Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

असिनासहितको भारी वर्षाले त्रिभुवन विमानस्थल अस्तव्यस्त, धावनमार्गदेखि टर्मिनल भवनसम्म जलमग्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
असिनासहितको भारी वर्षाले त्रिभुवन विमानस्थल अस्तव्यस्त, धावनमार्गदेखि टर्मिनल भवनसम्म जलमग्न
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । बुधबार दिउँसो काठमाडौंमा अचानक परेको असिनासहितको भारी वर्षाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको छ। बाक्लो असिना परेर धावनमार्ग र ट्याक्सी वे ढाकिएपछि दिउँसो करिब २ बजेदेखि विमानस्थलको उडान सञ्चालन अस्थायी रूपमा रोकिएको हो। असिना र वर्षाका कारण विमानस्थलमा अवतरण गर्नुपर्ने कम्तीमा आठवटा विमान आकाशमै होल्डमा परेका छन्। तीमध्ये चारवटा अन्तर्राष्ट्रिय र चारवटा आन्तरिक उडानका विमान रहेको विमानस्थलले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार बाक्लो असिनाले धावनमार्ग ढाकेपछि सुरक्षित उडान तथा अवतरणका लागि विमानस्थलको सञ्चालन रोक्नुपरेको हो। धावनमार्गमा जमेको असिना हटाउन विमानस्थलको उद्धार तथा अग्निनियन्त्रण सेवा (आरएफएफ) का दमकल परिचालन गरिएको छ। असिना हटाउने छुट्टै उपकरण नभएकाले दमकलको सहायतामा धावनमार्ग सफा गर्ने काम भइरहेको उनले जानकारी दिए। प्रतिकूल मौसमका कारण राजविराज उड्ने तयारीमा रहेको बुद्ध एयरको विमान र बैंकक प्रस्थान गर्न लागेको थाई एयरको विमानसमेत पार्किङ क्षेत्रमा फर्किएका छन्। असिनासहितको वर्षाले विमानस्थलको आन्तरिक टर्मिनल भवनभित्र समेत पानी पसेको छ। आन्तरिक टर्मिनलको चेक इन काउन्टरबाट भित्र जाने क्षेत्रमा पानी जमेर भुइँ जलमग्न भएको छ। यसका कारण विभिन्न गन्तव्यका लागि उडानको प्रतीक्षामा रहेका यात्रुलाई आवतजावत गर्नसमेत समस्या भएको छ। त्यस्तै, सुरक्षा जाँच हुने क्षेत्रको छतमा जडान गरिएका प्यानल लाइटबाट समेत पानी चुहिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्। विमानस्थल सञ्चालक नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीका अनुसार कमसल छानाबाट पानी चुहिएर टर्मिनल भवनभित्र समस्या भएको हो। जमेको पानी हटाएर यात्रुको आवतजावत सहज बनाउने काम भइरहेको उनले बताए। त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा गत वर्षको बर्खायाममा पनि यसैगरी पानी पसेर जलमग्न भएको थियो। अचानक आएको असिना र भारी वर्षाले विमानस्थलको उडान व्यवस्थापनदेखि यात्रुको आवतजावतसम्म प्रभावित भएको छ। विमानस्थल प्रशासनले धावनमार्ग सफा गरी सुरक्षित उडान तथा अवतरणको वातावरण बनाउन काम गरिरहेको जनाएको छ। नियमित उडान कहिलेदेखि सुचारु हुन्छ भन्नेबारे भने स्पष्ट भइसकेको छैन।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
Latest NewsJust now

इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय

काठमाडाैँ। इरानबाट ज्यान मार्ने धम्की प्राप्त भएपछि अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आफ्नो सुरक्षालाई प्राथमिकता दिँदै वासिङ्टन क्षेत्रस्थित निजी निवास छाडेर अमेरिकी सैन्य बेसमा बसाइँ सरेका छन्। द न्युयोर्क टाइम्सले मंगलबार... ...

रातोपाटी
रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर
Latest NewsJust now

रोबोटको बढ्दो प्रयोगमा सिङ्गापुर

काठमाडाैँ । यातायात, विमानस्थल, आवासीय भवनदेखि सार्वजनिक सुरक्षा व्यवस्थासम्म रोबोटको प्रयोग विस्तार गर्दै सिङ्गापुरले स्वचालित प्रविधिलाई दैनिक जीवनको हिस्सा बनाउन थालेको छ। अनुसन्धान, विकास र व्यावसायिक प्रयोगमा सक्रिय ३०० भन्दा बढी... ...

रातोपाटी
५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा
Latest NewsJust now

५६ मोटरसाइकल र स्कुटर नियन्त्रणमा

काठमाडौं।प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट स्वरूप परिवर्तन गरी ठूला आवाज निकाल्ने ५६ वटा दुई पाङग्रे सवारीसाधन नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतबाट खटिएको प्रहरी टोलीले आज ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र चार वटा स्कुटर गरी ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो। चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले ...

नेपालन्युज
किन अचानक असिना पानी पर्‍यो, कहिलेबाट हुन्छ मौसममा सुधार
Latest NewsJust now

किन अचानक असिना पानी पर्‍यो, कहिलेबाट हुन्छ मौसममा सुधार

BBC/AshokDahal बुधवार बिहानसम्म घाम लागिरहेको काठमाण्डू उपत्यकासहित देशका कैयौँ स्थानमा मध्याह्नपछि कतै भेल बग्ने पानी त कतै असिना पानी पर्‍यो।भाइटीका लगाउन हिँडेका र लगाएर फर्कँदै गरेका कैयौँ मानिसहरू बीच बाटोमै केही ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play