Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो

Share:WhatsAppFacebookX (Twitter)Telegram
डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो
Photo / Coverage: टेक्नोलोजी खबर

थाङ्पाल भ्याली माध्यमिक विद्यालयले डिजिटल विद्यालय निर्माण गर्नका लागि देउसीभैलो कार्यक्रम गरेको छ। सो विद्यालय सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–४ मा रहेको छ। विद्यालय बागमती प्रदेशको नमूना विद्यालय हो। कार्यक्रमबाट रु १७ लाख २१ हजार जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताए। “डिजिटल विद्यालय निर्माण अभियानमा खेलिएको देउसीभैलोबाट रु १० लाख ८१ हजार नगद र छ लाख ४० हजारको स्मार्ट बोर्ड प्राप्त भएको छ”, उनले भने, “यो रकम र सामग्री हामी डिजिटल विद्यालय निर्माणमा खर्च गर्नेछौँ ।” अभियानलाई सहयोग गर्ने अभिभावक, पूर्वविद्यार्थी, शुभचिन्तक तथा दाताहरूप्रति उनले कृतज्ञता व्यक्त गरे। विद्यालयलाई प्रविधिमैत्री बनाउँदै ग्रामीण क्षेत्रका बालबालिकालाई आफ्नै गाउँमा गुणस्तरीय र आधुनिक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत देउसीभैलो आयोजना गरिएको प्रधानाध्यापक राजु तामाङले बताए। कार्यक्रममा पाँचपोखरी, हेलम्बु, मेलम्ची, इन्द्रावती, बाह्रबिसेलगायत क्षेत्रका व्यक्तित्वहरूका साथै जनप्रतिनिधि, कर्मचारी, वडाध्यक्ष, पूर्वविद्यालय अध्यक्ष तथा वर्तमान विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र विद्यार्थीको उपस्थिति थियो। बागमती प्रदेशको नमूना विद्यालयका रूपमा रहेको यस विद्यालयमा हाल २४ कोठा रहेका छन्। सबै कक्षाकोठालाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने लक्ष्यसहित २४ ओटा स्मार्ट बोर्ड आवश्यक रहेको विद्यालयले जनाएको छ। अभियानको पहिलो चरणमा यस वर्ष १० ओटा स्मार्ट बोर्ड खरिद गर्ने लक्ष्य विद्यालयले राखेको छ।रासस The post डिजिटल विद्यालय निर्माण गर्न देउसीभैलो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पानासोनिकले सार्वजनिक गर्‍यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन
TechnologyJust now

पानासोनिकले सार्वजनिक गर्‍यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन

पानासोनिकले बजारमा आफ्ना नयाँ वायरलेस हेडफोनहरू ल्याएको छ। पानासोनिक आरबी-एचजे८०० हेडफोनहरूमा १०० घण्टासम्म टिक्ने ब्याट्री क्षमता छ। यसमा ‘एक्टिभ नोइज क्यान्सिलेसन’ सुविधाका साथै ४० एमएमका ड्राइभरहरू जडान गरिएका छन्। साथै, कम्पनीले यसमा ‘बास’ लाई अझ सशक्त बनाउने सुविधा पनि समावेश गरेको छ। फोल्डेबल डिजाइनका कारण यी हेडफोनहरू सानो आकारका छन् र राख्न वा बोक्न निकै सहज छन्। पानासोनिक आरबी-एचजे८०० (RB-HJ800) ...

टेक्नोलोजी खबर
देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल
TechnologyJust now

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ। विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्दै विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने लक्ष्यका साथ स्थानीयवासीको सक्रियतामा सामूहिक देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयवासी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा देउसीभैलो कार्यक्रम ...

टेक्नोलोजी खबर
कम्प्युटरमा फिल्महरु वैध तरिकाले नि:शुल्क रुपमा कसरी डाउनलोड गर्ने, अपनाउनुहोस् यी तरिका
Technology1h ago

कम्प्युटरमा फिल्महरु वैध तरिकाले नि:शुल्क रुपमा कसरी डाउनलोड गर्ने, अपनाउनुहोस् यी तरिका

अफलाइन हेर्नका लागि फिल्म डाउनलोड गर्दा आफ्नो कम्प्युटरमा भाइरस पस्ने जोखिम सधैं रहने गर्दछ। तर अब भने त्यो जोखिम उठाउनु पर्ने अवस्था हटेको छ। पछिल्ला दुई दशकमा फिल्म र टेलिभिजन कार्यक्रम हेर्ने तरिकामा ठूलो परिवर्तन आएको छ। पहिले फिल्म हेर्न प्रायः सिनेमा हल वा टेलिभिजनमै निर्भर हुनुपर्थ्यो। तर विद्युतीय उपकरणहरू एउटै काममा सीमित रहने अवस्थाबाट विभिन्न प्रयोजनका लागि प्रयोग हुन थालेपछि ...

टेक्नोलोजी खबर
नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड
Technology2h ago

नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड

काठमाडौं । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (आइटियू पिपि २६) को अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको छ ।भेटमा ५जी तथा स्याटेलाइट सञ्चार, सुलभ इन्टरनेट सेवा, डिजिटल साक्षरता, डाटा प्रोटेक्सन, डिजिटल सुरक्षा र युवा जनशक्ति विकास लगायत विषयमा अनुभव आदानप्रदान तथा सहकार्यको सम्भावनाबारे छलफल भएको छ ।मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play