Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

हराउँदै रानाथारुका परम्परागत घर

Share:WhatsAppFacebookX (Twitter)Telegram
हराउँदै रानाथारुका परम्परागत घर
Photo / Coverage: केन्द्रबिन्दु

कञ्चनपुर। रानाथारु समुदायको मौलिक पहिचान झल्काउने परम्परागत घर पछिल्लो समय विस्थापित हुँदै गएका छन् । माटो, खर र काठले आकर्षक बनाएका घर रानाथारु समुदायको पहिचान हो । घर निमार्णमा प्रयोग हुने सामग्रीले रानाथारु समुदायको मौलिक जीवनशैली, संस्कृति र रहनसहन झल्काउने गर्दथ्यो । तर, आजभोलि यस्ता परम्परागत घर विरलै देख्न पाइन्छ । रानाथारु समुदायमा अहिले परम्परागत घरको सट्टा पक्की घरहरू निर्माण भइरहेको कञ्चनपुरको भीमदत्त नगरपालिका– १९, बागफाँटाका राजकुमार राना बताउँछन् । ‘घर निमार्णका लागि ठूलठूला सालका खम्बाहरू आवश्यक हुन्छ’, रानाले भने, ‘पहिलाजस्तो जंगलबाट काठ ल्याउन पाइँदैन, यसकारण परम्परागत घर निर्माण हुन छोडेका हुन् ।’ परम्परागत घरको निर्माणमा स्थानीय स्रोतसाधन र परम्परागत सीपको प्रयोग हुने गरेको छ । घरका भित्ता, छाना, आँगन र कोठाको बनावटसमेत समुदायको मौलिक विशेषतासँग जोडिएका उनको भनाइ छ । ‘घर निमार्णमा प्रयोग भएका काठ दश/पन्ध्र वर्षपछि किरा लागेर कुहिन सुरु हुन्छ त्यसपछि फेर्नुपर्छ’, रानाले भने, ‘काठ पाउन मुस्किल हुने, पाइहाले पनि दश/पन्ध्र वर्षपछि फेरि अर्को ल्याउनुपर्ने झन्झटका कारण पनि अहिलेको पुस्ताले आधुनिक घर निर्माण गर्न लागेका हुन् ।’ घर मात्र नभई रानाथारु समुदायको परम्परागत पहिरन, दैनिक प्रयोगमा आउने घरमै निर्मित भाँडासमेत लोप हुँदै गएको उनको भनाइ छ । रानाथारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन घगरिया, अङ्गिया, उनियाँ अहिले लोप हुँदै गएका छन् । ‘घर मात्रै होइन, रानाथारु समुदायका परम्परागत पहरिनसमेत लोप हुँदै गएका छन्’, स्थानीय सुदा रानाले भनिन्, ‘परम्परागत पहिरन सिउने मान्छेसमेत भेटाउन गाह्रो हुन्छ ।’ उनका अनुसार अहिले रानाथारु समुदायको परम्परागत पहिरन शुभकार्यमा मात्रै देख्न सकिन्छ । रानाथारु समुदायमा आधुनिकताको प्रभाव परम्परागत घरमा मात्रै नभई यो समुदायले मनाउने पर्वमा समेत पर्न थालेको रानाथारु समुदायका अगुवा पशुराम राना बताउँछन् । ‘हिउँदमा तातो हुने गर्मी सिजनमा चिसो हुने परम्परागत घरको विशेषता हो’, उनले भने, ‘अहिले परम्परागत घरहरू निर्माण हुँदैनन्, आधुनिकताको प्रभाव हाम्रा पर्वमा समेत परेको छ ।’ उनले रानाथारु समुदायको महिनाैँसम्म चल्ने होली, तीजलगायतका पर्व छोट्टिँदै गएको बताए । महिलाजस्तै पुरुषले पनि धोती र कुर्ता लगाउँथे, तर गाउँमा एक/दुई जना बुढापाकाबाहेक अहिले कसैले पनि यस्तो लुगा नलगाउने उनको भनाइ छ । यो समुदायले प्रयोग गर्ने अन्न भण्डारण गर्नका लागि माटाबाट निर्मित भकारी लगायतका सामानहरू लोप हुँदै गएका छन् । पछिल्लो समय परिवारको आर्थिक अवस्था सुधार हुँदै जानु, आधुनिक सुविधासहितका घरप्रति नयाँ पुस्ताको आकर्षण बढ्नु र परम्परागत निर्माण सामग्रीको उपलब्धता घट्नुजस्ता कारणले यस समुदायमा मौलिक घर निर्माण गर्ने चलन घट्दै गएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
Latest NewsJust now

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। ...

कान्तिपुर
जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

अन्ताल्या (टर्किए), कात्तिक २५ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। यही नोभेम्बर ९ देखि २०... ...

गोरखापत्र
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड
Latest NewsJust now

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play