म्याराडोनाको मृत्यु मुद्दाको फैसला कहिले ?

सान इसिद्रो (अर्जेन्टिना) । अर्जेन्टिनाका महान् फुटबल खेलाडी डिएगो म्याराडोनाको सन् २०२० मा भएको मृत्युमा उपचारमा लापरवाही गरेको आरोप लागेका सात स्वास्थ्यकर्मीमाथिको मुद्दामा अदालतले डिसेम्बर २२ मा फैसला सुनाउने भएको छ । छ महिनासम्म चलेको सुनुवाइ बिहीबार टुङ्गिएको हो । अन्तिम दिन म्याराडोनाकी छोरी डाल्माले आफ्ना बुबाले न्याय पाउने आशा व्यक्त गरे । मुख्य प्रतिवादी तथा उनका निजी चिकित्सक लियोपोल्डो लुकेले भने आफू निर्दोष रहेको दाबी गर्दै मुद्दामा आफूलाई ‘बलिको बोका’ बनाइएको बताएका छन् । म्याराडोनाको ६० वर्षको उमेरमा सन् २०२० नोभेम्बर २५ मा हृदयाघात र फोक्सोमा तरल पदार्थ जम्ने समस्याका कारण मृत्यु भएको थियो । मस्तिष्कको सानो शल्यक्रियापछि स्वास्थ्यलाभका लागि उनी ब्युनस आयर्सनजिकै टिग्रेस्थित निजी निवासमा बसेका थिए । अप्रिलमा सुरु भएको सुनुवाइमा ७० भन्दा बढी साक्षीले बयान दिएका थिए । अभियोजन पक्षले सात प्रतिवादीमध्ये छ जनालाई चारदेखि १२ वर्षसम्म जेल सजाय माग गरेको छ । लुकेका लागि सबैभन्दा बढी १२ वर्ष सजाय माग गरिएको हो । उहाँको कानूनी टोलीले ध्वनि रेकर्डिङ, वैज्ञानिक लेख र शव परीक्षणको भिडियो प्रस्तुत गर्दै आफूलाई फसाइएको दाबी गरेको थियो । मुद्दाको मुख्य विषय म्याराडोनालाई अस्पतालमा राख्नुको सट्टा निजी निवासमा स्वास्थ्यलाभ गर्न दिने निर्णय लापरवाहीपूर्ण थियो वा थिएन भन्ने हो । अभियोजन पक्षले निवासमा अस्पतालको शय्या, मुटुको धड्कन नियमित गर्ने उपकरण र तत्काल उपलब्ध हुने एम्बुलेन्सजस्ता आधारभूत सुविधा नभएको विषयलाई लापरवाहीको प्रमाणका रूपमा प्रस्तुत गरेको छ । चिकित्सा विशेषज्ञहरूका अनुसार मृत्यु हुनुअघि म्याराडोनाको शरीरमा तरल पदार्थ जम्ने, मुटुको धड्कन असामान्य रूपमा तीव्र हुने र सास फेर्न कठिनाइ हुनेजस्ता गम्भीर लक्षण देखिएका थिए । हेरचाहकर्ताले ती सङ्केतप्रति समयमै ध्यान नदिएको उनीहरूले बताएका थिए । -एएफपी
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

साइबर सुरक्षा जोखिमपछि सतर्कता अपनाउन नेपाल राष्ट्र बैंकको आग्रह
काठमाडौं । नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको छ । बैंकले शुक्रबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै उक्त जोखिमका कारण वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरिएको जानकारी दिएको हो । यसबाट बैंकिङ तथा वित्तीय क्षेत्रका सरोकारवाला निकाय र सर्वसाधारणमा पर्न गएको असुविधाप्रति बैंकले क्षमायाचना ...

समृद्धिको बाटोमा तगारो
जुन देशको माटोले सुन फलाउने सामर्थ्य राख्छ र जसको युवा जनशक्तिले विश्वका मरुभूमिलाई हरियालीमा बदल्न सक्छ, त्यो देश आफैँ भने किन सधैँ परनिर्भर र गरिब रहिरहन्छ? स्रोत र सम्भावनाको प्रचुरताबीच दूरदृष्टिको खडेरी र नीतिगत अलमलले पिल्सिएको मुलुकको कथा लेखिरहँदा प्राकृतिक सौन्दर्यको अनुपम वरदान, जलस्रोतको प्रचुर सम्भावना, जैविक विविधता र सिर्जनशील युवा जनशक्तिको खानी भएर पनि नेपाल लामो समयदेखि आर्थिक पछौटेपन र ...

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपिएल खेल्ने
काठमाडौं। पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ कर्णाली याक्सबाट खेल्ने भएका छन्। कर्णालीले आज उनलाई टोलीमा अनुबन्ध गरेको औपचारिकरूपमा जानकारी दिएको हो। ‘‘टी–२० विश्वकप २०२६ का सर्वाधिक रन बनाउने साहिबजादा फरहानलाई अब कर्णाली याक्समा स्वागत छ,’’ टोलीले सामाजिक सञ्जालमा उल्लेख गरेको छ। फरहानले सन् २०२६ मा भारत र श्रीलङ्कामा आयोजित आइसिसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन ...

पीएचपीमा गम्भीर सुरक्षा जोखिम देखिएपछि बैंकका वेबसाइट बन्द, रकम र विवरण सुरक्षित
• नेपाल राष्ट्र बैंकसहित अधिकांश बैंक र वित्तीय संस्थाले पीएचपी प्रोग्रामिङ भाषामा देखिएको सुरक्षा त्रुटिका कारण आफ्ना वेबसाइट अस्थायी रूपमा बन्द गरेका छन्। • ह्याकरले संवेदनशील विवरण चोरी गर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा सतर्कता अपनाइएको छ र प्रणाली अद्यावधिकको काम भइरहेको छ। • सर्वसाधारणले बैंकका आधिकारिक सूचनामा विश्वास गर्न, अपरिचित लिङ्क नखोल्न र शङ्कास्पद गतिविधिहरूमा सतर्क रहन सुझाव दिइएको ...


