१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी र ओलम्पिक टर्च मुगुको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा पुगेको छ । राष्ट्रिय खेलकुदको प्रचारप्रसारसँगै कर्णालीको प्राकृतिक, ऐतिहासिक तथा पर्यटकीय पहिचानलाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले सुरु गरिएको ट्रफी तथा टर्च टुर स्वर्गकी अप्सराको उपमा पाएको रारा पुगेको हो । नेपालकै ठूलो तालका रूपमा परिचित रारा कर्णालीको प्रमुख पर्यटकीय आकर्षण हो । समुद्री सतहबाट करिब दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा तालको प्राकृतिक सौन्दर्य, नीलो पानी र वरिपरिका वनजंगलले पर्यटकलाई आकर्षित गर्दै आएका छन् । रारा...
रारा पुग्यो राष्ट्रिय खेलकुदको ट्रफी र ओलम्पिक टर्च

Read Complete Original Article
Published originally on फरकधार






