Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पार्टी एकताको जिम्मेवारी गगन र विश्वप्रकाशकै काँधमा छ : डा. सुनील शर्मा
Photo / Coverage: केन्द्रबिन्दु

झापा । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र देखिएको मतभेद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न पार्टी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मालाई आग्रह गरेका छन्। झापा पुगेर नेता शर्माले पार्टीलाई एकताबद्ध बनाउने मुख्य जिम्मेवारी सभापति थापा र वरिष्ठ उपसभापति शर्माकै भएको बताएका हुन्। पार्टीभित्रको असमझदारी र विवादलाई लम्ब्याउनुको सट्टा संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने उनको भनाइ छ। उनले भने, ‘पार्टी मिलाउने जिम्मेवारी सभापति गगन थापा र वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको हो।’ डा. शर्माले पार्टीभित्र विचार र दृष्टिकोणमा फरक हुन सक्ने भए पनि त्यसलाई आपसी विवादको विषय बनाउन नहुने धारणा राखेका छन्। कांग्रेसलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्ने र व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा पार्टीको हितलाई माथि राख्नुपर्ने उनको सन्देश छ। कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर लामो समयदेखि मतभेद र विवाद देखिँदै आएको थियो। नेतृत्व परिवर्तन, महाधिवेशनको वैधानिकता र पार्टी सञ्चालनको विषयमा देखिएको असमझदारीले पार्टी विभाजन हुन सक्ने आशंकासमेत बढाएको थियो। तर विशेष महाधिवेशनबाट गगन थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापति बनेपछि १५औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अनुमोदन गरेको छ। यसअघि पनि डा. शर्माले कांग्रेस विभाजनको बाटोमा जान नहुने र दुवै पक्षका नेताले अहंकार त्यागेर पार्टीलाई एकढिक्का बनाउनुपर्ने धारणा राख्दै आएका थिए। असन्तुष्ट पक्षलाई समेत समेटेर अघि बढ्नु नेतृत्वको दायित्व भएको उनको धारणा रहँदै आएको छ। डा. शर्माको पछिल्लो अभिव्यक्तिले पनि कांग्रेसभित्रको एकता कायम राख्न नयाँ नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरेको देखिन्छ। पार्टीलाई बलियो र जनतामाझ विश्वासिलो बनाउन आन्तरिक विवाद अन्त्य गर्दै सबै नेता तथा कार्यकर्तालाई समेटेर अघि बढ्नुपर्ने उनको जोड छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा
Latest NewsJust now

जर्मन सेनामा व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा

जर्मनीको सशस्त्र बलमा कार्यरत सैनिकहरूमाझ गरिएको एक सर्वेक्षणले सेनाभित्र व्यापक यौन दुर्व्यवहार हुने गरेको खुलासा गरेको छ । रक्षामन्त्री बोरिस पिस्टोरियसले बुधबार सार्वजनिक गरेको विवरणअनुसार, यसबाट विशेषगरी महिला सैनिकहरू बढी... ...

रातोपाटी
पोखरामा ५१ पर्यटकले लगाए भाइटीका
Latest NewsJust now

पोखरामा ५१ पर्यटकले लगाए भाइटीका

पोखरा । पोखरामा विदेशी पर्यटकहरुले भाइटीका लगाएका छन् । होटल संघ पोखरा नेपालले तिहारका अवसरमा आयोजना गरेको १९औं संस्करणको भाइटीका महोत्सवमा बुधबार विभिन्न देशका ५१ पर्यटकले टीका लगाएका हुन् । पोखराको... ...

रातोपाटी
पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने
Latest NewsJust now

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। न्हुदँया भिन्तुना र्‍याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना र्‍यालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौंको संख्यामा पटाका पड्काएका थिए। पटाकाबाट निस्किएको आगोको झिल्कोले ऐतिहासिक मन्दिर ...

केन्द्रबिन्दु
पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने
Latest NewsJust now

पटाका पड्काउँदा ऐतिहासिक सम्पदामा जोखिम हुनसक्ने

भक्तपुर। विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्। न्हुदँया भिन्तुना र्‍याली (नयाँं वर्ष नेपाल सम्वत्... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play