Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

घट्यो खानेपानी महसुल

Share:WhatsAppFacebookX (Twitter)Telegram
घट्यो खानेपानी महसुल
Photo / Coverage: नेपालन्युज

झापा।चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानीको मासिक महसुल घटाएको छ। निम्न वर्गीय उपभोक्तालाई राहत पुर्‍याउन उक्त शुल्क कम गरिएको हो। मेचीनगर नगरपालिकाको वडा नं ११, १२ र १३ मा शुद्ध खानेपानी उपलब्ध गराउँदै आएको संस्थाले १० हजार लिटरसम्म पानी उपयोग गर्दै आएका उपभोक्ताले अब मासिक १७५ मात्र तिर्नु पर्नेछ। यसअघि ती उपभोक्ताले मासिक २०० महसुल भुक्तानी गर्दै आएका थिए। शुद्ध खानेपानी नागरिकको आधारभूत अधिकार भएको हुँदा निम्न वर्गीय परिवारको पहुँचलाई सहज तुल्याउने उद्देश्य राखेर संस्थाले साधारणसभाबाट मासिक महसुल घटाउने प्रस्ताव पारित गरेको समितिका अध्यक्ष राजन चिमौरियाले बताए। उनका अनुसार १० हजारभन्दा माथि २० हजार लिटरसम्म खानेपानी उपयोग गर्ने उपभोक्ताले अब प्रतिहजार लिटरमा मासिक महसुल ३० तिर्नुपर्नेछ। यसअघि सोही मात्रामा पानी उपयोग गर्दै आएकाले ३२ रुपैंयाँ तिर्दै आएका थिए। मासिक २० हजारदेखि ३० हजार लिटर पानी खपत गर्ने उपभोक्ताले यसअघि प्रतिहजार लिटरको ४२ रुपैंयाँ तिर्दै आएकोमा अब ४० रुपैंयाँ मात्र तिर्नुपर्ने भएको छ। यसैगरी, ३१ हजारदेखि अधिक पानी खपत गर्नेले प्रतिहजार लिटरको मासिक ६५ रुपैंयाँ तिर्नु परिरहेकोमा अब ६० रुपैंयाँ तिर्दा हुने भएको छ। साधारणसभाबाट पारित भएको पानीको महसुल घटाउने यो प्रस्ताव यही मंसिर महिनादेखि लागू हुने अध्यक्ष चिमौरियाले जानकारी दिए। संस्थामा दुई हजार ७०० सदस्यहरु आबद्ध छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
Latest NewsJust now

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते

मैनापोखर र बाँसगढीतर्फ जाँदै गरेका मोटरसाइकल ठोक्किँदा गुलरियाका २५ वर्षीय ओमकार थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। ...

कान्तिपुर
जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल
Latest NewsJust now

जलवायु वित्त परिचालनको प्रक्रिया अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल

अन्ताल्या (टर्किए), कात्तिक २५ गते । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप–३१) टर्किएको अन्ताल्या सहरमा जारी छ। यही नोभेम्बर ९ देखि २०... ...

गोरखापत्र
बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड
Latest NewsJust now

बाक्लो असिनासहितको वर्षाले त्रिभुवन विमानस्थल बन्द, कम्तीमा आठ विमान आकाशमै होल्ड

बाक्लो असिना, वर्षा र हावाहुरीले रनवे ढाकेपछि चार अन्तर्राष्ट्रिय र चार आन्तरिक विमान आकाशमै रोकिएका छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play