Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

पानासोनिकले सार्वजनिक गर्‍यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पानासोनिकले सार्वजनिक गर्‍यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन
Photo / Coverage: टेक्नोलोजी खबर

पानासोनिकले बजारमा आफ्ना नयाँ वायरलेस हेडफोनहरू ल्याएको छ। पानासोनिक आरबी-एचजे८०० हेडफोनहरूमा १०० घण्टासम्म टिक्ने ब्याट्री क्षमता छ। यसमा ‘एक्टिभ नोइज क्यान्सिलेसन’ सुविधाका साथै ४० एमएमका ड्राइभरहरू जडान गरिएका छन्। साथै, कम्पनीले यसमा ‘बास’ लाई अझ सशक्त बनाउने सुविधा पनि समावेश गरेको छ। फोल्डेबल डिजाइनका कारण यी हेडफोनहरू सानो आकारका छन् र राख्न वा बोक्न निकै सहज छन्। पानासोनिक आरबी-एचजे८०० (RB-HJ800) ले ब्लुटुथ कनेक्टिभिटीलाई समर्थन गर्छ। पानासोनिक आरबी-एचजे८०० को मूल्य पानासोनिकले घरेलु बजारमा आरबी-एचजे८०० हेडफोनहरू सार्वजनिक गरेको छ, जसको मूल्य १४,८५० जापानी येन तोकिएको छ। यी हेडफोनहरू कम्पनीको आधिकारिक वेबसाइटमा सूचीकृत छन् र पानासोनिकको जापानी अनलाइन स्टोरमार्फत खरिद गर्न सकिन्छ। प्यानासोनिक आरबी-एचजे८०० कालो, सेतो र गुलाबी गरी तीन रङमा उपलब्ध छन्। यसको बिक्री नोभेम्बर १८ देखि सुरु हुनेछ। पानासोनिक आरबी-एचजे८०० का विशेषताहरू पानासोनिक आरबी-एचजे८०० हेडफोनहरूमा ४० एमएमका ड्राइभरहरू छन्। आरामदायी अनुभवका लागि यसको हेडब्यान्डमा नरम प्याडिङ र कान राख्ने भागमा कुसनको प्रयोग गरिएको छ। यसमा ‘बास’ बढाउने (bass enhancer) सुविधा पनि छ, जसलाई हेडफोनमा रहेको छुट्टै बटन थिचेर अन वा अफ गर्न सकिन्छ। साथै, यसमा ‘एक्टिभ नोइज क्यान्सिलेसन’ (ANC) को सुविधा पनि उपलब्ध छ। पानासोनिकका अनुसार यी हेडफोनहरूको ब्याट्री क्षमता निकै प्रभावशाली छ; एक पटक पूर्ण चार्ज गर्दा यी १०० घण्टासम्म चल्न सक्छन्। ‘एक्टिभ नोइज क्यान्सिलेसन’ अन गरिएको अवस्थामा भने यसको ब्याट्री ७२ घण्टासम्म टिक्छ। प्यानासोनिकका अनुसार, कम्पनीले अहिलेसम्म उत्पादन गरेका हेडफोनहरूमध्ये सबैभन्दा लामो ब्याट्री क्षमता भएका हेडफोनहरू यिनै हुन्। The post पानासोनिकले सार्वजनिक गर्‍यो १०० घण्टासम्म ब्याट्री टिक्ने वायरलेस हेडफोन appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल
TechnologyJust now

देउसीभैलोबाट विद्यालयमा आइटी कक्षा सञ्चालन गर्ने पहल

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित सगरमाथा माध्यमिक विद्यालयमा सूचना प्रविधि (आइटी) कक्षा सञ्चालन गर्ने उद्देश्यले देउसीभैलो कार्यक्रममार्फत रकम जम्मा गरिएको छ। विद्यालयमा प्रविधिमैत्री शिक्षाको विकास गर्दै विद्यार्थीलाई आधुनिक सूचना प्रविधिसम्बन्धी ज्ञान र सीप प्रदान गर्ने लक्ष्यका साथ स्थानीयवासीको सक्रियतामा सामूहिक देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयमा आइटी कक्षा सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन स्थानीयवासी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागितामा देउसीभैलो कार्यक्रम ...

टेक्नोलोजी खबर
कम्प्युटरमा फिल्महरु वैध तरिकाले नि:शुल्क रुपमा कसरी डाउनलोड गर्ने, अपनाउनुहोस् यी तरिका
TechnologyJust now

कम्प्युटरमा फिल्महरु वैध तरिकाले नि:शुल्क रुपमा कसरी डाउनलोड गर्ने, अपनाउनुहोस् यी तरिका

अफलाइन हेर्नका लागि फिल्म डाउनलोड गर्दा आफ्नो कम्प्युटरमा भाइरस पस्ने जोखिम सधैं रहने गर्दछ। तर अब भने त्यो जोखिम उठाउनु पर्ने अवस्था हटेको छ। पछिल्ला दुई दशकमा फिल्म र टेलिभिजन कार्यक्रम हेर्ने तरिकामा ठूलो परिवर्तन आएको छ। पहिले फिल्म हेर्न प्रायः सिनेमा हल वा टेलिभिजनमै निर्भर हुनुपर्थ्यो। तर विद्युतीय उपकरणहरू एउटै काममा सीमित रहने अवस्थाबाट विभिन्न प्रयोजनका लागि प्रयोग हुन थालेपछि ...

टेक्नोलोजी खबर
नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड
TechnologyJust now

नेपाल–मलेसिया द्विपक्षीय भेटवार्ता : डिजिटल कनेक्टिभिटी र प्रविधि सहकार्यमा जोड

काठमाडौं । कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलन (आइटियू पिपि २६) को अवसरमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र मलेसियाका समकक्षी मन्त्रीबिच द्विपक्षीय भेटवार्ता भएको छ ।भेटमा ५जी तथा स्याटेलाइट सञ्चार, सुलभ इन्टरनेट सेवा, डिजिटल साक्षरता, डाटा प्रोटेक्सन, डिजिटल सुरक्षा र युवा जनशक्ति विकास लगायत विषयमा अनुभव आदानप्रदान तथा सहकार्यको सम्भावनाबारे छलफल भएको छ ।मन्त्री तिमिल्सिनाले नेपालले डिजिटल ...

आइसिटी समाचार
डिजिटल विद्यालय बनाउने अभियानमा देउसीभैलो, १७ लाखभन्दा बढी सहयोग जुट्यो
TechnologyJust now

डिजिटल विद्यालय बनाउने अभियानमा देउसीभैलो, १७ लाखभन्दा बढी सहयोग जुट्यो

सिन्धुपाल्चोक । ग्रामीण क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकको थाङ्पाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको देउसीभैलो अभियानबाट १७ लाख २१ हजार रुपैयाँ बराबरको सहयोग संकलन भएको छ ।पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ स्थित बागमती प्रदेशको नमूना विद्यालयले डिजिटल विद्यालय निर्माणका लागि आयोजना गरेको कार्यक्रममा १० लाख ८१ हजार रुपैयाँ नगद र ६ लाख ४० हजार रुपैयाँ मूल्य ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play