Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल

Share:WhatsAppFacebookX (Twitter)Telegram
राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल
Photo / Coverage: टेक्नोलोजी खबर

रातको समयमा पनि सौर्य ऊर्जा उत्पादन गर्न सकिने प्रविधि विकास गर्ने उद्देश्यसहित अमेरिकी स्टार्टअप कम्पनी रिफ्लेक्ट अर्बिटलले अन्तरिक्षमा सूर्यको प्रकाश परावर्तन गर्ने हजारौँ ऐना पठाउने योजना अघि बढाएको छ। कम्पनीले सौर्य फार्महरूमा रातको समयमा समेत सूर्यको प्रकाश पुर्‍याउन पृथ्वीको कक्षमा ऐना जडित स्याटेलाइटहरूको समूह राख्न लागेको हो। यसबाट सौर्य ऊर्जा उत्पादनको समय बढाउनुका साथै आवश्यक परेको समयमा स्वच्छ ऊर्जा उपलब्ध गराउन सकिने कम्पनीको दाबी छ। कम्पनीले नोभेम्बर १० मा ७ करोड ३५ लाख अमेरिकी डलर लगानी जुटाएको घोषणा गरेको थियो। यससँगै कम्पनीले अहिलेसम्म प्राप्त गरेको कुल लगानी १० करोड डलरभन्दा बढी पुगेको छ। स्पेस डटकमका अनुसार अमेरिकी सरकारले पनि यसको प्रविधि परीक्षणका लागि अनुमति दिइसकेको छ। कम्पनीले पहिलो परीक्षण स्याटेलाइट सन् २०२७ को दोस्रो त्रैमासिकमा प्रक्षेपण गर्ने तयारी गरेको छ। उद्धार कार्यमा पनि प्रयोगको तयारी रिफ्लेक्ट अर्बिटलले गत अक्टोबरमा अमेरिकाको क्यालिफोर्नियास्थित लोन पाइन क्षेत्रमा रातको समयमा प्रकाश पुर्‍याउने परीक्षण गरेको थियो। खोज तथा उद्धार टोलीसँगको सहकार्यमा गरिएको परीक्षणमा मोबाइल प्रकाश उपकरण प्रयोग गरी अन्तरिक्षबाट ऐनाले प्रकाश परावर्तन गर्दा हुने प्रभावको अनुकरण गरिएको थियो। कम्पनीका अनुसार उक्त परीक्षणमा प्रकाशको तीव्रता करिब ०.७ लुमेन थियो। खोज तथा उद्धार र विपद् प्रतिकार्य टोली यस प्रविधिका प्रारम्भिक ग्राहक हुन सक्ने कम्पनीको अपेक्षा छ। कम्पनीले भारतको स्काइरुट एरोस्पेससँग दुईवटा प्रक्षेपण सेवा खरिद गर्ने सम्झौता पनि गरेको छ। स्काइरुटको विक्रम–१ रकेटमार्फत आफ्ना केही स्याटेलाइट अन्तरिक्षमा पठाउने योजना छ। सन् २०३५ सम्म ५० हजार स्याटेलाइटको लक्ष्य रिफ्लेक्ट अर्बिटलले सन् २०३५ सम्म पृथ्वीको कक्षमा कम्तीमा ५० हजार ऐना जडित स्याटेलाइट सञ्चालन गर्ने लक्ष्य राखेको छ। तर, कम्पनीको योजनाप्रति खगोलविद् र रातको आकाश अवलोकन गर्ने समुदायले चिन्ता व्यक्त गरेका छन्। यस्ता स्याटेलाइटले प्रकाश प्रदूषण बढाउने र खगोलीय अवलोकनमा असर पार्ने उनीहरूको आशंका छ। कम्पनीले भने स्थानीय निकायको अनुमति र बहुस्तरीय स्वीकृतिपछि मात्रै सेवा सञ्चालन गर्ने जनाएको छ। खगोलीय अवलोकन केन्द्रहरूमा असर नपर्ने गरी निश्चित क्षेत्रलाई प्रकाश नपुर्‍याउने व्यवस्था पनि गरिने उसको दाबी छ। कम्पनीका अनुसार प्रयोगमा नरहेका स्याटेलाइटको प्रकाश बन्द रहनेछ। आवश्यकताअनुसार प्रकाशको तीव्रता घटाउन वा सेवा पूर्ण रूपमा बन्द गर्न सकिने प्रविधि पनि विकास भइरहेको छ। रिफ्लेक्ट अर्बिटलले अन्तर्राष्ट्रिय खगोलीय संघको अँध्यारो तथा शान्त आकाश संरक्षणसम्बन्धी केन्द्रसँग सहकार्य गरिरहेको जनाएको छ। साथै, प्रविधिको वातावरणीय प्रभाव र खगोलीय अवलोकनमा पर्ने असरबारे अध्ययन गर्न वैज्ञानिकहरूसँग पनि काम गरिरहेको कम्पनीको भनाइ छ। The post राति पनि सौर्य ऊर्जा उत्पादन गर्न अन्तरिक्षमा हजारौँ ऐना पठाउने तयारीमा रिफ्लेक्ट अर्बिटल appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
TechnologyJust now

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ। कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएकी छन्। उनका अनुसार निर्णय मानिसले गरे पनि, एल्गोरिदम वा एआई ...

टेक्नोलोजी खबर
‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी
TechnologyJust now

‘मनी म्युल’का रूपमा युवा प्रयोग, ठगी गिरोहले बेरोजगार र वृद्धवृद्धालाई शिकार बनाउँदै गरेको सरकारको चेतावनी

साइबर ठगीमा संलग्न संगठित गिरोहले बेरोजगार युवायुवती तथा वृद्धवृद्धालाई विभिन्न बहानामा बैंक खाता खोल्न लगाई त्यसलाई आफ्नो नियन्त्रणमा लिने गरेको भन्दै गृह मन्त्रालयले चिन्ता व्यक्त गरेको छ। मन्त्रालयले हालै स्वीकृत गरेको ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र’ दिग्दर्शन-२०८३ ले यस्तो प्रवृत्ति बढ्दै गएको औंल्याएको छ। दिग्दर्शनअनुसार गिरोहहरूले वित्तीय असाक्षरताको फाइदा उठाउँदै मानिसलाई खाता खोल्न लगाउँछन् र उक्त खाताको डिजिटल भुक्तानी प्रणाली वा ...

टेक्नोलोजी खबर
भारतमा अमेजनको सात अर्ब डलर लगानी
TechnologyJust now

भारतमा अमेजनको सात अर्ब डलर लगानी

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले भारतमा स्वच्छ ऊर्जा उत्पादन विस्तार गर्न सन् २०३० सम्ममा सात अर्ब अमेरिकी डलर (करिब ९ खर्ब ८० अर्ब रुपैयाँ) लगानी गर्ने घोषणा गरेको छ। यस लगानीबाट भारतमा नवीकरणीय ऊर्जा उत्पादन बढाउनुका साथै कम्पनीका सञ्चालनमा प्रयोग हुने विद्युतको कार्बन उत्सर्जन घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। भारतले सन् २०३० सम्म पाँच सय गिगावाट स्वच्छ ऊर्जा उत्पादन क्षमता पुर्याउने ...

टेक्नोलोजी खबर
डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार उबर चालकको लाइसेन्स विवरण चोरी
TechnologyJust now

डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार उबर चालकको लाइसेन्स विवरण चोरी

उबरले आफ्नो एक प्रविधि सेवा प्रदायक कम्पनीमा अक्टोबरमा भएको डाटा चोरीको घटनामा करिब १ लाख ५० हजार चालकको व्यक्तिगत तथा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण चोरी भएको जनाएको छ। अमेरिकाका विभिन्न राज्यका महान्यायाधिवक्ताको कार्यालयमा यसै साता दर्ता गरिएका सूचनाअनुसार, क्यालिफोर्निया र आयोवासहितका राज्यमा उबरले उक्त घटनाबारे जानकारी गराएको छ। उबरका अनुसार, अक्टोबर ९ मा सेवा प्रदायक कम्पनीले ह्याकरहरूले आफ्नो प्रणालीमा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play