म्याग्दीको दरवाङमा दुई दशकपछि सडक कालोपत्र

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई दशकपछि कालोपत्र भएको छ। पश्चिम म्याग्दीको ब्यापारीक केन्द्रको रुपमा चिनिने दरवाङ बजार मालिका गाउँपालिकाको केन्द्र पनि हो। गत आर्थिक वर्ष २०८२/८३ मा ठेक्का सम्झौता भएको दरवाङ बजार सडक कालोपत्र योजना केही दिनअघि मात्रै सम्पन्न भएको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए। ‘दरवाङको तल्लो, उपल्लो बजार क्षेत्रमा एक किलोमिटर चार सय मिटर दूरीमा प्रिमिक्स प्रबिधिको कालोपत्र गरिएको छ,” उनले भने, “दरवाङमा २०६४ मा सडक सञ्जालमा जोडिएको थियो।’ एक करोड ६६ लाख ४९ हजार सात सय ३२ लागत अनुमान गरिएको योजना निर्माणका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा एक करोड २६ लाख ८२ हजार आठ सय ८८ कबोलेको सापकोटा बिल्डर्ससँग २०८२ माघ ३० गते ठेक्का सम्झौता भएको थियो। सडक बिस्तार र कालोपत्र्े भएपछि सवारी साधन आवत जावत सहज भएको छ। तीव्र रुपमा बस्ती विकास भएको दरवाङ बजारको भित्री सडक साँघुरा हुँदा सवारी साधन आवत जावत असहज हुनुका साथै दुर्घटनाको जोखिम छ। तीन सय बढी घर रहेको दरवाङ बजारको जनप्रिय मावि रहेको टोलमा दुई वर्षअघि गण्डकी प्रदेश सरकार मार्फत कालोपत्र भएको थियो। स्थानीय बासिन्दाले सडकलाई फराकिलो पार्न स्वसफुुर्त रुपमा घरको पेटी र टहरा भत्काएका छन्। धौलागिरी टोलका ३६ र नयाँ बजार टोलका ३१ वटा घरको पेटी र टहरा भत्काएका वडा अध्यक्ष पथबहादुर रोकाले बताए। यसअघि गत वर्ष हुलाकचोक, तल्लो दरवाङ, पुलचोक र झोलुंगे पुलतर्फ सडकको दायाँ र बायाँ पर्ने संरचना हटाएर करिब चार सय मिटर लामो नाली निर्माण भएको थियो।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

आनी छोइङको नियुक्तिविरुद्ध नागरिक अभियान, छानबिन नसकिँदै पद दिएकोमा प्रश्न
काठमाडौं । ग्यालिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयमाथि राष्ट्रिय जेनजी–नागरिक अभियानले प्रश्न उठाएको छ । अभियानले उनीमाथि नागरिकता र सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका विषय विचाराधीन रहेको दाबी गर्दै नियुक्ति तत्काल खारेज गर्न माग गरेको छ । प्रवक्ता अजय सोडारीद्वारा जारी विज्ञप्तिमा नागरिकतासम्बन्धी विवाद र सम्पत्ति शुद्धीकरण अनुसन्धानको अवस्था स्पष्ट नभएको भन्दै यस्तो अवस्थामा संवेदनशील निकायको नेतृत्व ...

भारत छाड्न दिइएको नोटिसविरुद्ध अभिनेता इमरान खान उच्च अदालतमा
काठमाडौं । अभिनेता आमिर खानका भाञ्जा इमरान खानले भारत छाड्न दिइएको नोटिसविरुद्ध बम्बई उच्च अदालतमा निवेदन दिएका छन्। उनले उक्त नोटिस मनोमानी, गैरकानुनी र असंवैधानिक भएको दाबी गरेका छन् । भारतको विदेशी नागरिक दर्ता कार्यालयले इमरानलाई दोस्रो नोटिस पठाउँदै उनको भारतीय मूलका विदेशी नागरिक परिचयपत्र किन रद्द नगर्ने भन्दै १५ दिनभित्र जवाफ दिन भनेको छ । यसअघि उनलाई अक्टोबर २८ अघि ...

कालीमाटी बजारमा आज कुन तरकारीको मूल्य कति ?
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेडा सानो (टनेल) प्रतिकिलो अधिकतम १२० रुपैयाँसम्म पुगेको छ... ...

पुटिनद्वारा ट्रम्प र सीसँग त्रिपक्षीय वार्ताको प्रस्ताव
रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध अन्त्यका लागि छलफल गर्न आगामी महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङसँग त्रिपक्षीय शिखर सम्मेलन गर्ने प्रस्ताव गरेका छन्... ...


