यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा। यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । बेत्रावतीस्थित फलाखु खोलामा अस्थायी बेलिब्रिज सञ्चालनमा आएसँगै लाङटाङ क्षेत्र घुम्न आउने पर्यटक बढ्न थालेको हो । लाङटाङस्थित होटल ‘माउन्टेन भ्यु’ का सञ्चालक नीमा लामाका अनुसार फलाखुमा बेलिब्रिज निर्माण भई यातायात सञ्चालन हुन थालेसँगै आन्तरिक तथा बाह्य पर्यटक आउनेक्रम बढी स्थानीय पर्यटन व्यवसायी उत्साहित भएका छन् । जिल्ला सदरमुकाम धुन्चे तथा स्याफ्रूबेँशीबाट दुई दिन पैदल यात्रा गरेपछि लाङटाङ पुग्न सकिन्छ । धुन्चेबाट ठूलो र सानो भार्खू, ब्राबल, ठूलो स्याफ्रू, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै लाङटाङ पुग्न सकिने होटल सञ्चालक लामाको भनाइ छ । लाङटाङ क्षेत्र घुम्न जाने पर्यटकका लागि असोज र कात्तिक महिना अनुकुल भएको बताउँदै उनले भने, “अहिले यस क्षेत्रमा कुनै समस्या छैन, अतिथि सत्कारका लागि स्थानीय होटल व्यवसायी तयारी अवस्थामा छन् । अब ढुक्क भई लाङटाङ क्षेत्र घुम्नुहोस्, आनन्द लिनुहोस् ।” गोसाईँकुण्ड गाउँपालिका–४ स्थित निकुञ्ज क्षेत्रमा पर्ने पर्यटकीयस्थल लाङटाङका वडाअध्यक्ष डुण्ढु ज्याङ्वा तामाङले सङ्घीय राजधानी काठमाडौँबाट नजिकको सुन्दर, शान्त र रमणीय लाङटाङ क्षेत्रको भ्रमण गर्न अनुरोध गर्दै पर्यटकको सेवामा स्थानीय सरकार र निकुञ्ज परिवार रहेको बताए ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

घोडेपानीमा पर्यटकले पनि मनाए दसैं
म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि बुधबार टिका र जमरा लगाएर बडादसैं पर्व मनाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरुले मनाएका सन्नी ...

दशैँको टीका : कतै रौनक, कतै सुनसान
काठमाडौं । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर खिचिरहेका छन्, कोही सामाजिक सञ्जालमा खुसी साटिरहेका छन् । कतै पिङको मच्चाइ छ । धेरैका लागि दशैँ उमंग, भेटघाट र मीठोमसिनो खाने पर्व बनेको छ । गाउँबस्ती र सहरका टोल टोलमा ...

अमेरिकाका ७ करोड ३० लाख बालबालिकालाई मस्कको शेयर उपहार
• एलन मस्कले अमेरिकाका प्रत्येक बालबालिकालाई स्पेसएक्सको एक–एक शेयर दिने घोषणा गरेका छन्, जसको कुल मूल्य १० अर्ब डलरभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। • मस्कको यो योजना आगामी वर्षदेखि लागू हुनेछ र यसले बालबालिकालाई भविष्यमा सम्पत्ति निर्माणमा सहयोग गर्ने अपेक्षा गरिएको छ। • ट्रम्पले मस्कको घोषणालाई स्वागत गर्दै यसलाई आफ्नो प्रशासनको नीतिसँग जोड्दै प्रचारमा सहयोग पुग्ने देखिएको छ, ...

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको […] ...


