दिएका छन् । ...

अनलाइन खबर
अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति
OthersJust now

अमेरिकाले शक्तिशाली बमको धम्की दिएर कूटनीति गरिरहेको छ : इरानी राष्ट्रपति

उनको यो अभिव्यक्ति अमेरिकाले इरानविरुद्ध सैन्य कारबाहीको सम्भावना र शक्तिशाली हतियार प्रयोगबारे चर्चा गरिरहेका बेला आएको हो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play