घोडेपानीमा पर्यटकले पनि मनाए दसैं

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरुले पनि बुधबार टिका र जमरा लगाएर बडादसैं पर्व मनाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको विशेष अनुभव लिँदै दसैँ उनीहरुले मनाएका सन्नी होटलका सञ्चालक डमबहादुर पुनले जानकारी दिए। “घोडेपानी भ्रमणमा आएका पर्यटकका लागि पनि बडादसैँको टीका र जमरा लगाइदिएर नेपाली संस्कृतिलाई नजिकबाट बुझ्ने अवसर दिलाएका छौ,” उनले भने “पर्यटकमार्फत नेपालको संस्कार र संस्कृति विश्वभर फैलाउन मद्दत पुगेको छ ।” घोडेपानी–पुुनहिल विश्वप्रसिद्ध अन्नपूूर्ण चक्रीय पदमार्गको प्रमुख पर्यटकीय गन्तब्य हो । घोडेपानीदेखि ४५ मिनेट उकालोमा पदयात्रा गरेपछि पुुगिने पुुनहिलबाट गुर्जा, पुथा, मानापाथी, निलगिरि, अन्नपूूर्ण र माछापुुच्छ्रे हिमशृङखलाको दृष्य अवलोकन गर्न सकिन्छ । घोडेपानी समुन्द्रि सतहदेखि दुई हजार आठ सय र पुनहिल तीन हजार दुई सय १० मिटर उचाईमा अवस्थित छ । रासस
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन
ललितपुर । पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच प्रदर्शन गरिएको छ । विजयादशमीको दिन र कोजाग्रत पूर्णिमा गरी दसैँमा दुई पटक मङ्गलबजारमा नवदुर्गा नाच देखाउने परम्परा छ । नाच... ...

फेरिँदै दसैं, हराउँदै गाउँको रौनक
चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ । ...

जापानमा दुर्लभ खनिज ‘इट्रियम’को आपूर्ति ठप्प, मौज्दात केही महिनालाई मात्र
काठमाडौँ । दुर्लभ माटो तत्व इट्रियमको विश्वव्यापी आपूर्ति ठप्प हुँदा जापानमा यसको अभाव गहिरिने चिन्ता बढेको छ । जापानी अधिकारीका अनुसार, आपूर्ति र मागबिच ठुलो असन्तुलन देखिएको छ भने उपलब्ध मौज्दात... ...

यू–१९ महिला विश्वकपमा नेपाल समूह ‘ए’मा
काठमाडौं । नेपालले बङ्गलादेशसँग संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटका १५ खेल नेपाली मैदानमा सञ्चालन हुने भएका छन् । अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको खेल तालिकामा प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा राखिएका हुन् । नेपालमा हुने खेल त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने नेपाल क्रिकेट संघ (क्यान) ...


